back

मध्य भोटेकोशी जलविद्युतले बैशाख २१ गतेदेखि आईपीओ निष्काशन गर्दै

काठमाडौं – मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले बैशाख २१ गतेदेखि आईपीओ निष्काशन  गर्ने भएको छ। कम्पनीले प्रतिशेयर १०० अंकितमूल्यका ६० लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।

निष्काशन गर्ने जम्मा शेयरमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुमा बाँडफाँट गरिनेछ। बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्ता सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुमा बाँडफाँट गरिनेछ।

निष्काशन बन्द छिटोमा जेठ ४ गते हुनेछ भने ढिलोमा जेठ २० गते हुनेछ। आईपीओमा ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, बैंक अफ काठमाण्डू र एनआईसी एशिया बैंकका सिन्धुपाल्चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटल रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल, एनआईबिएल एस क्यापिटल, लक्ष्मी क्यापिटल सिभिल क्यापिटल, सानिमा क्यापिटल र सिबिआइएल क्यापिटल रहेका छन्।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनपर्नेछ भने अधिकतामा ४०० कित्ताका लागि आवेदन दिनुपर्नेछ।आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी इस्युअर रेटिङ्ग प्रदान गरेको छ।

 


विदेश पलायन र बसाइसराइले परिवारहरु विभाजित भए

विदेश पलायन र बसाइसराइले परिवारहरु विभाजित भए

वि.सं.२०८२ जेठ १ बिहीवार २१:०६

काठमाडौं । परिवार भन्ने वित्तिकै सुख–दुःख साथ दिने व्यक्तिहरुको समूह...

देश विकासमा एनआरएनको भूमिका महत्वपूर्ण : उर्जामन्त्री खड्का

देश विकासमा एनआरएनको भूमिका महत्वपूर्ण : उर्जामन्त्री खड्का

वि.सं.२०८२ जेठ १ बिहीवार १७:५४

काठमाडौं । उर्जामन्त्री दीपक खड्काले नेपालको जलविद्युत क्षेत्रमा नीजि क्षेत्रको...

एनआरएनएले जारी गर्यो ग्लोबल कन्क्लेभको आठ बुँदे निष्कर्ष

एनआरएनएले जारी गर्यो ग्लोबल कन्क्लेभको आठ बुँदे निष्कर्ष

वि.सं.२०८२ जेठ १ बिहीवार १७:४७

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)ग्लोबल कन्क्लेभ–२०२५ ले आठ बुँदे निष्कर्ष...

विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

वि.सं.२०८२ जेठ १ बिहीवार १३:२७

काठमाडौं । ऊर्जा क्षेत्रको नियमनकारी निकाय र इकोनोमिक मिडिया एसोसिएसन...

बोर्डका आयोजनाहरु सार्वजानिक, निजी र साझेदारी मार्फत सञ्चालन हुने निर्णय : ज्ञवाली

बोर्डका आयोजनाहरु सार्वजानिक, निजी र साझेदारी मार्फत सञ्चालन हुने निर्णय : ज्ञवाली

वि.सं.२०८२ जेठ १ बिहीवार ११:१२

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बोर्डका...

सुनको मूल्यमा गिरावट, कतिमा झर्यो मूल्य ?

सुनको मूल्यमा गिरावट, कतिमा झर्यो मूल्य ?

वि.सं.२०८२ जेठ १ बिहीवार ११:०८

काठमाडौं । आज जेठ १ गते, बिहीबार, नेपाली बजारमा सुनको...