नेप्सेमा सामान्य गिरावट, कारोबार रकम पनि घट्यो
वि.सं.२०७८ साउन ५ मंगलवार
काठमाडौँ । आज नेप्से परिसूचक सामान्य अंकले घटेको छ । नेप्से ९.०१ अंकले घटेर २९८५.५७ बिन्दूमा कायम भएको छ ।
यो दिन कारोबारमा आएका २१९ कम्पनीको ३ करोड १६ लाख ८ हजार १९३ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
यता १२ वटा समूहको उपसूचकमा होटल एण्ड टुरीजम, हाईड्रो, उत्पादन तथा प्रशोधन, म्युच्युअल फण्ड र ट्रेन्डीङको मात्रै उपसूचक बढेको छ ।
२०७८ असार ५ गते प्रकाशित
प्रकाशित समय : ०९:३६ बजे