back
skip this gaugauma singhadarbar

बुढीगंगा बाजुराकै उत्कृष्ट पालिका, सुदुरपश्चिममै बन्यो दोस्रो

बाजुरा । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)को नतिजा अनुसार बाजुराको बुढीगंगा सुदुरपश्चिम प्रदेशमै दोस्रो बनेको छ ।

कैलालीको घोडाघोडी नगरपालिकापछि बाजुराको बुढीगंगा दोस्रो स्थानमा आएको हो ।  घोडाघोडी नगरपालिकाले ८५ दशमलव ५० अंक ल्याएको छ भने बुढीगंगाले ८४ दशमलव २५ अंक ल्याएको हो ।

बाजुराका ९ स्थानीय तहमध्ये बुढीगंगा नगरपालिकाले उत्कृष्ट अंक ल्याउँदै लगातार दोस्रो पटक उत्कृष्ट बनेको हो । २०७९/८० मा  बुढीगंगाले ८४ दशमलव ५० अंक ल्याएर जिल्लाकै पहिलो र  सुदूरपश्चिम प्रदेशकै तेस्रो स्थान प्राप्त गर्न सफल भएको थियो ।

संस्थागत क्षमता स्वमूल्याङ्कन नतिजाका आधारमा  ९ वटा स्थानीय तहमध्ये सबैभन्दा कमजोर बुढीनन्दा नगरपालिका रहेको छ  । बुढीनन्दाले ६१ दशमलव ७५ अंक ल्याएर अन्य पालिकाको भन्दा पछी परेको हो ।

त्यस्तै बडीमालिका नगरपालिकाले ८३ दशमलव ५० अंक ल्याएर जिल्लामा दोस्रो भएको छ भने जगन्नाथ गाउँपालिकाले ८१ दशमलव ५० ल्याएर तेस्रो हुन सफल भएको छ । स्वामीकार्तिक खापर गाउँपालिकाले ८१, हिमाली गाउँपालिकाले ७५ दशमलव ५०, त्रिवेणीले ७४ दशमलव ७५, खप्तड छेडेदहले ७३ दशमलव ५० र गौमुलले ६९ दशमलव ५० अंक हासिल गरेका छन् ।

मन्त्रालयको आर्थिक बर्ष २०८०/०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) को नतिजा सार्वजनिक भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार एक कार्यक्रमविच स्वमूल्याङ्कनको अन्तिम नतिजा सार्वजनिक गरेको हो ।


काठमाडौँ महानगरको कडाइ: १० लाखभन्दा माथिका आयोजनाको प्रगति विवरण अनिवार्य

काठमाडौँ महानगरको कडाइ: १० लाखभन्दा माथिका आयोजनाको प्रगति विवरण अनिवार्य

वि.सं.२०८२ भदौ ५ बिहीवार १२:४३

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा सञ्चालित १० लाख रुपैयाँभन्दा...

मध्यपुर थिमि नगरपालिकाको पुजिगत खर्च ३१ प्रतिशत मात्रै

मध्यपुर थिमि नगरपालिकाको पुजिगत खर्च ३१ प्रतिशत मात्रै

वि.सं.२०८२ जेठ २८ बुधवार १८:५६

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले यश आर्थिक बर्षकाे जेठ १५...

सूर्यविनायक–८ मा सार्वजनिक सुनुवाई कार्यक्रम : शान्त, हरियाली र ऐतिहासिक वडा बनाउने लक्ष्य

सूर्यविनायक–८ मा सार्वजनिक सुनुवाई कार्यक्रम : शान्त, हरियाली र ऐतिहासिक वडा बनाउने लक्ष्य

वि.सं.२०८२ जेठ २८ बुधवार १८:४१

भक्तपुर ।  सूर्यविनायक नगरपालिका–८, सिपाडोलमा वडागत सार्वजनिक सुनुवाई कार्यक्रम भव्य...

सूर्यविनायक–३ मा सार्वजनिक सुनुवाई कार्यक्रम: बालकोट क्षेत्रलाई भक्तपुरको ‘बानेश्वर’ भनेर चिनाउन विकास गर्ने

सूर्यविनायक–३ मा सार्वजनिक सुनुवाई कार्यक्रम: बालकोट क्षेत्रलाई भक्तपुरको ‘बानेश्वर’ भनेर चिनाउन विकास गर्ने

वि.सं.२०८२ जेठ २७ मंगलवार १९:२८

भक्तपुर । वडागत सार्वजनिक सुनुवाई कार्यक्रम बालकोट स्थित सूर्यविनायक नगरपालिका...

जनताको निगरानी र सुझावसहित सूर्यविनायक–९ मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

जनताको निगरानी र सुझावसहित सूर्यविनायक–९ मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

वि.सं.२०८२ जेठ २६ सोमवार २२:०१

भक्तपुर । ‘हाम्रो वडा, हाम्रो आवाज’ भन्ने नारासहित सूर्यविनायक नगरपालिका–९...

विश्व युवा नेताका रुपमा उपप्रमुख डंगोल सम्मानित

विश्व युवा नेताका रुपमा उपप्रमुख डंगोल सम्मानित

वि.सं.२०८२ जेठ २ शुक्रवार १०:५९

काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोललाई समुदायस्तरीय संघसंस्थाहरुले विश्व...