back

जनताको निगरानी र सुझावसहित सूर्यविनायक–९ मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

भक्तपुर । ‘हाम्रो वडा, हाम्रो आवाज’ भन्ने नारासहित सूर्यविनायक नगरपालिका–९ नङ्खेलमा सोमबार वडास्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वडा अध्यक्ष, जनप्रतिनिधि, कर्मचारी, टोल विकास संस्थाका प्रतिनिधि, पत्रकार तथा सर्वसाधारणको उपस्थिति रहेको थियो । कार्यक्रमको आयोजना राष्ट्रिय सञ्चार केन्द्र नेपालले सूर्यविनायक नगरपालिकाको सहकार्यमा गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष भगवान खत्रीले पछिल्लो समय वडामा भएका विकास योजनाबारे लामो धारणा राखेका थिए । उनले भने – ‘पछिल्लो आर्थिक वर्षमा हामीले खानेपानी, ढल निकास, सडक, सार्वजनिक भवनलगायत पूर्वाधारमा उल्लेख्य प्रगति गरेका छौं ।’ उनले सेवा प्रवाहमा पारदर्शिता र सहजताको लागि वडा कार्यालय प्रतिबद्ध रहेको बताए ।

वडा सचिव अच्युतम खत्रीले वडा कार्यालयबाट आ.व. २०८१÷८२ मा सेवा प्रवाह र राजश्व संकलनको तथ्याङ्क प्रस्तुत गरे । उनका अनुसार ३१२५ सिफारिस दर्ता, २६९३ चलानी, २० लाख ७६ हजार सम्पत्ति कर, ४१ लाख ९० हजार विविध कर संकलन गरिएको छ । जन्म, मृत्यु, विवाह, बसाइँसराइ लगायतका घटना दर्तामा समेत नियमितता देखिएको छ ।

सार्वजनिक कार्यक्रममा फ्लोर खुल्ला गरिएपछि आठ जनाले वडा अध्यक्ष तथा सरोकारवालाहरुसँग प्रश्न र सुझाव प्रस्तुत गरेका थिए । सो अवसरमा नगरपालिकाका वरिष्ठ इन्जिनियर जनक न्यौपानेले वडामा सम्पन्न तथा चालु भौतिक पूर्वाधार योजनाबारे जानकारी दिएका थिए । उनले भने, ‘विकास योजनामा प्राविधिक समन्वयका केही चुनौती छन्, तर वडासँग सहकार्य गरेर समाधान गरिरहेका छौं ।’

वडा सदस्य शेरकाजी सुवालले भने, ‘हामी विकासका नाममा मात्र होइन, सेवा प्रवाह र सुशासनमा पनि गम्भीर छौं । जनताको जिज्ञासा र सुझावले अझ राम्रो काम गर्न उत्प्रेरणा मिल्छ ।’

कार्यक्रममा वडाका सदस्य पूजा बराह, गंगा खड्का, विनय महत, कार्यपालिका सदस्य सुनिल भुजेललगायतको उपस्थिति थियो ।

कार्यक्रममा धन्यवाद ज्ञापन आयोजक संस्थाका अध्यक्ष पेशल आचार्यले गरेका थिए । कार्यक्रमको समापन गर्दै उनले भने, –‘सार्वजनिक सुनुवाई केवल उत्तर दिने कार्यक्रम मात्र होइन, जनउत्तरदायित्व बोक्ने अवसर पनि हो । यसले वडाको सेवा, योजना र नेतृत्वको पारदर्शिता प्रमाणित गर्छ ।’

राष्ट्रिय सञ्चार केन्द्रका उपाध्यक्ष तथा पत्रकार महासंघ भक्तपुर शाखाका पूर्व अध्यक्ष पुष्करराज बुढाथोकीले पनि कार्यक्रममा उपस्थितलाई स्वागत गरेका थिए । वरिष्ठ पत्रकार दिवस गुरागाईंले कार्यक्रमको उद्देश्य बारे प्रकाश पारेका थिए ।

यो सार्वजनिक सुनुवाईले सेवा, विकास र सुशासनमाथि स्थानीय सरकार कति उत्तरदायी र जवाफदेही छ भन्ने प्रश्नमाथि प्रकाश पारेको छ । जनताको निगरानी, सुझाव र प्रश्नको सामना गर्दै अगाडि बढ्नु नै सच्चा लोकतन्त्रको अभ्यास हो भन्ने सन्देश यो कार्यक्रमले दिएको छ । राष्ट्रिय सञ्चार केन्द्रले हिजो आइतबार सूर्यविनायक वडा नं ४ मा सुनुवाई कार्यक्रम सम्पन्न गरेको थियो ।


मध्यपुर थिमि नगरपालिकाको पुजिगत खर्च ३१ प्रतिशत मात्रै

मध्यपुर थिमि नगरपालिकाको पुजिगत खर्च ३१ प्रतिशत मात्रै

वि.सं.२०८२ जेठ २८ बुधवार १८:५६

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले यश आर्थिक बर्षकाे जेठ १५...

सूर्यविनायक–८ मा सार्वजनिक सुनुवाई कार्यक्रम : शान्त, हरियाली र ऐतिहासिक वडा बनाउने लक्ष्य

सूर्यविनायक–८ मा सार्वजनिक सुनुवाई कार्यक्रम : शान्त, हरियाली र ऐतिहासिक वडा बनाउने लक्ष्य

वि.सं.२०८२ जेठ २८ बुधवार १८:४१

भक्तपुर ।  सूर्यविनायक नगरपालिका–८, सिपाडोलमा वडागत सार्वजनिक सुनुवाई कार्यक्रम भव्य...

सूर्यविनायक–३ मा सार्वजनिक सुनुवाई कार्यक्रम: बालकोट क्षेत्रलाई भक्तपुरको ‘बानेश्वर’ भनेर चिनाउन विकास गर्ने

सूर्यविनायक–३ मा सार्वजनिक सुनुवाई कार्यक्रम: बालकोट क्षेत्रलाई भक्तपुरको ‘बानेश्वर’ भनेर चिनाउन विकास गर्ने

वि.सं.२०८२ जेठ २७ मंगलवार १९:२८

भक्तपुर । वडागत सार्वजनिक सुनुवाई कार्यक्रम बालकोट स्थित सूर्यविनायक नगरपालिका...

संघीय बजेटमा कोशी प्रदेश : के के समेटिए ?

संघीय बजेटमा कोशी प्रदेश : के के समेटिए ?

वि.सं.२०८२ जेठ १५ बिहीवार १९:१२

इटहरी । संघीय सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत...

बजेटले जनताको चाहना र राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्छ : अर्थमन्त्री पौडेल

बजेटले जनताको चाहना र राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्छ : अर्थमन्त्री पौडेल

वि.सं.२०८२ जेठ १५ बिहीवार १८:५४

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताको चाहना र...

एसइई प्रदेशबाट सञ्चालन गर्ने सरकारकाे घोषणा

एसइई प्रदेशबाट सञ्चालन गर्ने सरकारकाे घोषणा

वि.सं.२०८२ जेठ १५ बिहीवार १७:३२

काठमाडौँ । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) प्रदेशबाट सञ्चालन गर्ने...