back

प्रभु बैंकको नाफा दुई अर्ब नाघ्यो

काठमाडौं – प्रभु बैंक लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा बढेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले २ अर्ब १० करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४४.०८ प्रतिशत बढी हो। खुद ब्याज आम्दानी सामान्य बढे पनि फि तथा कमिशन आम्दानी र अन्य सञ्चालन आम्दानी बढेपछि बैंकको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.६० प्रतिशत बढेको छ। त्यसैगरी, यस साता खुद फि तथा कमिशन आम्दानी ४२.०७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४६.८५ प्रतिशत बढेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५९ करोड ३९ लाख रुपैयाँ पुगेको छ।खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ९० पैसा बढेर २४ रुपैयाँ ७९ पैसा पुगेको छ। चैत मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १८.७६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ ८६ पैसा रहेको छ।

गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको चुक्ता पूँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष १८.२५ प्रतिशत बढेको छ।

समीक्षा अवधिमा बैंकको निक्षेप १८.२५ प्रतिशत बढेको छ भने कर्जा ३५.१२ प्रतिशत बढेको छ।


नबिल बैंकद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोबाइल प्रदान

नबिल बैंकद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोबाइल प्रदान

वि.सं.२०८१ माघ ४ शुक्रवार १८:२०

काठमाडौं । नबिल बैंकले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स...

मेरो माइक्रोफाइनान्सको १२औं वार्षिक साधारणसभा सम्पन्न, ७.५ प्रतिशत बोनस शेयर प्रस्ताव पारित

मेरो माइक्रोफाइनान्सको १२औं वार्षिक साधारणसभा सम्पन्न, ७.५ प्रतिशत बोनस शेयर प्रस्ताव पारित

वि.सं.२०८१ माघ ४ शुक्रवार १७:२३

काठमाडौं । मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १२औं...

कृषि बिकास बैंक कर्मचारी संघ नेपालको रक्तदान कार्यक्रम सम्पन्न

कृषि बिकास बैंक कर्मचारी संघ नेपालको रक्तदान कार्यक्रम सम्पन्न

वि.सं.२०८१ माघ ४ शुक्रवार १७:१७

काठमाडौं । कृषि विकास बैंकको ५८औँ वार्षिकोत्सवको अवसरमा कृषि विकास...

आईएमई लाइफमा शाखा र उपशाखा प्रमुखको माग

आईएमई लाइफमा शाखा र उपशाखा प्रमुखको माग

वि.सं.२०८१ माघ ४ शुक्रवार १३:५६

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सातैवटा प्रदेश अन्तर्गतको...

विराटनगरमा कृषि तथा पशुपंक्षी बीमाको रियल टाईम सफ्टवेयर सम्बन्धी तालिम सम्पन्न

विराटनगरमा कृषि तथा पशुपंक्षी बीमाको रियल टाईम सफ्टवेयर सम्बन्धी तालिम सम्पन्न

वि.सं.२०८१ माघ ४ शुक्रवार १३:४८

काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणले पूर्वी नेपालको विराटनगरमा कृषि...

आइपीओ निष्कासनको अनुमति नपाउँदा जलविद्युत आयोजना समस्यामा पर्‍यो : अध्यक्ष कार्की

आइपीओ निष्कासनको अनुमति नपाउँदा जलविद्युत आयोजना समस्यामा पर्‍यो : अध्यक्ष कार्की

वि.सं.२०८१ माघ ४ शुक्रवार १३:२२

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष...