back

टाटा मोटर्सकाे इलेक्ट्रीक एसयूभी नेक्सन इभी सार्वजनिक

काठमाडौँ। भारतको अग्रणी इलेक्ट्रिक गाडी उत्पादक कम्पनी टाटा मोटर्स लिमिटेडले नेपालस्थित आफ्नो आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. मार्फत् नेक्सन इभी सार्वजनिक गरीे नेपाली बजारमा विक्री वितरण खुल्ला गर्ने घोषणा गरेको छ ।

नेपालमा नेक्सन ईभी प्रति नेपालका उपभोक्ताहरुले अत्यन्त उत्सुकता दर्शाएका छन् र यस्तो आकर्षण दिन प्रतिदिन झन् बढ्दै छ। यही सन्दर्भमा पहिलो चरणमा बुकिङ्ग गरिसकेका केही ग्राहकहरुलाई श्रावणको १२ गते देखि नै र क्रमशः नेक्सन इभीको विक्री वितरण गरिदैं जानेछ ।
कम्पनीले जनाएअनुसार १६६००१५५७७७ नम्वरमा कल गर्ने वा वा www.tatamotors.com.np/tata-nexon-ev/ वेवसाइटमा रजिष्टर गर्ने ग्राहकहरुले गाडीको खरिदमा विशेष प्राथमिकता पाउनेछन् ।

अत्याधुनिक जिपट्रोन प्रविधियुक्त नेक्सन इभीको बनावट आकर्षक छ भने यसमा अन्त्यन्त सुरक्षित एवं आरामदायी तवरले यात्रा गर्न सकिन्छ ।

त्यसैगरि लामो दुरीको यात्रा पनि सहजताका साथ् गर्न सकिने नेक्सनको ब्याट्रीको आयु लामो हुनुको साथै यसलाई आफ्नै घरमा चार्ज गर्न सकिन्छ ।

सन् २०२० को जनवरीबाट भारतमा विक्री वितरण सुरु भएको नेक्सन इभीले छोटो अवधिमा नै भारतीय इलेक्ट्रिक गाडीको बजारको ६५ प्रतिशत हिस्सा ओगटेको छ ।

भारतमा करिब ४५०० भन्दा धेरै परिवारहरुले रुचाएको यस गाडीले आजको मितिसम्म १८ वटा पुरस्कार जितिसकेको छ । त्यसैले नेक्सन इभीे सबैभन्दा बढी पुरस्कारहरुबाट सम्मानित भई अत्याधिक लोकप्रियता हासिल गर्न सफल ईभी पनि हो ।

टाटा मोटर्सले नेपालमा इलेक्ट्रिक गाडीको प्रभावकारी संचालनको लागि पूर्ण ‘ईको सिस्टम’ विकास गर्ने लक्ष्य राखेको छ। यसको लागि कम्पनीले उत्कृष्ट इलेक्ट्रिक गाडी ल्याउनुका अतिरिक्त नेपालमा आकर्षक सेवा प्याकेज, ब्याट्रीको वारेन्टी, विभिन्न स्थानमा चार्जिंङ्ग सुविधाको लागि उच्चस्तरीय डीसी चार्जरको सुविधा प्रदान गर्नेछ । नेपालमा नेक्सन ईभी तीनवटा मोडेलमा उपलब्ध हुनेछ ।

भोलिबाट भारतमा बुकिङ सुरु हुने यसलाई २०२० को पहिलो क्वाटरबाट बिक्री गर्ने जनाइएको छ। यसको मूल्य १५ लाखदेखि १७ लाख रुपैयाँ बीचमा रहने अनुमान गरिएको भएपनि कम्पनीले यसको विषयमा भने कुनै जानकारी दिएको छैन।

२०७८ साउन ४ गते प्रकाशित


अटो मोबाइले क्षेत्रका लागि खुसी हुने बजेट आएको छः अध्यक्ष चौधरी

अटो मोबाइले क्षेत्रका लागि खुसी हुने बजेट आएको छः अध्यक्ष चौधरी

वि.सं.२०८२ जेठ १७ शनिवार १०:५५

काठमाडौँ । नाडा अटो मोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष करण...

नामी र सेरेसको “इज अन वालेट” अफर सुरु, ग्राहकका लागि छुट, उपहार र हेलिकप्टर राइडको मौका

नामी र सेरेसको “इज अन वालेट” अफर सुरु, ग्राहकका लागि छुट, उपहार र हेलिकप्टर राइडको मौका

वि.सं.२०८२ जेठ १२ सोमवार १८:११

काठमाडौं । एमएडब्ल्यू वृद्धि मोटर्सले नेपालको विद्युतीय सवारी बजारमा उत्साह...

एमएडब्लू वृद्धिको नयाँ कीर्तिमान : जोमसोममा नेपालकै सबैभन्दा उचाइमा ईभी चार्जिङ स्टेसन

एमएडब्लू वृद्धिको नयाँ कीर्तिमान : जोमसोममा नेपालकै सबैभन्दा उचाइमा ईभी चार्जिङ स्टेसन

वि.सं.२०८२ जेठ १२ सोमवार १५:२५

काठमाडौं । विद्युतीय सवारी साधन (ईभी) चार्जिङ पूर्वाधार विस्तारमा अग्रणी...

आर्क्स ग्रुपद्वारा स्वयम्भू हारती टुर्सलाई १८ जुबाओ भ्यान डेलिभरी

आर्क्स ग्रुपद्वारा स्वयम्भू हारती टुर्सलाई १८ जुबाओ भ्यान डेलिभरी

वि.सं.२०८२ वैशाख ३० मंगलवार १२:५७

काठमाडौं । नेपालका लागि जुबाओ विद्युतीय भ्यानको आधिकारिक बिक्रेता आर्क्स...

बजाज कम्पनीले ल्यायो ‘बजाज ग्रान्ड कार्निभल’ योजना

बजाज कम्पनीले ल्यायो ‘बजाज ग्रान्ड कार्निभल’ योजना

वि.सं.२०८२ वैशाख १६ मंगलवार १८:५९

काठमाडौ । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी...

यामाहाको काठमाडौं उपत्यकामा उत्साहजनक एक्सचेन्ज अफर

यामाहाको काठमाडौं उपत्यकामा उत्साहजनक एक्सचेन्ज अफर

वि.सं.२०८२ वैशाख १५ सोमवार १४:०६

काठमाडौं । यामाहा नेपालले काठमाडौं उपत्यकाका दुईपांग्रे सवारी साधन पारखीहरूका...