back
skip this gaugauma singhadarbar

बैंकका केही शाखामा भौतिक क्षति, बैंकिङ प्रणाली सुरक्षित

काठमाडौं । जेन–जी आन्दोलनका कारण केही बैंक तथा वित्तीय संस्थाका शाखामा तोडफोड र आगजनी जस्ता घटना भएका छन् । तर बैंकिङ प्रणाली भने सुरक्षित रहेको नेपाल बैंकर्स संघले जनाएको छ ।

संघका अध्यक्ष सन्तोष कोइरालाका अनुसार केही शाखामा भौतिक क्षति भएपनि नगद वा प्रणालीलाई असर पुगेको छैन । उनले भने, ‘शाखाहरुमा तोडफोड र आगजनीका कारण भौतिक क्षति भएको छ, तर सर्भर र भल्ट सुरक्षित छन् । बैंकिङ सिस्टमलाई असर परेको छैन ।’उनका अनुसार बैंक तथा वित्तीय संस्थाले डेटा सर्भर तीन ठाउँमा ब्याकअप राख्ने भएकाले प्रणालीमा ठूला समस्या आउन सक्ने सम्भावना कम छ ।

मंगलबार साँझ राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखामा तोडफोडको प्रयास भए पनि संलग्नलाई नेपाली सेनाले नियन्त्रणमा लिएकाले नगद सुरक्षित रहेको छ ।यस्तै, प्रदर्शनकारीले आगजनी गरेका भाटभटेनी स्टोर्सलगायतका स्थानमा रहेका केही एटिएममा क्षति पुगेको बैंकर्स संघले जनाएको छ ।संघका अनुसार हालसम्मको क्षतिबारे विस्तृत विवरण संकलन भइरहेको छ ।

बैंकका केही शाखामा भौतिक क्षति, बैंकिङ प्रणाली सुरक्षित
काठमाडौं । जेन–जी आन्दोलनका कारण केही बैंक तथा वित्तीय संस्थाका शाखामा तोडफोड र आगजनी जस्ता घटना भएका छन् । तर बैंकिङ प्रणाली भने सुरक्षित रहेको नेपाल बैंकर्स संघले जनाएको छ ।

संघका अध्यक्ष सन्तोष कोइरालाका अनुसार केही शाखामा भौतिक क्षति भएपनि नगद वा प्रणालीलाई असर पुगेको छैन ।

उनले भने, ‘शाखाहरुमा तोडफोड र आगजनीका कारण भौतिक क्षति भएको छ, तर सर्भर र भल्ट सुरक्षित छन् । बैंकिङ सिस्टमलाई असर परेको छैन ।’ उनका अनुसार बैंक तथा वित्तीय संस्थाले डेटा सर्भर तीन ठाउँमा ब्याकअप राख्ने भएकाले प्रणालीमा ठूला समस्या आउन सक्ने सम्भावना कम छ ।

मंगलबार साँझ राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखामा तोडफोडको प्रयास भए पनि संलग्नलाई नेपाली सेनाले नियन्त्रणमा लिएकाले नगद सुरक्षित रहेको छ । यस्तै, प्रदर्शनकारीले आगजनी गरेका भाटभटेनी स्टोर्सलगायतका स्थानमा रहेका केही एटिएममा क्षति पुगेको बैंकर्स संघले जनाएको छ ।संघका अनुसार हालसम्मको क्षतिबारे विस्तृत विवरण संकलन भइरहेको छ ।


नेपालभरका बीमा कम्पनीहरूलाई घरबाटै सेवा सञ्चालन गर्न निर्देशन

नेपालभरका बीमा कम्पनीहरूलाई घरबाटै सेवा सञ्चालन गर्न निर्देशन

वि.सं.२०८२ भदौ २५ बुधवार १३:१६

काठमाडौं ।  हाल देशभर उत्पन्न भएको विषम परिस्थितिलाई ध्यानमा राख्दै...

कामना सेवा विकास बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

कामना सेवा विकास बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८२ भदौ २३ सोमवार १८:३८

काठमाडौं । कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ...

सानिमा बैंकको दराजसंग दशैं धमाका योजनाका लागि सहकार्य

सानिमा बैंकको दराजसंग दशैं धमाका योजनाका लागि सहकार्य

वि.सं.२०८२ भदौ २३ सोमवार १८:३५

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि बडा दशैंको अवसरमा दराजसँग...

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवामा विशेष छुट

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवामा विशेष छुट

वि.सं.२०८२ भदौ २३ सोमवार १७:१२

काठमाडौं । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै...

नेपाल एसबिआई बैंक इण्डियन चेम्बर अफ कमर्सद्वारा तीन प्रतिष्ठित पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन चेम्बर अफ कमर्सद्वारा तीन प्रतिष्ठित पुरस्कारबाट सम्मानित

वि.सं.२०८२ भदौ १७ मंगलवार ११:४९

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड, इण्डियन च्याम्बर अफ कमर्शद्धारा...

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको अवार्डबाट सम्मानित

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको अवार्डबाट सम्मानित

वि.सं.२०८२ भदौ १५ आइतवार १४:१३

काठमाडौं । महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्स, कोलकाता,...