back

सुरक्षा प्रमुखहरुसँग मुख्यमन्त्री कडेंल : नागरिक त्रसित छन्, आश्वस्त पार्नुहोस्

nactional life

सुर्खेत । जेन–जी पुस्ताको आन्दोलनपछि उत्पन्न पछिल्लो अवस्थाबारे कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेंलले प्रदेशस्थित सुरक्षानिकायहरुसँग छलफल गरेका छन् ।

मुख्यमन्त्री तथा परिषद्को कार्यालयमा आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री कडेलले आन्दोलनका नाममा भएको हिंसा र तोडफोडका कारण नागरिक त्रसित रहेकोले आश्वस्त पार्ने गरि काम गर्न चारैवटै सुरक्षा निकायलाई आग्रह गरे ।

मुख्यमन्त्री कडेलले उदेश्य राम्रो भएपनि आन्दोलनको नाममा भएको हिंसा र तोडफोडले मुलुकले अकल्पनीय क्षति व्यहोर्नु परेको र नागरिक अझैपनि भयवित अवस्थामा रहेकोले जनजीवन सामान्यकृत हुने गरि आफना गतिविधि संचालन गर्न चारैवटै सुरक्षा निकायलाई सुझाव दिए ।
मुख्यमन्त्री कडेलले भने, ‘जेन्जी पुस्ताको आन्दोलनमा नाममा भएका हिंसात्मक कामहरुको अनुसन्धान र कारवाहीका कामहरु हुन्छन् नै, तर त्यसपछि पनि नागरिक त्रासमा छन्, यो अवस्थाबाट माथि उठाएर आश्वस्त पार्ने काममा तपाईहरु लाग्नुस् ।’

मुख्यमन्त्री कडेलले थप शान्ति सुरक्षा विग्रन नदिन प्रदेश सरकारको तर्फवाट आवश्यक सहयोग गर्ने सुरक्षा प्रमुखहरुलाई आश्वस्त पारे । उनले भने, ‘तपाईहरुको तालुकदार निकाय संघीय सरकार होला तर प्रदेशको शान्ति, सुव्यवस्था कायम गर्ने सन्र्दभमा तपाईहरुलाई आवश्यक सहजीकरण गर्न प्रदेश सरकार तयार छ ।’

मुख्यमन्त्री कडेलले शान्तिपूर्ण प्रर्दशनबाहेक हिसांत्मक गतिविधि नियन्त्रणमा राज्यले आवश्यक पहल लिनुपर्ने भन्दै माथिल्लो तहको आदेशको अन्यौलले जिल्लाका सुरक्षाकर्मीले भोगेको अवस्थाबारे आफू जानकार रहेको बताए ।

उनले भने, ‘नुहुनुपर्ने क्षति भयो, सुर्खेतमा सिमित जनशक्तिले आफनो मेहनतले थप क्षति रोक्नु पनि भयो तर जसले तपाईहरुलाई परिचालन गर्नुपर्ने थियो उसैले लत्ता छाडेपछि तपाईहरुको नियन्त्रणमा रहेन।’ मुख्यमन्त्री कडेलले अन्यत्रभन्दा क्षति कम गराउन सफल भएकोमा सुरक्षाकर्मीहरुलाई धन्यवाद पनि दिए । मुख्यमन्त्री कडेलले यतिबेला आग्रह, पूर्वाग्रह र प्रतिशोध भन्दा संयम र धैर्यताको खाँचो भएको रहेकोले सुरक्षाकर्मी संयमका साथ अगाडी बढ्नुपर्ने धारणा राखे ।

कडेलले भने, ‘आन्दोलनमा नाममा भएका आगजनी र लुटपाटमा पूर्वाग्रह नराखेरे अनुसन्धान गर्न र कानुन बमोजिम कारवाही गर्न तपाईहरुलाई माथिको आदेश पर्खनु पर्देन, पूर्वाग्रह नराखेर अनुसन्धान गरि दोषीलाई कारवाहीको दायरामा ल्याउनुस् ।’ छलफल कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्र यादव, सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिशश्वर आचार्यसहित प्रदेशस्थित ४ वटै सुरक्षाका प्रमुखहरुको उपस्थिति थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बजेटमा कर्णाली : पूर्वाधारमा प्राथमिकता, अंकमा छैन

बजेटमा कर्णाली : पूर्वाधारमा प्राथमिकता, अंकमा छैन

वि.सं.२०८३ जेठ १७ आइतवार १२:३६

सुर्खेत । संघीय सरकारले आर्थिक वर्ष २०८३/०८४ को बजेटमा कर्णालीको...

आर्थिक विशेष: दुई दशक पुरानो कम्पनी ऐन खारेज गरिँदै, डिजिटल युग र स्टार्टअप मैत्री ‘कम्पनी ऐन, २०८३’ ल्याउने तयारी

आर्थिक विशेष: दुई दशक पुरानो कम्पनी ऐन खारेज गरिँदै, डिजिटल युग र स्टार्टअप मैत्री ‘कम्पनी ऐन, २०८३’ ल्याउने तयारी

वि.सं.२०८३ जेठ १५ शुक्रवार १२:३१

काठमाडौँ। नेपाल सरकारले दुई दशकअघि तर्जुमा गरिएको पुरानो कम्पनी ऐन,...

उपेक्षामा बाजुरका पर्यटकीय गन्तब्य : माल पाएर पनि चाल नपाउँदा राज्यको नजर कहिले पुग्ने?

उपेक्षामा बाजुरका पर्यटकीय गन्तब्य : माल पाएर पनि चाल नपाउँदा राज्यको नजर कहिले पुग्ने?

वि.सं.२०८३ जेठ ५ मंगलवार १६:३३

बाजुरा । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ बाजुरा । धार्मिक तथा...

महासंकटमा डिजिटल नेपाल: २९३ स्थानीय तहसँग छैन आफ्नै सम्पत्तिको हिसाब,कागजमा आधुनिक, व्यवहारमा शून्य

महासंकटमा डिजिटल नेपाल: २९३ स्थानीय तहसँग छैन आफ्नै सम्पत्तिको हिसाब,कागजमा आधुनिक, व्यवहारमा शून्य

वि.सं.२०८३ जेठ २ शनिवार १९:३७

काठमाडौं । नेपाल सरकारले विगत एक दशकदेखि ‘डिजिटल नेपाल फ्रेमवर्क’ को...

निर्वाचन आयोगको मास्टरप्लान: एकै मितिमा दुई निर्वाचन,राज्यको ४ अर्ब जोगिने

निर्वाचन आयोगको मास्टरप्लान: एकै मितिमा दुई निर्वाचन,राज्यको ४ अर्ब जोगिने

वि.सं.२०८३ वैशाख ३० बुधवार १३:१७

काठमाडौं । निर्वाचन आयोगले मुलुकको निर्वाचन प्रणालीलाई थप व्यवस्थित, मितव्ययी...

सबै स्थानीय तहमा १२ महिनै चल्ने गरी सडक पुर्याइने

सबै स्थानीय तहमा १२ महिनै चल्ने गरी सडक पुर्याइने

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:३४

काठमाडौं । सरकारले सबै स्थानीय तहमा १२ महिना चल्ने सडक...