लक्ष्मी इक्वीटी फण्डको इकाई मूल्य समायोजन
वि.सं.२०७८ साउन १५ शुक्रवार
काठमाडौं । शुक्रवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले लक्ष्मी इक्वीटी फण्डको इकाई मूल्य समायोजन गरेको छ । नेप्सेले फण्डले प्रस्ताव गरेको ३५ प्रतिशत नगद लाभांश प्रयोजनमा मूल्य समायोजन गरेको हो ।
बिहीवार कायम कोषको अन्तिम इकाईमूल्य १७ रूपैयाँ ४० पैसाका आधारमा नेप्सेले नगद लाभांश पछिको मूल्य १३ रूपैयाँ ९० पैसा तोकेको हो ।
फण्डले प्रस्ताव गरेको नगद लाभांश प्रयोजनका लागि आज (एक दिन) बुक क्लोज गरेकाले नेप्सेले नगद लाभांश पछिको मूल्य तोकेको हो । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको व्यवस्थापनमा सञ्चालित उक्त फण्डले आर्थिक वर्ष ०७७/७८ को लागि करसमेत ३५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गत साउन ७ गते गरेको हो । बुक क्लोजपछि कोषको इकाई खरीद गर्ने इकाईधनीहरुले भने यस वर्षको लाभांश प्राप्त गर्ने छैनन् ।
२०७८ साउन १३ गते प्रकाशित
प्रकाशित समय : ०४:२७ बजे