back

एफएनजे काठमाडौँ शाखाद्धारा पत्रकार समस्या पहिचान समिति बनाउने निर्णय

२४ वैशाख काठमाडौँ–कोरोना भाइरस संक्रमण माहामारीकाबीच नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले आज भर्चुअल माध्यमबाट बैठक सम्पन्न गरेको छ । महासंघ काठमाडौँ शाखाका अध्यक्ष सूर्य सूवेदीको अध्यक्षता बसेको बैठकले कोभिडको असहजतालाई छिचल्दै पत्रकारको जिम्मेवार पुरा गर्ने क्रममा आउने समस्यालाई कसरी सहजीकरण गर्ने भन्ने विषयमा छलफल गरेको हो । बैठकले कार्य क्षेत्रमा खटिएका उक्त शाखामा आबद्ध संक्रमित भएका १० जना पत्रकारहरुको स्वास्थ्य लाभको कामना गर्दै निम्नानुसारका निर्णय सार्वजनिक गरेको छ ।

–अध्यक्ष सुवेदीको संयोजकत्वमा कोभिडको जोखिममा परेका पत्रकारहरुको सहयोग र भइपरी आउने अवस्थाको तयारी र समन्वयका लागि सचिव महेश्वर गौतम, सहसचिव अर्जुन डोटेल, कोषाध्यक्ष अजित अधिकारीसहित सदस्यहरु कृष्णराज गौतम, रमेश बोहोरा र शैलेश डंगोल रहने गरी सात सदस्सीय ‘टास्क फोर्स’ गठन गर्ने तथा शाखाले उपत्यका प्रदेशसँग समन्वय गरि संयुक्त कार्ययोजना बनाएर महामारी बिरुद्ध अभियान चाल्ने ।

–उक्त शाखामा आबद्ध संक्रमित सदस्यहरुको संख्या, अवस्था, अस्पतालमा रहेका र होम आइसोलेसनमा रहेका सदस्यहरुको अवस्था र समस्या पहिचान गरेर ५ दिन भित्र सुझाव पेश गर्ने गरी उपाध्यक्ष रामचन्द्र दुलालको संयोजकत्वमा, उपाध्यक्ष अप्सरा गौतम र कार्यसमिति सदस्य सुवास मुखिया सदस्य रहने गरी समस्या पहिचान समिति बनाउने निर्णय ।

–​सञ्चार गृहहरुलाई श्रमजीवि पत्रकार तथा सञ्चारकर्मीहरुको सेवा सुविधा नियमित गराउन अनुरोध गर्ने साथै कोरोनाको बहानामा जबरजस्ती निष्काशन नगर्न र बिदामा नराख्न आग्रह गर्ने तथा महासंघको आग्रहलाई बेवास्ता गर्दै नियमित सेवा सुविधा उपलब्ध नगराए, निष्काशित वा बिदामा राखिएको पाइएमा नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र उपत्यका प्रदेश समितिसँगको समन्वयमा त्यस्ता संचार गृहलाई कारवाहीको दायरामा ल्याउने ।

–​नेपाल पत्रकार महासंघ काठमाडौं शाखा आबद्ध सदस्यहरुको यस वर्षको नवीकरण शूल्कबाट जिल्ला शाखालाई प्राप्त हुने रकम नलिने र कोरोना महाव्याधीका कारण नविकरण शूल्कसमेत मिनाहाका लागि केन्द्रीय समितिलाई आग्रह गर्ने ।

–फिल्डमा खटिने पत्रकारहरुलाई सरल र सुलभ तरिकाले पिसिआर टेस्ट, कोभिड विरुद्धको खोप र स्वास्थ्य र सुरक्षा सामग्री उपलब्ध गराउन सरकारसँग समन्वयन गरि सहजिकरण गर्ने ।

–​श्रमजीवि पत्रकारहरुलाई राहत र सहुलियतको व्यवस्था गर्नुका साथै सर्वसाधरणलाई सुसूचित गराइरहेका सञ्चारमाध्यम र पत्रकारहरुलाई इन्टरनेट, टेलिफोन, विद्युत जस्ता अत्यावश्यक विषयमा सहुलियत दिन माग गर्ने ।

–​कोरोना संक्रमणमा परेका शाखा आबद्ध सदस्यलाई सिघ्र स्वास्थ्यलाभको कामना गर्दै संकटको यो घडीमा सकेसम्म संचारका विभिन्न माध्यमहरु प्रयोग गरी सूचना लिन र सावधानी पूर्वक सुरक्षा अपनाउँदै समाचार संकलन गर्न आग्रह ।


श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

वि.सं.२०८२ असार २ सोमवार १८:३९

काठमाडौं । भूगर्भशास्त्री तथा पुरातत्वविद् विक्रम श्रेष्ठको नयाँ कृति प्राग्...

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

वि.सं.२०८२ जेठ ३० शुक्रवार १२:३२

काठमाडौँ । शब्दयात्रा प्रकाशनको आयोजनामा यही जेठ २४ गते स्वयम्भू...

रेखाको मत माग्ने तरिका नै बेग्लै

रेखाको मत माग्ने तरिका नै बेग्लै

वि.सं.२०८२ जेठ २८ बुधवार ०९:५५

काठमाडौं । काठमाडौंमा जारी अनेरास्ववियुको अधिवेशनअन्तर्गत आज निर्वाचन हुने भएको...

SEE दिएका विद्यार्थीका लागि लाइफ कम्प्युटरको ‘सिजन ७’ वेबसाइट प्रतियोगिता सुरु

SEE दिएका विद्यार्थीका लागि लाइफ कम्प्युटरको ‘सिजन ७’ वेबसाइट प्रतियोगिता सुरु

वि.सं.२०८२ जेठ २७ मंगलवार २०:३८

काठमाडौं । सूचना प्रविधिको अभ्यासलाई व्यवहारिक जीवनसँग जोड्दै विद्यार्थीहरूमा सिर्जनात्मकता...

जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आव्हान

जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आव्हान

वि.सं.२०८२ जेठ १९ सोमवार १४:३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी एकता र समझदारी...

सरकार र यातायात व्यवसायीबीच वार्ता कमिटी गठन गर्ने सहमति

सरकार र यातायात व्यवसायीबीच वार्ता कमिटी गठन गर्ने सहमति

वि.सं.२०८२ जेठ १९ सोमवार १४:०६

काठमाडौं । गृहमन्त्री रमेश लेखक र सार्वजनिक यातायात बचाउ केन्द्रीय...