कास्कीको राजस्व संकलन लक्ष्यभन्दा कम

वि.सं.२०७८ साउन ५ मंगलवार

कास्की । जील्लाले गत आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्य पुरा गर्न असफल भएको छ । गत आवमा ४ अर्ब ८२ करोड २७ लाख ८५ हजार राजश्व उठाउने लक्ष्य लिएकोमा ४ अर्ब ६७ करोड ८५ लाख ९५ हजार राजस्व संकलन भएको आन्तरीक राजस्व कार्यालयले जनाएको छ । जुन लक्ष्यको ९७.१ प्रतिशत हो । सूचना अधिकारी तथा कर अधिकृत विजयप्रसाद लामिछानेले कोभिडको कारण राजस्व संकलनमा कमि आएको बताएका हुन् ।
अधिकृत लामिछानेले राजश्वको सततिशत लक्ष्य पूरा नभए पनि लक्ष्यको नजीक पुग्न सफल भएकोमा खुसि व्यक्त गरे । भुक्तानी टिडिएसहरु समयमै दाखिला नभएको र कोरोनाका कारण व्यापार–व्यवसायमा समेत असर पुगेकाले राजश्वमा केही कम भएको उनको भनाई छ ।
आव २०७७÷७८ मा आयकरतर्फ दुई अर्ब ८५ करोड राजश्व सङ्कलन भएको छ । जुन लक्ष्यभन्दा बढी हो । रु दुई अर्ब ७७ करोड ८६ लाख आयकरबाट राजश्व उठाउने लक्ष्य राखिएको कार्यालयले जनाएको छ ।
्यसैगरी मूल्य अभिवृद्धि करबाट रु एक अर्ब २९ करोड २० लाख, अन्तःशुल्कबाट रु १९ करोड ८५ लाख ६३ हजार, करको ब्याजबाट रु २८ करोड पाँच लाख ८६ हजार, घरभाडा करबाट रु पाँच करोड ५४ लाख ९६ हजार, स्वास्थ्य सेवा करबाट रु १२ लाख २२ हजार र शिक्षा करबाट रु चार लाख ५३ हजार राजश्व दाखिला भएको सूचना अधिकारी लामिछानेले जानकारी दिए ।
तीस हजार ८०० करदाता थपिए
उक्त कार्यालयमा गत वर्षमा ३० हजार ८९२ करदाता थपिएका थिए । आव २०७६÷७७ को असार मसान्तसम्म एक लाख ३४ हजार ६७० करदाता भएकामा गत आवमा ३० हजार ८९२ करदाता बढेर एक लाख ६५ हजार ५६२ पुगेका हुन् । गत असार मसान्तसम्म व्यक्तिगत प्यानमा एक लाख नौ हजार ३५२ र व्यावसायिक प्यानमा ५६ हजार १५८ करदाता दर्ता भएको राजश्व कार्यालयले जनाएको छ ।
२०७८ असार ५ गते प्रकाशित

प्रकाशित समय : ०७:५६ बजे