back
skip this gaugauma singhadarbar

काठमाडौँ महानगरको कडाइ: १० लाखभन्दा माथिका आयोजनाको प्रगति विवरण अनिवार्य

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा सञ्चालित १० लाख रुपैयाँभन्दा बढी लागतका सबै आयोजनाहरूको प्रगति विवरण अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको छ ।

महानगरको योजना, अनुगमन तथा मूल्याङ्कन एकाइले परिपत्र जारी गर्दै मातहतका सबै विभाग, एकाइ, सचिवालय, आयोजना, कार्यक्रम र वडा कार्यालयहरूलाई यस्तो निर्देशन दिएको हो ।

एकाइ प्रमुख सुमित्रा लामिछाने सुवेदीले जारी गरेको पत्र अनुसार चालु आर्थिक वर्ष २०८२–०८३ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनका क्रममा रहेका ठुला आयोजनाहरूको अनुगमनलाई प्रभावकारी बनाउन यस्तो निर्णय लिइएको उल्लेख छ ।

‘स्वीकृत बजेटअनुसार १० लाख रुपैयाँभन्दा बढी लागत अनुमान भएका आयोजना/कार्यक्रमको खरिद सम्झौता गरी जारी हुने कार्यादेशको बोधार्थ र त्रैमासिक रूपमा तयार हुने प्रगति विवरण यस एकाइमा पठाउनुहुन अनुरोध छ,’ परिपत्रमा भनिएको छ ।

यो निर्णय महानगरको ‘अनुगमन तथा मूल्याङ्कन समिति’को गत साउन २९ गते बसेको बैठकको निर्णयानुसार कार्यान्वयनमा ल्याइएको हो । यो निर्देशनसँगै अब सबै सम्बन्धित निकायले आफ्ना ठुला आयोजनाहरूको भौतिक तथा वित्तीय प्रगति नियमित रूपमा मूल्याङ्कन एकाइलाई बुझाउनुपर्नेछ ।

ktm m

nactional life -asoj
gaugauma singhadarbar

बहुमूल्य जडीबुटी चोरी निकासी हुन थालेपछि बाजुराको हिमाली गाउँपालिकाद्वारा निगरानी

बहुमूल्य जडीबुटी चोरी निकासी हुन थालेपछि बाजुराको हिमाली गाउँपालिकाद्वारा निगरानी

वि.सं.२०८२ कात्तिक १२ बुधवार १७:२६

बाजुरा । बाजुराको हिमाली गाउँपालिकामा बहुमूल्य जडीबुटीहरु चोरी निकासी हुन...

तिहार लक्षित फूल बिक्रीका लागि महानगरले तोक्यो ३२ विक्री स्थल

तिहार लक्षित फूल बिक्रीका लागि महानगरले तोक्यो ३२ विक्री स्थल

वि.सं.२०८२ असोज २४ शुक्रवार १३:५८

काठमाडौं । तिहारको समयमा फूल तथा माला बिक्री वितरण सहज...

कोडैना गाउँपालिकामा भ्रमणको नाममा ८ लाख सकियो

कोडैना गाउँपालिकामा भ्रमणको नाममा ८ लाख सकियो

वि.सं.२०८२ असोज २३ बिहीवार १०:५६

सर्लाही । सर्लाहीको कोडैना गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा भ्रमण...

बाजुराको बुढीनन्दा नगरपालिकामा युवाहरुले गरे तालाबन्दी

बाजुराको बुढीनन्दा नगरपालिकामा युवाहरुले गरे तालाबन्दी

वि.सं.२०८२ असोज २२ बुधवार १७:४१

बाजुरा । बाजुराको पूर्वी उत्तरी क्षेत्रमा पर्ने बुढिनन्दा नगरपालिकामा तालाबन्दी...

वीरेन्द्रनगरका १२ वटा वडाको एकीकृत कार्यालय, वडा कार्यालय ध्वस्त भएपछि नगरपालिकाबाटै सेवा

वीरेन्द्रनगरका १२ वटा वडाको एकीकृत कार्यालय, वडा कार्यालय ध्वस्त भएपछि नगरपालिकाबाटै सेवा

वि.सं.२०८२ असोज ५ आइतवार १४:५०

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले १२ दिन पछि सेवा प्रवाह सुरु...

धरानले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरानले ल्यायो दुई अर्ब २० करोडको बजेट

वि.सं.२०८२ असोज ५ आइतवार १२:१३

विराटनगर । चालु आर्थिक वर्षमा बजेटविहिन अबस्थामा रहेको सुनसरीको धरान...