जीवन बीमा र निर्जीवन बीमाको क्रमशः २८.७१ र १५.३५ प्रतिशतले बढ्यो बीमा शुल्क संकलन
वि.सं.२०७८ साउन ५ मंगलवार
काठमाडौँ । गत आर्थिक वर्ष (विं.स.२०७७।७८)मा जीवन बीमा कम्पनी र निर्जीवन कम्पनीहरुको बीमा शुल्क संकलन क्रमशः २८.७१ र १५.३५ प्रतिशतले बढेको छ ।
बीमा कम्पनीहरुले एक वर्षमा १ खर्ब ५१ अर्ब ४५ करोड ९१ लाख बीमाशुल्क संकलन गरेका छन् ।
बीमा समितिका अनुसार समिक्षा अवधिमा जीवन बीमा कम्पनीहरुले १ खर्ब २० अर्ब ५५ करोड ३३ लाख बीमा शुल्क आर्जन गरेका छन् भने निर्जीवन कम्पनीहरुले यस्तो रकम ३० अर्ब ९० करोड ६८ लाख संकलन गरेका हुन् ।
समितिका अनुसार गत वर्षमा जीवन बीमा कम्पनीले १५ हजार ९६४ बीमालेख बापत २ अर्ब २५ करोड २ लाख रुपैयाँ र निर्जीवन बीमा कम्पनीले ८६ हजार ४४० बीमालेख बापत २० अर्ब १४ करोड ५१ लाख माग दाबी भुक्तानी दिन बाँकी रहेको छ । गत वर्षमा ९ अर्ब ८८ करोड १४ लाख रुपैयाँ बराबरका ६३ हजार ३३१ बीमालेख व्यतित भएको समितिले जनाएको छ ।
२०७८ असार ५ गते प्रकाशित
प्रकाशित समय : १०:२९ बजे