back

नेपाली बजारमा भित्रियो ग्रेट वाल मोटर्स, नयाँ मोडलका ३ गाडी सार्वजनिक

काठमाडौँ । ग्रेट वाल मोटर्स (जीडब्ल्यूएम) ले नेपाली बजारमा ३ नयाँ मोडेलका गाडीहरु भित्राएको छ । जीडब्ल्यूएमले नेपाली बजारमा आफ्ना उत्पादन भित्र्याएको हो ।

उच्च गुणस्तरयुक्त प्रविधि, उत्कृष्ट कार्य प्रदर्शन तथा आरामदायी सवारका लागि ग्रेट वाल मोटर्सका गाडीहरु पर्यायवाची नैं बनिसकेको कम्पनीले जनाएको छ ।

नेपालको अटोमोटिभ डिलरशिप क्षेत्रमा अनुभवी बिशाल ग्रुपको सहायक संस्था भी. जी. इम्पेक्स प्रा. लि. नेपालका लागि ग्रेट वाल मोटर्सको आधिकारिक विक्रेता बनेको छ । भी.जी.इम्पेक्सले जीडब्ल्यूएमसँग सहकार्य गर्दै अहिले दुई मोडलका एसयूभी र एक मोडलको पिक अप भ्यान बजारमा ल्याएको छ ।

सोमबारदेखि औपभारिक रुपमा नेपाली बजारमा भित्रिएका ३ मोडलका गाडीहरु आफ्नो समूहमा नौलो र उत्कृष्ट रहनेमा कम्पनी विश्वस्त छ ।

ग्रेट वाल मोटर्सको शोरुम थापाथलीमा अवस्थित छ र निकट भविष्यमा उपभोक्तालाई उच्चस्तरको अनुभव दिन देशभरि नैं शोरुमहरुको बृहत संजाल फैलाउने योजना रहेको बताइएको छ । हालको अवस्थामा सुधार आउना साथ ग्रेट वाल मोटर्सले नविन तरिकाले आफ्ना ब्राण्ड र सामानहरु उपभोक्ता माझ प्रस्तुत गर्ने कम्पनीले जनाएको छ । यसका अतिरिक्त निकट भविष्यमा नै उच्चस्तरीय सर्भिस सेन्टरको पनि निर्माण गरिंने विज्ञप्तिमा उल्लेख छ । भी।जी। इमपेक्सले ग्रेट वाल मोटर्सको फोर एस सर्भिसेस अर्थात सेल्स, सर्भिस, स्पेयर्स र सर्वे (कस्टमर केयर) मा विशेष ध्यान दिदैं अन्तराष्ट्रिय स्तरको सर्भिस सेन्टर स्थापना गर्ने भी। जी। इम्पेक्सले जनाएको छ ।

नेपालमा बिक्री बितरण सुरु गरिएका ३ मोडलका गाडीका सम्बन्धमाः

थर्ड जेनेरेशन एचएभीएएल एच ६

यो गाडी एसयूभी वर्गमा सुविधा र लक्जरीको बेजोड नमूना हुनुका साथै शक्ति र विलासिताको अनुपम संगम पनि हो । २।० लिटरको दमदार टर्बो पेट्रोल इन्जिनले अधिकतम आउटपुट दिने गाडीमा १५० किलोवाट शक्ति र ३२० एनएम टर्क डिस्प्लेसमेण्टले अर्कै खाले अनुभुति प्रदान गर्दछ ।

यसको हाइयर ग्राउण्ड क्लीयंरेसले नेपालकोे खाल्डा खुल्डी भएको सडकमा पनि आरामदायी सवारीको अनुभव गराउनका साथै रफ सडकबाट गाडीलाई सुरक्षित राख्दछ । ७२ प्रतिशत उच्च गुणस्तरको स्टीलले बनेको यो गाडीको बनावटले गाडीलाई स्थीरता र मजबुती प्रदान गर्दछ ।

यसको बाहिरी र भित्री सुन्दरता पनि उत्तीकै राम्रो छ । पानोरामिक सनरुफ, अटोमेटिक वाईपर, मल्टि फंसनल स्टेरिंग, आठ तरिकाले मिलाउन मिल्ने ड्राईभर सीट, तार रहित चार्जिङ्गले गाडीलाई नयाँ स्वरुप दिएको छ भने आठ वटा एअर व्याग, ३६० डिग्रीमा हेर्न मिल्ने क्यामेरा, हिल होल्ड कन्ट्रोल, एबीएस तथा इबीडी सुविधा र एन्टी कोलिजन संयन्त्रहरु सेकेण्ड कोलिजन संयन्त्र र फर्वार्ड कोलिजन संयन्त्रले दुर्घटनाको सम्भवानालाई घटाउँछ ।

ईन बिल्ट इन्टेलिजेन्ट मोबिलिटीले अधिकतम स्पीडमा एल २ स्तरको अटोमेटिक एसीसी ड्राईभको आनन्द दिन्छ । ट्राफिक सिग्नल चिन्ने र लेनमा रही रहने व्यवस्थाले गाडी गुडाउने चालकलाई सुरक्षा र गाडी माथि आफ्नो पूर्ण नियन्त्रण भएको अनुभुति दिनेछ ।

गाडीको भित्री बनावट, लेदर सिट एवं धेरै लेग स्पेसले शान्दार सवारीमा विराजमान छु भन्ने अनुभुति गराउने गाडीको सुरुवाती मूल्य ९६ लाख ९९ हजार ९९९ रुपैंया छ । यो गाडी तीनवटा रंगहरु हेमिल्टन व्हाईट, अयेर्स ग्रे र अट्लान्टिक ब्लुमा नेपालमा उपलब्ध हुनेछन् ।

एचएभीएल जोलियन

यो मोडेल पनि तीनवटा संस्करणमा प्रस्तुत गरिंदै छ । १.५ लिटरको दमदार टर्बो पेट्रोल इन्जिनले ११० किलोवाट शक्ति र २२० एनएम टर्क डिस्प्लेसमेण्टले अधिकतम आउटपुट दिन्छ । बढी ग्राउण्ड क्लीयरंसले नेपाली सडकमा गाडी गुडाउने अनुभवलाई अर्कै स्तरमा पु¥याउने कम्पनिको दावी छ ।

चार किसिमको ड्राईभ मोड, इलेक्ट्रिक पार्किङ्ग ब्रेकिङ्ग र ७३५ उच्च गुणस्तरको स्टीलले बनेको यो गाडीको बनावटले, स्थीरता, मजबुती र सुरक्षा प्रदान गर्दछ । यस बाहेक यो गाडीले पानोरामिक सनरुफ, अटोमेटिक वाईपर, मल्टि फंसनल स्टीरिंग र पैडल शिफ्टर, छ तरिकाले मिलाउन मिल्ने ड्राइभर सिट, आठवटा एअर व्याग, नपा लेदर सिटले सुरक्षा र विलासिताको उदाहरणीय छन् । यस बाहेक एबीएस, एचएचसी र एचडीसी, ड्राईभर ड्रावजीनेस डिटेक्सन र ईवेन्ट डाटा रिकोडर र एन्टी–कोलिजन संयन्त्रले समयानुसार कन्ट्रोल गरेर जोखिम न्युनिकरण गर्दछ । टच स्क्रीन, अगाडि एलइडी लाइटिङ्ग र पछाडी फोग लाईट आदिले गाडी चलाउने अनुभवलाई उत्कृष्ट बनाउँछ । पाँच वटा रंगहरु ब्लु, ब्ल्याक, गे्र, हेमिल्टन व्हाईट र मार्स रेडमा उपलब्ध गाडीको सुरुवाती मूल्य ५५ लाख ४९ हजार ९९९ रुपैंया छ ।

पीओइआर पिक अप

यो मोडेल दुईवटा संस्करण एलीट र पाईलटमा बजारमा उपलब्ध हुनेछ । २।० लिटरको डिजल इन्जिनले अधिकतम आउटपुट दिने गाडीमा १२० किलो वाट शक्ति र ४०० एनएम ढर्क डिस्प्लेसमेण्ट रहेको छ । ८४ प्रतिशत उच्च गुणस्तरको स्टीलको बडीले गाडीलाई अधिक भारवहन क्षमता, स्थीरता र मजबुती प्रदान गर्दछ । पहिलो पटक पिक–अप गाडीमा सनरुफ राखिएको छ ।

यसमा साँचो रहित स्टार्ट गर्ने नयाँ सुविधा पनि पहिलो हो । छ तरिकाले मिलाउन मिल्ने ड्राईभर सिट, आठवटा एअर व्याग, नपा लेदर सिटका साथै एबीएस, एचएचसी र एचडीसी, भेहिकल स्टेबिलिटी कन्ट्रोलले गाडीलाई अधिक स्थीरता प्रदान गर्दछ ।

स्पीड वार्निंग सिस्टमले गति माथि नियन्त्रण गर्न मद्धत गर्ने गाडीमा ९ इन्चको टच स्क्रीन र एण्ड्रोइड सपोर्ट उपलब्ध हुनेछ । अगाडि एलइडी लाईटिंग र पछाडी फोग लाईट रहेको गाडीको सुरुवाती मूल्य ६४ लाख ९९ हजार ९९९ रुपैंया रहेको छ ।

विश्वस्तरमा आफ्नो उपस्थिति बनाउने पहिलो चीनियाँ अटोमोबाईल कम्पनि ग्रेट वाल मोटर्सले सन् १९९८ देखि अटोमोबाइल निर्यात गर्न सुरु गरको थियो । विशेष गरी एसयूभी र ट्रकहरु निर्यात गर्दै आएको कम्पनीले प्यासेन्जर भेहिकल पनि निर्यात गर्न थालेको हो । चीन बाहेक ६० भन्दा बढी देशहरूमा ५०० भन्दा बढी वितरकहरूको अन्तर्राष्ट्रिय नेटवर्क मार्फत ग्रेट वाल मोटर्सले आफ्ना मोटर गाडीहरु बिक्री बितरण गर्दै आएको छ ।

ग्रेट वाल मोटर्सले निकट भविष्यमा ओरा बिद्यतीय गाडी नेपाली बजारमा ल्याउँदै छ । त्यस पछि विन्गले पिक–अप पनि ल्याउने तयारीमा रहेको कम्पनीले जनाएको छ ।

२०७८ असार ५ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सम्पत्ति शुद्धीकरण विभागद्वारा ७ मुद्दा अभियोजन: १२१ जना प्रतिवादी, रु १ खर्ब १८ अर्ब बढी बिगो दाबी

सम्पत्ति शुद्धीकरण विभागद्वारा ७ मुद्दा अभियोजन: १२१ जना प्रतिवादी, रु १ खर्ब १८ अर्ब बढी बिगो दाबी

वि.सं.२०८३ साउन ८ शुक्रवार १२:५०

काठमाडौँ । सम्पत्ति शुद्धीकरण विभागले आर्थिक वर्ष २०८२/८३ मा सातवटा...

विदेशी मुद्रा र भारु ओसारपसारमा राष्ट्र बैंकको नयाँ नियम: कुन मुद्रा कति बोक्न पाइन्छ?

विदेशी मुद्रा र भारु ओसारपसारमा राष्ट्र बैंकको नयाँ नियम: कुन मुद्रा कति बोक्न पाइन्छ?

वि.सं.२०८३ साउन ७ बिहीवार २०:१२

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको कारोबार र ओसारपसारसम्बन्धी...

आयुर्वेदिक पर्यटन प्रवद्र्धनमा सरकारको जोड, आयुर्वेद सुधारका लागि उच्चस्तरीय छलफल

आयुर्वेदिक पर्यटन प्रवद्र्धनमा सरकारको जोड, आयुर्वेद सुधारका लागि उच्चस्तरीय छलफल

वि.सं.२०८३ साउन ६ बुधवार १८:२२

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा...

८३ दिनका लागि एक खर्ब निक्षेप उठाउँदै नेपाल राष्ट्र बैंक

८३ दिनका लागि एक खर्ब निक्षेप उठाउँदै नेपाल राष्ट्र बैंक

वि.सं.२०८३ साउन ६ बुधवार ११:१८

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन...

पूर्व सहमतिबिना गाडी खरिद गर्न नपाइने : अर्थ मन्त्रालय 

पूर्व सहमतिबिना गाडी खरिद गर्न नपाइने : अर्थ मन्त्रालय 

वि.सं.२०८३ साउन ५ मंगलवार १४:१६

काठमाडौँ । नयाँ चार पाङ्ग्रे गाडी खरिद गर्नुपर्ने भएमा अनिवार्य...

सक्कली बिल लिँदा दैनिक लखपति बन्न सकिनेः सरकारले ल्यायो करदाता प्रोत्साहन उपहार कार्यक्रम

सक्कली बिल लिँदा दैनिक लखपति बन्न सकिनेः सरकारले ल्यायो करदाता प्रोत्साहन उपहार कार्यक्रम

वि.सं.२०८३ साउन ५ मंगलवार १४:०६

काठमाडौं । उपभोक्ताहरूले सामान खरिद गर्दा अनिवार्य रूपमा सक्कली बिल...