back

भारतमा एकै दिन २० हजारको हाराहारीमा मृत्यु, तीन लाख ५२ हजार सङ्क्रमित

काठमाडौँ । भारतमा गत २४ तीन लाख ५२ हजारभन्दा बढी नागरिक कोरोना भाइरस सङ्क्रमित भेटिएका छन् । एकै दिन तीन लाख भन्दा बढी कोरोना भाइरस सङ्क्रमित भेटिएका यो पाँचौ दिन भएको बताइएको छ ।
त्यसैगरी यहाँ गएको २४ घण्टायता दुुई हजार ८१२ जनाको ज्यान गएको छ । त्यसैसँगै भारतमा यो सङ्क्रमणबाट मात्र एक लाख ९५ हजारभन्दा बढी व्यक्तिको निधन भइसकेको छ ।

यसरी भारतमा अहिलेसम्ममा यो सङ्क्रमणबाट एक करोड ७० लाखभन्दा बढी व्यक्ति सङ्क्रमित हुन पुगेका बताइएको छ । भारतमा हाल २८ लाख १३ हजार भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । भारतमा हालसम्म १ करोड ४३ लाख भन्दा बढी कोरोना मुक्त भएका छन् । गत २४ घण्टामा मात्र दुई लाख १९ हजार २२७ जना कोरोना मुक्त भएका छन् ।

कोरोना महामारी शुरु भएयता विश्वमा भएका सङ्क्रमणको तुलनामा यो ठूलो सङ्ख्या भएको सरकारी तथ्याङ्कले जानकारी दिएको छ । यद्यपि संयुक्त राज्यमा अमेरिका गत जनवरीमा एकै दिनमा तीन लाखभन्दा बढी व्यक्ति सङ्क्रमित भएका थिए ।

भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो सो समयबाट अहिलेसम्म भारतमा १४ करोड १९ लाख ११ हजारभन्दा बढी व्यक्तिले खोप लगाएका छन् । कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ ।

भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सिन र स्पुट्निक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन् । रुसले विकास गरेको स्पुट्निक भी भने यही अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीले जानकारी दिएका छन् ।

भारतमा सोमबार मात्रै १४ लाख २ हजार ३६७ जनाको कोरोना परीक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । अप्रिल २५ सम्म कूल २७ करोड ९३ लाख २१ हजारभन्दा बढीले कोरोना परीक्षण गरिसकेको पनि परिषद्ले उल्लेख गरेको छ ।

भारतको राष्ट्रिय राजधानी दिल्ली सबभन्दा धेरै कोरोना प्रभावित राज्यका रुपमा रहेको छ ।


melung
उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

वि.सं.२०८० साउन २४ बुधवार १७:०५

काठमाडौं । अरु देशमा जसरि सम्भावित जोखिमलाई घटाउन र व्यवसाय...

काठमाडौं महानगरको बजेट २५ अर्ब ५४ करोड, कुन क्षेत्रमा कति छ ? (पूर्णपाठसहित)

काठमाडौं महानगरको बजेट २५ अर्ब ५४ करोड, कुन क्षेत्रमा कति छ ? (पूर्णपाठसहित)

वि.सं.२०८० असार १० आइतवार १४:११

काठमाडौं । काठमाडौं महानगरपालिकाले साढे २५ अर्बको बजेट ल्याएको छ...

बैंकहरुले सार्वजनिक गरे असार महिनाका लागि ब्याजदर

बैंकहरुले सार्वजनिक गरे असार महिनाका लागि ब्याजदर

वि.सं.२०८० जेठ ३२ बिहीवार १३:२१

काठमाडौं । वाणिज्य बैंकहरुले आगामी असार महिनाका लागि ब्याजदर सार्वजनिक...

देशले थेग्ला त मुल्यवृद्धि: चाउचाउ देखि मदिरासम्ममा बढ्यो शुल्क, अब कुन कति महँगो हुन्छ ? (शुल्कसहित)

देशले थेग्ला त मुल्यवृद्धि: चाउचाउ देखि मदिरासम्ममा बढ्यो शुल्क, अब कुन कति महँगो हुन्छ ? (शुल्कसहित)

वि.सं.२०८० जेठ १६ मंगलवार ११:४८

काठमाडौं । सरकारले आर्थिक विधेयक २०८० मार्फत विभिन्न वस्तुको करका...