back

जनताको निगरानी र सुझावसहित सूर्यविनायक–९ मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

nactional life

भक्तपुर । ‘हाम्रो वडा, हाम्रो आवाज’ भन्ने नारासहित सूर्यविनायक नगरपालिका–९ नङ्खेलमा सोमबार वडास्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वडा अध्यक्ष, जनप्रतिनिधि, कर्मचारी, टोल विकास संस्थाका प्रतिनिधि, पत्रकार तथा सर्वसाधारणको उपस्थिति रहेको थियो । कार्यक्रमको आयोजना राष्ट्रिय सञ्चार केन्द्र नेपालले सूर्यविनायक नगरपालिकाको सहकार्यमा गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष भगवान खत्रीले पछिल्लो समय वडामा भएका विकास योजनाबारे लामो धारणा राखेका थिए । उनले भने – ‘पछिल्लो आर्थिक वर्षमा हामीले खानेपानी, ढल निकास, सडक, सार्वजनिक भवनलगायत पूर्वाधारमा उल्लेख्य प्रगति गरेका छौं ।’ उनले सेवा प्रवाहमा पारदर्शिता र सहजताको लागि वडा कार्यालय प्रतिबद्ध रहेको बताए ।

वडा सचिव अच्युतम खत्रीले वडा कार्यालयबाट आ.व. २०८१÷८२ मा सेवा प्रवाह र राजश्व संकलनको तथ्याङ्क प्रस्तुत गरे । उनका अनुसार ३१२५ सिफारिस दर्ता, २६९३ चलानी, २० लाख ७६ हजार सम्पत्ति कर, ४१ लाख ९० हजार विविध कर संकलन गरिएको छ । जन्म, मृत्यु, विवाह, बसाइँसराइ लगायतका घटना दर्तामा समेत नियमितता देखिएको छ ।

सार्वजनिक कार्यक्रममा फ्लोर खुल्ला गरिएपछि आठ जनाले वडा अध्यक्ष तथा सरोकारवालाहरुसँग प्रश्न र सुझाव प्रस्तुत गरेका थिए । सो अवसरमा नगरपालिकाका वरिष्ठ इन्जिनियर जनक न्यौपानेले वडामा सम्पन्न तथा चालु भौतिक पूर्वाधार योजनाबारे जानकारी दिएका थिए । उनले भने, ‘विकास योजनामा प्राविधिक समन्वयका केही चुनौती छन्, तर वडासँग सहकार्य गरेर समाधान गरिरहेका छौं ।’

वडा सदस्य शेरकाजी सुवालले भने, ‘हामी विकासका नाममा मात्र होइन, सेवा प्रवाह र सुशासनमा पनि गम्भीर छौं । जनताको जिज्ञासा र सुझावले अझ राम्रो काम गर्न उत्प्रेरणा मिल्छ ।’

कार्यक्रममा वडाका सदस्य पूजा बराह, गंगा खड्का, विनय महत, कार्यपालिका सदस्य सुनिल भुजेललगायतको उपस्थिति थियो ।

कार्यक्रममा धन्यवाद ज्ञापन आयोजक संस्थाका अध्यक्ष पेशल आचार्यले गरेका थिए । कार्यक्रमको समापन गर्दै उनले भने, –‘सार्वजनिक सुनुवाई केवल उत्तर दिने कार्यक्रम मात्र होइन, जनउत्तरदायित्व बोक्ने अवसर पनि हो । यसले वडाको सेवा, योजना र नेतृत्वको पारदर्शिता प्रमाणित गर्छ ।’

राष्ट्रिय सञ्चार केन्द्रका उपाध्यक्ष तथा पत्रकार महासंघ भक्तपुर शाखाका पूर्व अध्यक्ष पुष्करराज बुढाथोकीले पनि कार्यक्रममा उपस्थितलाई स्वागत गरेका थिए । वरिष्ठ पत्रकार दिवस गुरागाईंले कार्यक्रमको उद्देश्य बारे प्रकाश पारेका थिए ।

यो सार्वजनिक सुनुवाईले सेवा, विकास र सुशासनमाथि स्थानीय सरकार कति उत्तरदायी र जवाफदेही छ भन्ने प्रश्नमाथि प्रकाश पारेको छ । जनताको निगरानी, सुझाव र प्रश्नको सामना गर्दै अगाडि बढ्नु नै सच्चा लोकतन्त्रको अभ्यास हो भन्ने सन्देश यो कार्यक्रमले दिएको छ । राष्ट्रिय सञ्चार केन्द्रले हिजो आइतबार सूर्यविनायक वडा नं ४ मा सुनुवाई कार्यक्रम सम्पन्न गरेको थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

वर्षामा सडकको सास्ती, स्थानीयले गरे सडकमै रोपाईं

वर्षामा सडकको सास्ती, स्थानीयले गरे सडकमै रोपाईं

वि.सं.२०८३ असार २ मंगलवार १२:१४

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–३ स्थित सगरमाथा टोलका स्थानीयवासीले वर्षौंदेखि...

काठमाडौं महानगरपालिकाले टोल टोलमा फिल्म महोत्सव गर्ने : असार ५ गते शुभारम्भ 

काठमाडौं महानगरपालिकाले टोल टोलमा फिल्म महोत्सव गर्ने : असार ५ गते शुभारम्भ 

वि.सं.२०८३ असार २ मंगलवार ०८:४२

काठमाडौं । काठमाडौं महानगरपालिकाले असार ५ गतेदेखि २६ गतेसम्म हरेक...

सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट, प्रतिपक्षी दलले गरे बहिस्कार

सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट, प्रतिपक्षी दलले गरे बहिस्कार

वि.सं.२०८३ असार २ मंगलवार ०८:३७

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा आगामी आर्थिक वर्ष २०८३/०८४...

कर्णालीको बजेट ३५ अर्ब ३९ करोड

कर्णालीको बजेट ३५ अर्ब ३९ करोड

वि.सं.२०८३ असार २ मंगलवार ०८:३३

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का...

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

वि.सं.२०८३ असार १ सोमवार १८:०५

जनकपुरधाम । मधेश प्रदेश सरकारले सहकारी क्षेत्रमा बढ्दै गएका विकृति,...

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

वि.सं.२०८३ असार १ सोमवार १७:४४

जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि...