back

तामाकोसी पाँचौंको लागि लगानी सम्झौता, अबको ६ वर्षमा १०० मेगावाट बिजुली उत्पादन हुने

nactional life

काठमाडौँ । दोलखामा निर्माण हुने तामाकोसी पाँचौँ चलविद्युत आयोजनामा ऋण लगानीका लागि त्रिपक्षिय सम्झौता भएको छ ।

देलखामा उत्पादन हुन लागेको उक्त ९९.८ मेगावाटको तामाकोसी पाँचौं जलविद्युतमा ऋण लगानीका लागि त्रिपक्षीय समझदारी पत्र (एमओयू)मा आइतबार नेपाल विद्युत प्राधिकरण, आयोजनाको प्रवद्र्धक तामाकोसी जलविद्युत कम्पनी र कर्मचारी सञ्चय कोषबीच हस्ताक्षर भएको हो ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालको उपस्थितीमा एक कार्यक्रमकाबीच हिजो प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य, कम्पनीका प्रमुख कार्यकारी अधिकृत नसिवमान प्रधान र कोषका प्रशासक तुलसी प्रसाद गौतमले एमओयूमा हस्ताक्षर गरेका हुन् ।

उक्त आयोजनाको लागि करिब १६ अर्ब १९ करोड रुपैयाँ (१३ करोड ७२ लाख अमेरिकी डलर) लागत अनुमान गरिएको छ । उक्त अनुमानित लगातमध्ये आयोजनाको लाग कोषले ७० प्रतिशत (करिब ११ अर्ब ३३ करोड) रुपैयाँ ऋण लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।

जनताको जलविद्युत कार्यक्रमअन्तर्गत निर्माण हुन लागेको आयोजनाको बाँकी रकम सर्बसाधारणलाईसमेत सेयर निश्कासन गरी स्वपुँजी (इक्विटी)बाट जुटाइने छ । तामाकोसी पाँचौं ४५६ मेगावाटको मेगावाटको माथिल्लो तामाकोसीको क्यास्केड आयोजना हो । त्यसैले तामाकोसी पाँचौले बाँध, बालुवा थिग्रयाउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनु नपर्ने भएकोले आयोजनालाई आकर्षक मानिएको छ ।

माथिल्लो तामाकोसीको विद्युत गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान भइसकेको छ । आयोजनाले ८ किलोमिटर सुरुङ, विद्युतगृह, करिब २ किलोमिटर २२० केभी प्रसारण लाइनलगायतका मुख्य संरचना निर्माण गर्नु पर्ने छ ।

विस्तृत डिजाइन र वातावरणीय प्रभाव मूल्यांकन (इआइए) स्वीकृत भइसकेको आयोजनाले विद्युत उत्पादनको अनुमति २०७४ को जेठमै पाइसकेको छ । चीनको अगुवाइमा स्थापना भएको एसियन इन्फ्रास्ट्रक्चर लगानी बैक (एआईआईबी)को अनुदानमा आयोजनाको थप वातावरणीय अध्ययन गरिएको छ । आयोजनाको अहिले निर्माण पूर्वका कामहरु भइरहेका छन् । आयोजनाको निर्माण २०८४ भित्रमा सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको छ ।

२०७८ साउन ११ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

१ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्नुपर्ने राय

१ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्नुपर्ने राय

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०१

काठमाडौं । विद्युत् खरिद सम्झौता (पीपीए) गरी लामो समयसम्म शून्य...

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

वि.सं.२०८३ जेठ २७ बुधवार १३:५१

काठमाडौँ । सरकारले निजामती प्रशासनको आकार घटाएर चुस्त बनाउने भन्दै...

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

वि.सं.२०८३ जेठ २४ आइतवार १६:४९

काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक जाम व्यवस्थापनको मुख्य मेरुदण्ड मानिएको...

बार्न अध्यक्षमा नेपाल एयरलाइन्सका अनिल घिमिरे

बार्न अध्यक्षमा नेपाल एयरलाइन्सका अनिल घिमिरे

वि.सं.२०८३ जेठ २४ आइतवार १६:१८

काठमाडौं । नेपालमा उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूको छाता संगठन...

बुढीगण्डकी जलविद्युत् आयोजनालाई अब ‘प्राधिकरण मोडल’ मा लगिने: लागत ४ खर्ब पुग्यो, २०९१ सम्म निर्माण सक्ने लक्ष्य

बुढीगण्डकी जलविद्युत् आयोजनालाई अब ‘प्राधिकरण मोडल’ मा लगिने: लागत ४ खर्ब पुग्यो, २०९१ सम्म निर्माण सक्ने लक्ष्य

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:३५

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजनालाई थप व्यवस्थित,...

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

वि.सं.२०८३ जेठ २२ शुक्रवार १०:३१

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना बित्न...