back
skip this gaugauma singhadarbar

करोडौं तलब खाने बैंकर मनोज ज्ञावलीलाई दर्जन प्रश्न

घमण्ड र ताजुक देखाउने भनेको मुर्खले मात्र हो। फलेको हाँगो जहिल्यै निहुरिन्छ ।

नविल बैंकका सिइओ मनोज मनोज ज्ञावलीले पत्रकार राजेन्द्र बानियाँको टेलिभिजन अन्र्तवार्तामा गरेको टिप्पणी चर्चामा छ । बानियाँको ‘यक्ष प्रश्न’ कार्यक्रममा ज्ञावलीले बोलेका शब्दहरु वास्तम्बमा प्रथम दृष्टिमै गलत छन् । कार्यक्रममा बैंकर ज्ञावलीले म क्षमतावान हुँ, क्षमताको आधारमा बर्षको ३ करोड तलब खान्छु । अहिलेका सरकारी कर्मचारीहरुको तलबभक्ता (मुख्य सचिबको तलब हाल ७६ हजार छ) भन्दा मेरो गाडी ड्राइभरको बढी छ भनेर अभिब्यक्ति दिएका थिए । लाखौं ग्राहक भएका नीजि क्षेत्रको एउटा अब्बल बैंकको सिइओले दिएको सो अभिब्यक्ति आयश जेसुकै भएपनि सुन्दैमा कर्कशलाग्दो छ । हो, ज्ञावली एउटा दुर्गम जिल्ला दैलेखबाट काठमाण्डौ आएर संर्घष गरेर नविल जस्तो बलियो संस्थाको नृतृत्वमा पुगेका छन् । त्यसकारण उनी ब्यक्तिगत रुपमा सफल छन् ।

उनको जुन ‘कन्फिडेन्स’ देखिन्छ, त्योपनि सह्रायिन छ । उनको उर्जा अझ तारिफयोग्य छ ।
युवाहरुलाई उनले उत्प्रेरणा जगाउँदै हिँडेका छन् । देशमै केही गर्नुपर्छ, विदेश त हिम्मत हारेकाहरु जाने हुन् भनेर जो उर्जा भर्ने काम गर्दै हिँडेका छन् त्योपनि प्रशंसनीय छ । तर राष्ट्रसेवक सरकारी कर्मचारीहरुमाथी लक्षित उनको अभिब्यक्ति भलाद्मी खालको छैन । किनकी पैसा मात्रै पनि केही होइन् जिन्दगीमा । पैसा हुँदैमा सबै मान्छे सफल दरिने पनि होइन ।

पैसा मात्रै पनि केही होइन् जिन्दगीमा । पैसा हुँदैमा सबै मान्छे सफल दरिने पनि होइन ।

सबै मानिसका लक्ष्य र उदेश्यहरु एकैपनि हुदैनन् । महाकवी लक्ष्मीप्रसाद देवाकोटा, पारिजात वा नारायण गोपालहरु पैसा धेरै कमाएर अमर अजर भएका हुन् र ? अहिले सरकारी सेवामा सबै नराम्रा कर्मचारीहरु पनि त छैनन् । पढाइमा स्वदेश वा विदेशमा टप गरेका मात्र होइन् आफनो कर्मबाटै अब्बल उदाहरण पस्किएका धेरै मानिसहरु हरेक क्षेत्रमा छन् । उनीहरुले थोरै पारिश्रमिकमा काम गरे भनेर तपाइ जस्तो होनाहार युवा बैंकरले अभिब्यक्ति दिन मिल्दैन । यहाँ त हरेक पेसामा एक सय एक प्रतिभाशाली ब्यक्तिहरु छन् क्षमतावान ब्यक्तिहरु छन् कोही छायाँमा छ त कोही पर्दा अघाडी आइसकेका छन् । देशमा मात्र होइन् विदेशमा झन् बढी नेपालीहरुले तर्रक्की गरिरहेका छन् ।

राजनीतिमा पनि अहिले पढेलेखेका र अन्र्तराष्ट्रिय क्षेत्रमा काम गरेका तथा नाम कमाएकाहरु आइसकेका छन् । देश अलिकति सिस्टममा नचलेर र चीन तथा भारत जस्ता छिमेकी देशहरुको भुराजनीतिक चलखेलमा परेर अग्रगमनमा जान नसकेको हो । देशमा हुदै नभएको पनि होइन् । तर जुनवेला विश्वव्यापिकरण र सुचना सञ्चारको भुमण्डलीकरणले उग्र रुप लिँदै थियो त्यसपछी विश्वसमुदाय नै एउटा सानो गाउँघर जस्तो भयो, हो त्यही बेला नेपालमा पनि पुर्वाधारको क्षेत्रमा राम्रै प्रगती हुँदै थियो ।

सन् १९८० को दशकबाट विश्वव्यापीकरण सुरु भयो र फलस्वरुप आर्थिक उदारिकरण, बजारीकरण र श्रम उदारीकरण जस्ता पक्षहरु उज्जागर हुँदै गयो । त्यसपछि डब्लुटीओ, अन्र्तराष्ट्रिय श्रम संगठन, दोहोरो कर मुक्ति सम्झौता, बहुराष्ट्रिय कम्पनीहरु, ट्रेड युनियनको अधिकार जस्ता विषयहरुसँगै उठान हुदै गए । नेपालमा पनि त्यही ताका ०४८/४९ सालबाट उदारिकरण तथा नीजिकरणको नीति सरकारले लियो । एकैचोटी भएका त्यसखालका परिवर्तनपछी नेपाली युवाहरु बाहिरीएका हुन् ।

आज राष्ट्र सेवामा रहेकाहरु सरकारले जे जति पारिश्रमिक दिएको छ । त्यसमा सन्तुष्टी भएरै कार्यरत छन् । विदेशको कमाइ, ब्यापारबाट हुने कमाइ उनीहरुले थाहा नपाएका होइनन् ।

नेपालमा विकास हुदै नभएको होइन् । यहाँ अवसरहरु हुदै नभएका पनि होइनन् । तर अर्थशास्त्रीय भाषामा भन्दा तुलनात्मक लाभ र सुविधाभोगी जिन्दगी जिउने लालशाले युवाहरु बाहिरीएका हुन् । जे जति नेपालमा छन् उनीहरु स्वदेशमै केही गर्ने भनेर बसेका पनि हुन् । आज राष्ट्र सेवामा रहेकाहरु सरकारले जे जति पारिश्रमिक दिएको छ । त्यसमा सन्तुष्टी भएरै कार्यरत छन् । विदेशको कमाइ, ब्यापारबाट हुने कमाइ उनीहरुले थाहा नपाएका होइनन् । सरकारी नोकरी भनेको आर्थोपार्जनको माध्यम मात्र नभएर राष्ट्रसेवा पनि हुन् । राष्ट्रको सेवा गर्नेहरुले देशले जति दिनसक्छ, त्यसमा कम्प्रोमाइज गर्ने हो । अहिले तपाइको गाडी डाइभरको भन्दा बढी तलब कर्मचारीललाई सरकारले दिनै सक्दैन । किनकी सरकारको राजस्व आम्दानी नै बार्षिक १०/११ खर्ब भन्दा माथी छैन । बाँकी भनेको ऋणपान र विदेशीले गर्ने अनुदान सहयोगको भरमा मुलुकको आय ब्यय व्यवस्थापन हुने हो ।

सरकार भनेको नीजि क्षेत्र भन्दा जहाँको पनि गरिव नै हुने हुन्छ । उसले विकास निर्माणको, रोजगारीको वा आर्थिक उन्नयनको लागि राम्रा नीतिहरु ल्याएर वातावरण तयार गर्ने हो । आफैले सबथोक गर्ने होइन । त्यसकारण सबै दोष सरकार र कर्मचारीलाई थापरेर पनि त हुदैन । एउटा देश बन्न हरेक नागरिकको भुमिका र चेतना उत्तिकै जिम्मेवार हुन्छ । अहिले नेपालमा कुल ग्राहस्थ उत्पादनको ४० प्रतिशत सरकारी ऋणभार छ।

विकासशील देशका लागि ऋणको सही सदुपयोग हुने हो र समाजिक रुपमा त्यसको अडिट पनि हुने हो भने त्यो धेरै पनि होइन । जस्तो कि सम्पन्न भनिएका देशहरु अमेरिकाको सरकारी ऋण जिडीपीको ११८ प्रतिशत, चाइनाको ८४ प्रतिशत, जापानको २५६ प्रतिशत, बेलायतको ९९ प्रतिशत र फ्रान्सको १०९ प्रतिशत रहेको छ । अरु पनि देशहरुको सरकारी ऋण धेरै नै भएकाहरु छन् । जुन देशलाई नागरीकले, विदेशी वित्त कम्पनीहरुले ऋण पत्याउँछन् तीनको ऋणको आयतन पनि बढी देखिन्छ । यत्ति हो, तिनीहरुले ऋण उठाएर नागरिककै लागि लगानी गरेका छन् । त्यसले के देखाउँछ भने संसारका धेरै देशका सरकारहरु ऋणी छन् आर्थिक दृष्टिकोणले गरिव पनि छन् । तर सरकार गरिव भएपनि नागरिकहरु धनी छन् । देश धनी छ । सरकारले आफु गरिव भएर नागरिक धनी बनाउने नीति लिएका छन् । नेपालमा पनि जिडीपीको ४० प्रतिशत ऋण भइसक्यो, अब कसरी होला विकास भनेर भयो र ? सही ठाउँमा लगानी गर्नका लागि सरकारले ऋण नउठाइ हुदैन पनि ।

अर्को कुरा ज्ञावली सरले जसरी सरकारले केही गरेन फलस्वरुप देश खत्तम भयो भन्याजस्तो भाव प्रकट गर्नुभयो । हो, सरकार त धेरै अलमलमा पर्यो । भष्टाचार, अनियमितता र छाडापनको भुमरीमा पर्यो । तर तपाइ जस्ता बैंर्करहरुले नेतृत्व गरेको बाणिज्य बैंकहरुमा जनताको खरबौं निक्षेप जम्मा भएका छन् । पैसाको बागडोर तपाइहरुकै हातमा छ । तर ती पैसाहरु उत्पादनमुखी ठाउँमा लगानी गर्ने दुरदर्शी सोच बैंकरहरुसँग किन भएन ? किन बैंकहरु अल्पकालिन अस्वस्थ प्रतिस्पर्धामा तल्लिन रहे ? अस्वरुथ्य प्रतिस्पर्धाकै कारण तपाइहरुले लगानी गरेको धेरै रकम अहिले खराब कर्जामा दर्ज भएको छ । विगतमा घरजग्गा क्षेत्रमा गएको आवश्यकता भन्दा बढी लगानीले अहिले बैकिग क्षेत्र समस्यामा छ ।

तरलता १० खर्ब पुगिसक्दा पनि अहिले लगानी बढ्न सकेको छैन । बैंकहरु लगानी गर्नै करिव तर्सिएको अवस्था छ । पैसा जति धेरैजसो गाडीघोडा, इलेक्ट्रिीक समान तथा आयात बढाउने कुरामा लगानी गर्नु भएको छ । अनि त्यसले अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ भन्ने कुराको तपाइहरुलाई मतलव छैन । मतलब छ त केवल नाफा बढाउने र बैंकहरुको अल्पकालिन सुचकहरु राम्रो बनाउने कुराको। केही दिन अघि कृषि विकास नाम गरेको एउटा बैंकको सिइओले सार्वजनिक रुपमा भन्दै थिए अटोमोबाइल गएको ऋणमा खराबकर्जा कम छ । नाम कृषि विकास बैंक, अनि प्रशंसा विलाशी गाडी आयात गरेर देशको ब्यापारघाटा बढाउने र अर्थतन्त्र खोक्रो बनाउने क्षेत्रको । त्यसले पनि बैंकरहरुको प्राथमिकता के छ प्रष्ट हुन्छ ।

तपाइहरुले जुन प्राथमिकताका साथ आयातमुखी ब्यापार, घरजग्गामा लगानी गर्नु भएको छ, हो त्यहि कुराले हो देशलाई परनिर्भर बनाएको । अर्थतन्त्रलाई स्वाभलम्बी, आत्मनिर्भर बनाउने कुरामा पुँजीको बागडोर सम्हालेर बसेका बैंकहरुको भुमिका हुन्छ कि हुदैन ? दुरदर्शी रुपमा आत्मनिर्भरता बढाइने कुरामा लगानी गार्द भोली आर्थिक गतिविधि बढेर बैंकहरुलाई नै कालान्तरमा फाइदा हुने त हो ।

त्यो खालको भुमिका निभाएको भए देशमा केही गर्न खोज्ने युवाहरुले, किसानहरुले यहीँ केही गर्थे र रोजगारी पाउँथे कि ? अर्थतन्त्र पनि बलियो हुन्थ्यो । सरकारको राजस्व आम्दानी पनि बढ्थ्यो । फलस्वरुप कर्मचारीहरुको तलब तपाइको डाइभरको भन्दा बढी पनि हुन्थ्यो होला । त्यसकारण यो देश बन्नु र नबन्नुमा जिडिपीमा ८५ प्रतिशत हिस्सा रहेको नीजि क्षेत्रका ठुला संस्थाहरुको पनि उत्तिकै योगदान हुन्छ । ब्यक्तिको त हुन्छ संस्थाहरुको नहुने हुन्छ ? तपाइ जत्तिको जिम्मेवार बैंकरले त्यो पदमा रहेर भावावेशमा अरुलाई गाली गर्ने होइन् देशलाई कसरी सही हिसावले ड्राइभ गर्ने कुरामा आफनोतर्फबाट गर्न सकिने पहल लिने हो । तपाइले न कर्मचारीलाई अपमान गरेर देश बन्छ न त राजनीति गर्नेहरुलाई गाली गरेर देश बन्छ । अझ तपाइ त उत्प्रेरणा जागरिककर्ता समेत हुन्नुहुन्छ ।

तपाइले युवाहरुलाई सकारात्मक सन्देश दिनुपर्छ । घमण्ड र ताजुक देखाउने भनेको मुर्खले मात्र हो। फलेको हाँगो जहिल्यै निहुरिन्छ । तपाई एउटा होनाहार युवा नेतृत्व हो । भविष्यमा तपाई जत्तिको वाकपटुता भएको र फरवार्ड ब्यक्ति नीजि क्षेत्रको एउटा संस्थामा सिमित हुनुहोला भन्ने मलाई लाग्दैन। तपाइ देशकै नेतृत्वमा पनि पुग्न सक्नुहुनेछ । तर तपाइले आफनो दृष्टिकोणलाई फाराकिलो बनाउँदै, जिम्मेवार बनाउँदै लैजान जरुरी छ । अघाडी बढ्ने मानिस फराकिलै हुनुपर्छ । तपाइले खाने तलब तपाइ भन्दा पनि धेरै विद्धवान प्राध्यापक, वैज्ञानिक, कलाकार, डाक्टर वा अनेक पेशाकर्मीहरु नखालान् । तर के ती सब असक्षम हुन त ? हैनन् नी । समाजमा कुनैपनि पेसा र कर्मले दिने योगदानलाई मौद्रिक मुल्यमा दाँजेर मात्र हुदैन नी सर ।

के समाजलाई डाक्टर, प्राध्यापक, शिक्षक, ब्यापारी, समाजसेवी, लेखक, पत्रकार, कलाकर्मी, किसान, मजदुर, चाहिँदैन ? सबै चाहिन्छ नि । जोगि त चाहिन्छ ।

के समाजलाई डाक्टर, प्राध्यापक, शिक्षक, ब्यापारी, समाजसेवी, लेखक, पत्रकार, कलाकर्मी, किसान, मजदुर, चाहिँदैन ? सबै चाहिन्छ नि । जोगि त चाहिन्छ । अझ जोगीबाट त त्यागको सर्वोच्च शिक्षा लिन सकिन्छ । तर ती सबै आयामहरुमा उत्तिकै पैसा र प्रतिष्ठा हुन्छ भन्ने छैन नी ज्ञावली सर । अनि के ती सबै नाकाम भए त ? त्यसकारण आफ्नो बन्दै गरेको अग्लो हाईटलाई आफनै बोलीबाट नघटाउनुस् डियर सर । बाँकी त तपाइलाई अझै बढी प्रगतीको अशिम शुभकामना !

nactional life -asoj
gaugauma singhadarbar

जेनजी आन्दोलनको नारा थियो हामी परिवर्तन चाहन्छौं तर जेनजीको आन्दोलनले बिर्सेको मूल मुद्दा

जेनजी आन्दोलनको नारा थियो हामी परिवर्तन चाहन्छौं तर जेनजीको आन्दोलनले बिर्सेको मूल मुद्दा

वि.सं.२०८२ कात्तिक २ आइतवार १५:४३

हरेक क्रान्ति वा आन्दोलनले एउटा सपना बाँडेको हुन्छ, सुखद् भविष्यको...

जेन–जी आन्दोलन: सात दशकसमम्मा पनि स्थायित्व र सुशासन अझै अधुरो

जेन–जी आन्दोलन: सात दशकसमम्मा पनि स्थायित्व र सुशासन अझै अधुरो

वि.सं.२०८२ असोज २७ सोमवार १२:१८

जेन–जी आन्दोलन र त्यसपछि विकसित राजनीतिक घटनाक्रमले नेपालको लोकतान्त्रिक यात्रामा...

दशैंमा कोट र टिका : प्रेरणाको यात्रा

दशैंमा कोट र टिका : प्रेरणाको यात्रा

वि.सं.२०८२ असोज १२ आइतवार १६:३८

नेपाली समाजको बृहत् क्यानभासमा दशैं केवल एक पर्व होइन, यो...

नेपालमा नयाँ पुस्ताको नेतृत्व माग

नेपालमा नयाँ पुस्ताको नेतृत्व माग

वि.सं.२०८२ भदौ ३१ मंगलवार १८:१२

नेपालको राजनीतिमा दशकौंदेखि जरा गाडेका नेताहरू—शेरबहादुर देउवा, केपी शर्मा ओली,...

प्रधानमन्त्रीज्यु, ‘उड्ने कार’ आयो, अब समाजवाद आउँछ !

प्रधानमन्त्रीज्यु, ‘उड्ने कार’ आयो, अब समाजवाद आउँछ !

वि.सं.२०८२ भदौ ५ बिहीवार ११:२१

गाडी शाहुहरुको संगठन नाडा अटोमोबाइल एसोसिएसनको ‘१७ औ नाडा अटो...

समाज व्यवस्था, राजनीति र निर्वाचन प्रणाली

समाज व्यवस्था, राजनीति र निर्वाचन प्रणाली

वि.सं.२०८२ साउन २५ आइतवार १३:१३

सूर्यप्रसाद श्रेष्ठले ८८ वर्षको उमेर पनि अत्यन्तै जवान पुस्तकमार्फत प्रशस्त...