back

फेजाले सुरु गर्यो धनगढीमा दुई दिने प्रशिक्षण कार्यक्रम

nactional life

काठमाडौं । महिला आर्थिक पत्रकार संघ (फेजा) को आयोजनमा कैलालीको धनगढीमा दुई दिन प्रशिक्षण कार्यक्रम सुरु भएको छ । पुस २८ र २९ गते सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा १६ जना महिला आर्थिक पत्रकारहरुको सहभागिता रहेको छ । एशियाली विकास बैंक (एडिबीको ) सहयोगमा भर्खरै आर्थिक पत्रकारिता सुरु गरेका महिला पत्रकारहरुको क्षमता विकासका लागि प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको फेजाकी अध्यक्ष शर्मिला ठकुरीले बताईन । यो कार्यक्रमले सुदुरपश्चित प्रदेशका महिला आर्थिक पत्रकारहरुको क्षमता अभिबृद्धिका साथै यस क्षेत्रका महिला पत्रकारहरुको संख्यामा पनि बृद्धि हुने अपेक्षा अध्यक्ष ठकुरीले गरेकी छिन ।

प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै पत्रकार महासंघ , कैलाली शाखाका सभापति श्रवण देउवाले फेजाले महिला पत्रकारहरुका लागि मात्र आयोजना गरेको प्रशिक्षण कार्यक्रमले आर्थिक पत्रकारितमा महिला पत्रकारहरुको रुची बढ्ने अपेक्षा गरे । प्रदेश तथा स्थानीय तहमा सबै खालका समाचार बनाइरहेका महिला पत्रकारहरुलाई यो प्रशिक्षण कार्यक्रमले आर्थिक पत्रकारीतामा थप सहजता प्रदान गर्ने विश्वास सभापति देउवाले लिएका छन् ।

एडिबीका प्रमुख अर्थशास्त्री इयान ह्यान्सनले सुदुरपश्चित प्रदेशमा कृषि , सीमापार व्यापार, पूर्वााधार विकास र पर्यटन जस्ता क्षेत्रमा विशेष चुनौति रहेको उल्लेख गरे । एडिबीको सहयोगमा आयोजित महिला पत्रकारहरुको क्षमता विकास कार्यक्रमले यहाँका चुनौतिको विषयलाई नेपालभर प्रभावकारी रुपमा प्रस्तुत गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास इयानको छ । यो प्रशिक्षणको सिकाईले महिला पत्रकारहरुको आर्थिक तथ्याङ्क विश्लेषण गर्ने , निर्धक्क भएर प्रश्न सोध्ने र आर्थिक नीतिहरु नागरिकका लागि अर्थपूर्ण बनाउन सक्षम बन्ने अपेक्षा उनले राखे । पहिलो चरणमा काठमाडौंमा उपत्यकामा आयोजना गरिएको प्रशिक्षण कार्यक्रम निकै सफल भएको स्मरण गर्दै उनले प्रदेश स्तरमा आयोजना गरिएको कार्यक्रम पनि सफल बन्ने विश्वास व्यक्त गरे ।

प्रशिक्षण कार्यक्रममा एडिबीका बरिष्ठ सञ्चार अधिकृत विनिता शाह, खड्का, एडिबीका अर्थशास्त्री मानवर खढ्का, एडिबीका बरिष्ठ सञ्चार सहायक बरुण बज्राचार्य, परामर्श दाता मुन प्रधान लगाएतको सहभागीता रहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पुँजीगत खर्चमा सरकारको कछुवा गति: ११ महिनामा ३२ प्रतिशत मात्रै विकास खर्च, दैनिक ९ अर्ब नबनाए बजेट फ्रिज हुने

पुँजीगत खर्चमा सरकारको कछुवा गति: ११ महिनामा ३२ प्रतिशत मात्रै विकास खर्च, दैनिक ९ अर्ब नबनाए बजेट फ्रिज हुने

वि.सं.२०८३ असार २ मंगलवार ०९:३१

काठमाडौँ । ठूलो आकारको बजेट विनियोजन गर्ने, तर विकास (पुँजीगत)...

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

वि.सं.२०८३ जेठ २७ बुधवार १३:५१

काठमाडौँ । सरकारले निजामती प्रशासनको आकार घटाएर चुस्त बनाउने भन्दै...

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

वि.सं.२०८३ जेठ २४ आइतवार १६:४९

काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक जाम व्यवस्थापनको मुख्य मेरुदण्ड मानिएको...

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

वि.सं.२०८३ जेठ २२ शुक्रवार १०:३१

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना बित्न...

आर्थिक विशेष: दुई दशक पुरानो कम्पनी ऐन खारेज गरिँदै, डिजिटल युग र स्टार्टअप मैत्री ‘कम्पनी ऐन, २०८३’ ल्याउने तयारी

आर्थिक विशेष: दुई दशक पुरानो कम्पनी ऐन खारेज गरिँदै, डिजिटल युग र स्टार्टअप मैत्री ‘कम्पनी ऐन, २०८३’ ल्याउने तयारी

वि.सं.२०८३ जेठ १५ शुक्रवार १२:३१

काठमाडौँ। नेपाल सरकारले दुई दशकअघि तर्जुमा गरिएको पुरानो कम्पनी ऐन,...