back
himalayan life

कास्कीको राजस्व संकलन लक्ष्यभन्दा कम

कास्की । जील्लाले गत आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्य पुरा गर्न असफल भएको छ । गत आवमा ४ अर्ब ८२ करोड २७ लाख ८५ हजार राजश्व उठाउने लक्ष्य लिएकोमा ४ अर्ब ६७ करोड ८५ लाख ९५ हजार राजस्व संकलन भएको आन्तरीक राजस्व कार्यालयले जनाएको छ । जुन लक्ष्यको ९७.१ प्रतिशत हो । सूचना अधिकारी तथा कर अधिकृत विजयप्रसाद लामिछानेले कोभिडको कारण राजस्व संकलनमा कमि आएको बताएका हुन् ।

अधिकृत लामिछानेले राजश्वको सततिशत लक्ष्य पूरा नभए पनि लक्ष्यको नजीक पुग्न सफल भएकोमा खुसि व्यक्त गरे । भुक्तानी टिडिएसहरु समयमै दाखिला नभएको र कोरोनाका कारण व्यापार–व्यवसायमा समेत असर पुगेकाले राजश्वमा केही कम भएको उनको भनाई छ ।

आव २०७७÷७८ मा आयकरतर्फ दुई अर्ब ८५ करोड राजश्व सङ्कलन भएको छ । जुन लक्ष्यभन्दा बढी हो । रु दुई अर्ब ७७ करोड ८६ लाख आयकरबाट राजश्व उठाउने लक्ष्य राखिएको कार्यालयले जनाएको छ ।

्यसैगरी मूल्य अभिवृद्धि करबाट रु एक अर्ब २९ करोड २० लाख, अन्तःशुल्कबाट रु १९ करोड ८५ लाख ६३ हजार, करको ब्याजबाट रु २८ करोड पाँच लाख ८६ हजार, घरभाडा करबाट रु पाँच करोड ५४ लाख ९६ हजार, स्वास्थ्य सेवा करबाट रु १२ लाख २२ हजार र शिक्षा करबाट रु चार लाख ५३ हजार राजश्व दाखिला भएको सूचना अधिकारी लामिछानेले जानकारी दिए ।

तीस हजार ८०० करदाता थपिए

उक्त कार्यालयमा गत वर्षमा ३० हजार ८९२ करदाता थपिएका थिए । आव २०७६÷७७ को असार मसान्तसम्म एक लाख ३४ हजार ६७० करदाता भएकामा गत आवमा ३० हजार ८९२ करदाता बढेर एक लाख ६५ हजार ५६२ पुगेका हुन् । गत असार मसान्तसम्म व्यक्तिगत प्यानमा एक लाख नौ हजार ३५२ र व्यावसायिक प्यानमा ५६ हजार १५८ करदाता दर्ता भएको राजश्व कार्यालयले जनाएको छ ।

२०७८ असार ५ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

कृषि, पर्यटन र सुशासनलाई जोड दिँदै पाँचपोखरी थाङपाल गाउँपालिकाको नयाँ बजेट, ६२ करोड १७ लाख ९३ हजार विनियोजन

कृषि, पर्यटन र सुशासनलाई जोड दिँदै पाँचपोखरी थाङपाल गाउँपालिकाको नयाँ बजेट, ६२ करोड १७ लाख ९३ हजार विनियोजन

वि.सं.२०८३ असार १० बुधवार २२:०४

सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिकाको १९औँ गाउँसभा अधिवेशन भव्यताका साथ...

वीरगन्ज महानगरले ल्यायो ७३ करोड बढी बजेट : यस्ता छन् बजेटका प्राथमिकता

वीरगन्ज महानगरले ल्यायो ७३ करोड बढी बजेट : यस्ता छन् बजेटका प्राथमिकता

वि.सं.२०८३ असार १० बुधवार १७:०८

वीरगन्ज । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक...

कनकासुन्दरी पालिकाले ४५ करोडभन्दा बढीको बजेट : कृषि, शिक्षा र स्वास्थ्यमा जोड

कनकासुन्दरी पालिकाले ४५ करोडभन्दा बढीको बजेट : कृषि, शिक्षा र स्वास्थ्यमा जोड

वि.सं.२०८३ असार १० बुधवार १७:०४

मुगु । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि...

ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट : विकास, सम्पदा संरक्षण र सुशासनलाई प्राथमिकता

ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट : विकास, सम्पदा संरक्षण र सुशासनलाई प्राथमिकता

वि.सं.२०८३ असार १० बुधवार १७:०१

ललितपुर । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...