सूर्यविनायक–८ मा सार्वजनिक सुनुवाई कार्यक्रम : शान्त, हरियाली र ऐतिहासिक वडा बनाउने लक्ष्य

वि.सं.२०८२ जेठ २८ बुधवार

भक्तपुर । सूर्यविनायक नगरपालिका–८, सिपाडोलमा वडागत सार्वजनिक सुनुवाई कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना र सूर्यविनायक नागरपालिकाको समन्वयमा सम्पन्न कार्यक्रममा वडाबासी, जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला निकाय तथा पत्रकारहरुको उल्लेख्य उपस्थिती रहेको थियो । कार्यक्रम डोलेश्वर मन्दिर परिषरमा आयोजना भएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष पुष्पराज बस्नेतले वडाले गरेका विकास निर्माणका कामहरु उल्लेख गरेका थिए । प्रमुख अतिथिका रुपमा बोल्दै बस्नेतले वडामा हाल ७० करोड बराबरको विकास निर्माणका काम भइरहेको तथ्य सुनाएका थिए । वडा अध्यक्ष बस्नेतले वडाले प्रवाह गर्दै आएका सेवा, राजश्व व्यवस्थापन र पछिल्लो वर्षमा सम्पन्न विकास निर्माणबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए । धार्मिक, सांस्कृतिक र कृषि सम्भावनायुक्त डोलेश्वरधाम क्षेत्र समेटिएको सूर्यविनायक–८ लाई शान्त, हरियाली र ऐतिहासिक वडा बनाउने लक्ष्यसहित वडाले अघि सारेका योजना र कार्यान्वयनको प्रगति पनि कार्यक्रममा छलफलको विषय बनेको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा वडा सदस्यहरू विश्वराम त्वयनावासु, विक्रम तामाङ, सावित्री मिश्र, सदस्य अन्जना नेपाली तथा वडा सचिव प्रतिभा लामिछाने लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ वडा अध्यक्ष बस्नेत र सूर्यविनायक नगरपालिकाका इञ्जिनियर जनक न्यौपानेले दिएका थिए ।
आयोजक संस्था राष्ट्रिय सञ्चार केन्द्रका उपाध्यक्ष पुष्करराज बुढाथोकीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन केन्द्रका सचिव हेमराज ढकालले गरेका थिए । त्यसैगरी कार्यक्रमको प्रारम्भमा सार्वजनिक सुनुवाईको औचित्य, प्रक्रिया र अपेक्षित परिणामबारे पत्रकार दिवस गुरागाईंले मन्तब्य राखेका थिए । राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेशल आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको समापन गर्दै अध्यक्ष आचार्यले वडालाई लिखित रुपमा सुझाव–सल्लाह हस्तान्तरण गरेका थिए ।

प्रकाशित समय : १८:४१ बजे