back

कसरी गरिन्छ फोन ह्याक ?, के यो जनतामाथि निगरानी राख्ने टूल हो ?

विश्वभरका कयौँ पत्रकार, नेता, कुटनीतिज्ञ र सामाजिक कार्यकर्ताको फोन ह्याक गरिएको छ । यद्यपि, ‘पेगासस’ नाम गरेको जुन ‘स्पाइवेयर’ को प्रयोग गरेर फोन ह्याक गरेको समाचार बाहिर आएको छ, त्यसलाई तयार गर्ने कम्पनी एनएसओले भने सबै आरोपलाई अस्वीकार गरेको छ ।

यस प्रोग्रामलाई केवल ‘जाँच र परीक्षण गरिएपछि’ सरकारहरूलाई मात्र बिक्री गरिने कम्पनीको दाबी छ । मिडिया रिपोर्टका अनुसार भारतका पत्रकार र अन्य विशिष्ट व्यक्तिहरूको फोनलाई इजरायलमा निर्मित यस सफ्टवेयरको माध्यमबाट ह्याक गरियो र उनीहरूको निगरानी गरियो । अब प्रश्न उठ्छ आखिर यो ‘पेगासस’ के हो र यसले कसरी काम गर्छ ?

के हो पेगासस ?

यो एउटा सर्भेलेन्स सफ्टवेयर हो जसलाई इजरायलको सुरक्षा कम्पनी एनएसओ ग्रुपले तयार गरेको हो । यसको प्रयोग गरेर कुनै पनि व्यक्तिको फोन ह्याक गरेर उसको गतिविधिमाथि नजर राख्न सकिन्छ । यसलाई लक्षित व्यक्तिको फोनमा इन्स्टल गरिन्छ र त्यसपछि फोनलाई ‘रिमोट कन्ट्रोल’ गरिन्छ । यो रिमोट एक्सेस ट्रोजनको जस्तै काम गर्छ ।

जेरुसेलम स्थित द इन्स्टीट्यूट फर नेसनल सेक्युरिटी स्टडिजसँग जोडिएका साइबर सुरक्षा विशेषज्ञ कर्नर गाबी सिबोनीका अनुसार ‘यो कसरी काम गर्छ भन्ने अधिक जानकारी उपलब्ध छैन । यो निकै उन्नत सफ्टवेयर हो जसलाई एनएसओले विकास गरेको हो ।’

यसलाई बनाउने कम्पनी एनएसओको गठन सन् २००९ मा भएको थियो र यसले निकै उन्नत निगरानी टूल बनाउँछ । विश्वका कयौँ देशको सरकार यसको ग्राहक छ ।

यसलाई कसले किन्छ ?

एनएसओको दाबी छ कि यो सफ्टवेयरलाई केवल सरकार र सरकारी एजेन्सीलाई मात्र दिइन्छ । सार्वजनिक जानकारीका अनुसार पनामा र मेक्सिकोको सरकारले यसको प्रयोग गर्दछ ।

कम्पनीका अनुसार यसलाई प्रयोग गर्ने ५१ प्रतिशत सरकारी जासुसी एजेन्सीहरू रहेका छन् भने ३८ प्रतिशत कानुन लागू गर्ने एजेन्सी र ११ प्रतिशत सेना रहेका छन् ।

एनएसओका अनुसार आतंकवादीमाथि नजर राख्न र आतङ्कवादी घटनाहरूलाई रोक्ने उद्देश्यले उसको विकास गरिएको हो । भारत सरकार यसको ग्राहक हो कि होइन भन्ने अझै पुष्टि हुन बाँकी छ ।

गाबी सिबोनीका अनुसार ‘इजरायलमा सेना र सर्भेलेन्स प्रविधिका विज्ञबारे कडा नियम रहेको छ । यी विज्ञ सर्तहरूले बाँधिएका हुन्छन्, त्यसको उल्लङ्घन हुँदा उनीहरूमाथि सख्त कारबाही हुनसक्छ ।

जस्तो रिपोर्टले दाबी गरेको छ कि यसको प्रयोग आम नागरिकमाथि निगरानी गर्न प्रयोग गरिएको छ । यदि यो पुष्टि भयो भने इजरायल सरकारले यसमाथि कारबाही गर्न सक्छ ।’

यस सफ्टवेयरको लाइसेन्सको मूल्य कति ?

यसको स्पष्ट उत्तर छैन । आमरुपमा यो गोप्य सम्झौता अन्तरगत निर्यात गरिन्छ । कम्पनी अलग–अलग सरकारलाई अलग–अलग मूल्यमा यो सफ्टवेयर उपलब्ध गराउँछ । गाबी सिमोनीका अनुसार यसको जानकारी सार्वजनिकरुपमा उपलब्ध छैन ।

उता, होलोन इन्स्टीट्यूट अफ टेक्नोलोजीमा साइबर विभागका प्रमुख डा. हारेल मेनाश्रीका अनुसार यो निकै महँगो हुन्छ । उनी भन्छन्, ‘यसको सटिक मूल्य हामीलाई थाहा छैन । तर यो अति उन्नत सिस्टम निकै महँगो हुन्छ । यसको मूल्य कयौँ लाख डलरमा हुन्छ ।’

डा. हारेलका अनुसार एनएसओ यो सफ्टवेयर एन्ड युजर एग्रीमेन्ट र लाइसेन्सअनुसार मात्र सरकार र सरकारी एजेन्सीलाई उपलब्ध गराउँछ । उनी भन्छन्, ‘जुन देश यस्तो उन्नत सर्भेलेन्स टेक्नोलोजी विकास गर्दैनन्, उनीहरू यसलाई खरिद गर्छन् । यो एउटा युद्ध विमान खरिद गरेजस्तै हो । यसको प्रयोगका कयौँ सर्त हुन्छन् । तर, एक पटक बिक्री गरेपछि बिक्रेताले यसको प्रयोग कसरी गरिन्छ भनेर नियन्त्रण गर्न सक्दैन ।’

हारेल भन्छन्, ‘एनएसओले यसको कयौँ भर्सन बेच्छ होला र हर मोड्यूलको अलग–अलग लाइसेन्सको मूल्य हुन्छ होला । वास्तविक मूल्य लाइसेन्स एग्रीमेन्टमा भर पर्छ ।’

मिडिया रिपोर्टका अनुसार केही सीमित व्यक्तिको सर्भेलेन्स लाइसेन्सको मूल्य पनि करोडौँ रुपैयाँमा हुन सक्छ । यद्यपि, यो सम्झौता गोप्य हुँदा ठोस रूपमा एक व्यक्तिमाथि निगरानी गर्दा कति खर्च हुन्छ भनेर ठ्याक्कै भन्न सकिँदैन ।

ह्याकिङ कसले गर्छ ?

एनएसओका अनुसार उसले मात्र सफ्टवेयर बेच्छ । यसको प्रयोगमा उसको कुनै नियन्त्रण हुँदैन । एनएसओका अनुसार उसले यसको प्रयोगमा कुनै निगरानी गर्दैन र यससँग जोडिएको तथ्याङ्क पनि कम्पनीसँग हुँदैन ।

डा. गाबी सि बोनी भन्छन्, ‘यो निकै जटिल प्रविधि हो । यसलाई प्रशिक्षणपछि मात्र प्रयोग गर्न सकिन्छ । सायद एनएसओले यसलाई खरिद गर्ने सरकारको एजेन्टलाई प्रशिक्षण दिन्छ ।’

उता, प्राध्यापक हारेल भन्छन्, ‘यो एउटा टूल मात्र होइन, पुरै सिस्टम हो । यसलाई प्रशिक्षणपछि मात्र चलाउन सकिन्छ ।’

के यो जनतामाथि निगरानी राख्ने टूल हो ?

एनएसओका अनुसार यो मास सर्भेलेन्स टूल होइन । यो निश्चित व्यक्तिलाई निगरानीमा राख्न बनाइएको हो । यसको मद्दतले आपराधिक क्रियाकलापमा संलग्न भएको आशङ्का गरिएका व्यक्तिनुमाथि नजर राख्न सकिन्छ । यसले लक्षित व्यक्तिको फोन ह्याक गरेर उसको निगरानी गर्दछ ।

‘यसले लक्षित व्यक्तिको फोन नियन्त्रणमा लिएर त्यससँग जोडिएको तथ्याङ्क एजेन्सीलाई एक्सेस दिन्छ । यसको प्रयोग फोन कल सुन्न सकिन्छ, फोनको क्यामरा र माइक्रोफोनको प्रयोग गर्न सकिन्छ,’ हारेल भन्छन् ।

कसरी ह्याक गरिन्छ फोन ?

साइबल विशेषज्ञका अनुसार आमरुपमा लक्षित व्यक्तिलाई करप्ट म्यासेज वा फाइल पठाएर डिभाइस ह्याक गरिन्छ । प्राध्यापक हारेल भन्छन्, ‘यो सफ्टवेयरको बारेमा अधिक जानकारी उपलब्ध छैन । तर बाँकी टूल जस्तै गरी फोनलाई ह्याक गरिने अनुमान गरिएको छ ।’

उता कर्नल गाबी सि बोनी भन्छन्, ‘यो भन्न कठिन छ कि यसले काम कसरी गर्छ । यो एनएसओको ‘व्यावसायिक गोप्यता’ हो । साइबर सुरक्षा क्षेत्रसँग जोडिएका शोधकर्ताहरूलाई पनि यसबारे अधिक जानकारी छैन ।’

‘तर यो यति उन्नत छ कि लक्षित व्यक्तिलाई आफ्नो फोन ह्याक भएको थाहा हुँदैन । उसले आफ्नो फोन पहिलेको जस्तै प्रयोग गरिरहन्छ,’ उनी भन्छन् ।

के केही सङ्केत देखिन्छ जसबाट फोन ह्याक भएको पत्ता लगाउन सकिन्छ ? भन्ने प्रश्नमा गाबी भन्छन्, ‘यदि लक्षित व्यक्तिले ह्याक भएको थाहा पाउने हो भने त ह्याक गरेको मतलब नै भएन नि ।’एजेन्सीको सहयोगमा

२०७८ असार ५ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

नौ महिनामा साढे ३३ अर्बको स्मार्टफोन आयात

नौ महिनामा साढे ३३ अर्बको स्मार्टफोन आयात

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:२२

काठमाडौं । नेपालमा स्मार्टफोनको आयातमा निकै उत्साहजनक वृद्धि देखिएको छ...

आईसीटी फाउन्डेसनद्वारा ५० भन्दा बढी स्टार्टअपलाई इन्क्युबेसन, मेन्टरशिपदेखि लगानीसम्म सहयोग

आईसीटी फाउन्डेसनद्वारा ५० भन्दा बढी स्टार्टअपलाई इन्क्युबेसन, मेन्टरशिपदेखि लगानीसम्म सहयोग

वि.सं.२०८३ वैशाख ७ सोमवार १३:४५

काठमाडौं । आईसीटी फाउन्डेसनले ५० भन्दा बढी स्टार्टअपलाई इन्क्युबेसन, मेन्टरशिपदेखि...

असनको मौलिकता फर्काउने अभियान: आजदेखि हरेक शनिबार ‘सवारी निषेध’, कहाँ गर्ने पार्किङ?

असनको मौलिकता फर्काउने अभियान: आजदेखि हरेक शनिबार ‘सवारी निषेध’, कहाँ गर्ने पार्किङ?

वि.सं.२०८३ वैशाख ५ शनिवार ११:४०

काठमाडौँ । काठमाडौँको ऐतिहासिक एवं सांस्कृतिक मुटु मानिने असन क्षेत्रको...

एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप विरोध कार्यक्रम गर्ने

एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप विरोध कार्यक्रम गर्ने

वि.सं.२०८२ चैत १७ मंगलवार १७:२५

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको...

कांग्रेसमा शेरबहादुर देउवा पक्षको अलग्गै बैठक

कांग्रेसमा शेरबहादुर देउवा पक्षको अलग्गै बैठक

वि.सं.२०८२ चैत १६ सोमवार ११:५६

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका कार्यवाहक...

मन्त्रिपरिषद् बैठक आज बस्दै

मन्त्रिपरिषद् बैठक आज बस्दै

वि.सं.२०८२ चैत १६ सोमवार ११:२४

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री...