back

कोरोनाबाट मृत्यु भएका व्यक्तिका परिवारलाई गाउँपालिकाले एक लाख रुपैयाँ दिने

नेपालगञ्ज । बाँके राप्तीसोनारी गाउँपालिकाले कोरोनाबाट मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाख रुपैयाँ दिने निर्णय गरेको छ। सोमबार बसेको कार्यपालिका बैठकले सोही पालिकामा कोरोनाबाट मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँ दिने निर्णय गरेको हो।

गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले कोरोनाबाट अकालमै मृत्यु भएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय भएको बताए । कोरोनाबाट हालसम्म राप्तीसोनारीमा १३ जनाको मृत्यु भएको छ। बाँकेमा ३ सय २७ जनाको मृत्यु भएको छ।

बैठकले ऐलानी जग्गाको अभिलेखीकरण गर्न, जोताहलाई परिचय वितरण गर्ने कामका लागि वडा नं. ३ का अध्यक्ष गंगाराम थारुको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ।

पालिकाले शमशेरगञ्जमा रहेको सर्पदंश उपचार केन्द्रका लागि दुई जना कर्मचारी खटाउने भएको छ। गतवर्ष आईई भएकामध्ये झिझिरी र परुवाबाहेक अरु खोला नालाबाट नदीजन्य पदार्थ बिक्रीका लागि टेण्डर आह्वान गर्ने निर्णय भएको छ।

पालिकामा रहेका खरको छाना भएका घरको विवरण लिने र त्यसको विवरण जिल्ला समन्वय समिति पठाउने निर्णय भएको छ।

२०७८ भदौँ ७ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...