back

सूर्यविनायक–८ मा सार्वजनिक सुनुवाई कार्यक्रम : शान्त, हरियाली र ऐतिहासिक वडा बनाउने लक्ष्य

भक्तपुर ।  सूर्यविनायक नगरपालिका–८, सिपाडोलमा वडागत सार्वजनिक सुनुवाई कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना र सूर्यविनायक नागरपालिकाको समन्वयमा सम्पन्न कार्यक्रममा वडाबासी, जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला निकाय तथा पत्रकारहरुको उल्लेख्य उपस्थिती रहेको थियो । कार्यक्रम डोलेश्वर मन्दिर परिषरमा आयोजना भएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष पुष्पराज बस्नेतले वडाले गरेका विकास निर्माणका कामहरु उल्लेख गरेका थिए । प्रमुख अतिथिका रुपमा बोल्दै बस्नेतले वडामा हाल ७० करोड बराबरको विकास निर्माणका काम भइरहेको तथ्य सुनाएका थिए । वडा अध्यक्ष बस्नेतले वडाले प्रवाह गर्दै आएका सेवा, राजश्व व्यवस्थापन र पछिल्लो वर्षमा सम्पन्न विकास निर्माणबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए । धार्मिक, सांस्कृतिक र कृषि सम्भावनायुक्त डोलेश्वरधाम क्षेत्र समेटिएको सूर्यविनायक–८ लाई शान्त, हरियाली र ऐतिहासिक वडा बनाउने लक्ष्यसहित वडाले अघि सारेका योजना र कार्यान्वयनको प्रगति पनि कार्यक्रममा छलफलको विषय बनेको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा वडा सदस्यहरू विश्वराम त्वयनावासु, विक्रम तामाङ, सावित्री मिश्र, सदस्य अन्जना नेपाली तथा वडा सचिव प्रतिभा लामिछाने लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ वडा अध्यक्ष बस्नेत र सूर्यविनायक नगरपालिकाका इञ्जिनियर जनक न्यौपानेले दिएका थिए ।

आयोजक संस्था राष्ट्रिय सञ्चार केन्द्रका उपाध्यक्ष पुष्करराज बुढाथोकीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन केन्द्रका सचिव हेमराज ढकालले गरेका थिए । त्यसैगरी कार्यक्रमको प्रारम्भमा सार्वजनिक सुनुवाईको औचित्य, प्रक्रिया र अपेक्षित परिणामबारे पत्रकार दिवस गुरागाईंले मन्तब्य राखेका थिए ।  राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेशल आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको समापन गर्दै अध्यक्ष आचार्यले वडालाई लिखित रुपमा सुझाव–सल्लाह हस्तान्तरण गरेका थिए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

काठमाडौं महानगरमा नयाँ आर्थिक ऐन : असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरुको कर मिनाहा 

काठमाडौं महानगरमा नयाँ आर्थिक ऐन : असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरुको कर मिनाहा 

वि.सं.२०८३ साउन ५ मंगलवार १४:०३

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र यसअघि जुनसुकै समयबाट सञ्चालन भए पनि...

लामो समयदेखि अनुपस्थित सह-सचिवलाई सरकारी सेवाबाट हटाउने गरी कारबाही सिफारिस

लामो समयदेखि अनुपस्थित सह-सचिवलाई सरकारी सेवाबाट हटाउने गरी कारबाही सिफारिस

वि.सं.२०८३ असार ३० मंगलवार १३:५२

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

कर्णाली प्रदेश सरकारको साढे १२ अर्ब बढी बजेट फ्रिज 

कर्णाली प्रदेश सरकारको साढे १२ अर्ब बढी बजेट फ्रिज 

वि.सं.२०८३ असार ३० मंगलवार १३:३६

सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट समयमा...

ललितपुर महानगरको आगामी बजेट ७ अर्ब ४८ करोड, निःशुल्क एम्बुलेन्सदेखि स्मार्ट सिटीसम्मका योजना

ललितपुर महानगरको आगामी बजेट ७ अर्ब ४८ करोड, निःशुल्क एम्बुलेन्सदेखि स्मार्ट सिटीसम्मका योजना

वि.सं.२०८३ असार २९ सोमवार १८:४५

काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि...

जनकपुरधाम उपमहानगरले ल्यायो २ अर्व ६५ करोड २० लाख ३२ हजारको बजेट

जनकपुरधाम उपमहानगरले ल्यायो २ अर्व ६५ करोड २० लाख ३२ हजारको बजेट

वि.सं.२०८३ असार २९ सोमवार १७:३२

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि २...

मेची राजमार्ग अवरुद्ध : निरन्तर जमिन भासिँदै, मन्त्रीको निर्देशन कागजमै सीमित

मेची राजमार्ग अवरुद्ध : निरन्तर जमिन भासिँदै, मन्त्रीको निर्देशन कागजमै सीमित

वि.सं.२०८३ असार २९ सोमवार ११:१६

इलाम । पूर्वी पहाडी जिल्लाहरूको मुख्य आर्थिक तथा यातायातको मेरुदण्ड(लाइफलाइन)...