back

यी दुई कम्पनीको सेयर मूल्यमा देखियो अस्वभाविक वृद्धि, यस्तो छ नेप्सेको प्रतिक्रिया

nactional life

काठमाडौँ । साताको तेस्रो कारोबार दिन आज दुई कम्पनीको सेयर मूल्यमा अस्वभाविक वृद्धि देखिएको छ । सेयर बजारको मापन गर्ने नेप्से परिसूचकमा आज लक्ष्मी उन्नती कोष र लक्ष्मी ईक्वीडीटि फण्डमा अस्वाभाविक वृद्धि देखिएको छ ।

यी दुवै कम्पनीको सेयर मूल्यमा एक दिनमा बढ्न पाउने निर्धारीत सिमा भन्दा बढी दरले मूल्य बढेको देखिएको हो । नेप्सेका अनुसार लक्ष्मी उन्नती कोषको सेयर मूल्यमा १०.४ प्रतिशतले बढेको छ भने यता लक्ष्मी इक्वीडिटीको सेयर मूल्य पनि १०.१ प्रतिशतले बढेको देखिएको छ । जबकि इन्ट्रा डे कारोबारमा कम्पनीको मूल्य १० प्रतिशत भन्दा बढी वृद्धि वा गिरावट हुन पाउँदैन । अर्थात कुनै पनि कम्पनीको सेयर मूल्य १० प्रतिशतले घट्यो वा बढ्यो भने त्यो दिन उक्त कम्पनीको कारोबार दिनभरीकै लागि स्थगित हुने नियम छ ।

यस सम्बन्धमा नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले प्राविधिक त्रुटिका कारण यस्तो देखिन सक्ने बताउँदै सच्चाउने बताए । उनले भने ‘कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेपछि सर्किट लागेर कारोबा बन्द हुन्छ, प्राविधिक त्रुटिका कारण यी दुई कम्पनीको मूल्य वृद्धिदर १० प्रतिशत भन्दा बढी देखिएको छ । हामीले कहाँ नेर त्रुटि भयो हेरेर सच्चाउँछौँ’

२०७८ असार ५ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

वि.सं.२०८३ जेठ २७ बुधवार १६:२५

काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको...

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

वि.सं.२०८३ जेठ २७ बुधवार १३:५१

काठमाडौँ । सरकारले निजामती प्रशासनको आकार घटाएर चुस्त बनाउने भन्दै...

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट

वि.सं.२०८३ जेठ २७ बुधवार १३:३८

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडको प्राथमिक सेयर (आईपीओ)  बाँडफाँट भएको छ...

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ जेठ २७ बुधवार ०८:४७

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक...

नेप्सेमा २०.२७ अंकको गिरावट, वित्त बाहेक सबै उपसमूह राताम्मे, सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार

नेप्सेमा २०.२७ अंकको गिरावट, वित्त बाहेक सबै उपसमूह राताम्मे, सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार

वि.सं.२०८३ जेठ २५ सोमवार १५:३४

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द...

सेबोनको ३४औँ वार्षिकोत्सवमा अध्यक्ष खत्रीको प्रतिबद्धता—ऋण बजारको विकास र एनआरएनलाई शेयर बजारमा भित्र्याइने

सेबोनको ३४औँ वार्षिकोत्सवमा अध्यक्ष खत्रीको प्रतिबद्धता—ऋण बजारको विकास र एनआरएनलाई शेयर बजारमा भित्र्याइने

वि.सं.२०८३ जेठ २५ सोमवार १४:४५

काठमाडौँ। नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष उत्तरकुमार खत्रीले मुलुकमा...