back

गोगोरोले भित्र्यायो ब्याट्री स्वापिङ प्रविधि, आयो ६ सेकेन्डमै फुल चार्ज हुने

काठमाडौं । दुईपांग्रे सवारीसाधन उत्पादक गोगोरोले नेपालमा ब्याट्री स्वापिङ टेक्नोलोजी भित्र्याएको छ । गोगोरोले स्मार्ट स्कुटरसँगै नयाँ चार्जिङ प्रविधि पनि भित्र्याएको हो ।

नेपालमा गोगोरोको आधिकारिक साझेदार नेबुला इनर्जीले गोगोरोको ब्याट्री स्वापिङ टेक्नोलोजीका साथै बीटूबी मोडलको एक स्कुटर नेपाल भित्र्याएको हो । ब्याट्री स्वापिङ प्रविधिमा गागोरोले इलेक्ट्रीक स्कुटरको ब्याट्री स्वाप गर्न जम्मा ६ सेकेण्डमात्र लाग्ने टेक्नोलोजी विकास गरिसकेको छ ।

गोगोरोले काठमाडौं लाजिम्पाटस्थित आनन्द भवनमा आयोजित एक कार्यक्रमका बीच ब्याट्री स्वापिङ र नयाँ स्कुटर गोगोरो क्रसओभर जीएक्स२५० स्मार्ट स्कुटर लन्च गरेको छ ।

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र गोगोरोका कार्यकारी दिर्देशक यांग चेनले संयुक्त रूपमा गोगोरोको क्रसओभर जीएक्स२५० स्कुटर सार्वजनिक गरेका हुन् ।

यो स्कुटरमा ७ किलोवाट क्षमताको हाई लोड पावर भएको मोटर उपलब्ध छ । यसमा डेलिभरीका लागि प्रयोग हुने एसाेसरिज जडान गर्न मिल्ने तथा १७० किलोमिटरसम्मको रेन्ज उपलब्ध छ । यसको लोडिङ क्षमता २०० केजी रहेको कम्पनीले बताएको छ । यो स्कुटरको मूल्य भने कम्पनीले सार्वजनिक गरेको छैन ।

स्कुटर लन्च गर्दै निर्देशक घिसिङले चार्जिङमा स्वाप टेक्नोलोजीले विद्युतीय दुई पांग्रेको व्यापार ह्वात्तै बढाउने बताएका बताए ।

ब्याट्री स्वाप टेक्नोलोजीले ५ प्रतिशतको बजार छिट्टै ५० प्रतिशत पुर्‍याउने निर्देशक घिसिङकाे विश्वास छ। निर्देशक घिसिङले दुई पांग्रेमा मात्रै नभइ चार पांग्रेमा पनि स्वाप टेक्नोलोजी आवश्यक रहेको बताए ।

नेपालमा चारपांग्रे बजार हिस्सा ५० प्रतिशत बढी भए पनि दुई पांग्रेको ५ प्रतिशत मात्रै रहेको छ।

नेबुला इनर्जीका अध्यक्ष मनोज गोयलले नेपाल ऊर्जा खपत गर्ने मुलुकमा तल रहेको बताउँदै ऊर्जा खपत बढाएर देशमै रोजगारी सिर्जना गर्नुपर्ने बताए ।

यस्तै नेबुला इनर्जीका प्रबन्ध निर्देशक साहायु गोयलले नेपामा दुई पांग्रे विद्युतीय सवारीको ५ प्रतिशतमात्रै बजार हिस्सा हुनु चार्जिङको समस्याको कारण रहेको बताए ।

‘ब्याट्री स्वापिङ इनर्जी प्रविधिले उपभोक्ताले सामना गर्ने समस्या समाधान गर्छ’, उनले भने, ‘अब घरमा ५–६ घण्टा स्कुटर चार्ज गर्नुपर्दैन। चार्जिङ स्टेसनमा गई ६ सेकेन्डमै ब्याट्री स्वाप गर्न सकिन्छ। ब्याट्री स्वापिङ इनोभेटिभ तरिका हो ।’

नेबुलाका प्रबन्ध निर्देशक गोयलले काठमाडौं उपत्यकामा पहिलो चरणमा २/३ किलोमिटरको दुरीमा स्वाप चार्जिङ स्टेसन राख्ने योजना रहेको सुनाए ।

कम्पनीले लाजिम्पाटस्थित आनन्द भवन र त्रिपुरेश्वरको मायाराम भोलाराम पेट्रोलपम्पमा चार्जिङ स्टेशन राखेको छ । नेबुला इनर्जीले नेपालमा पेट्रोल पम्पको संख्याभन्दा धेरै गोगोरो गो स्टेशनहरू स्थापना गर्ने योजना बनाएको छ ।

नोबुला इनर्जीले यसै वर्ष रिटेल र कर्पोरेट ग्राहकका लागि गोगोरो स्मार्ट स्मुटरका नयाँ मोडेलहरू पनि उपलब्ध गराउने बताएको छ । स्कुटरहरू दसैंदेखि रिटेल ग्राहकका लागि बिक्रीका लागि उपलब्ध हुने कम्पनीको भनाइ छ ।

नेबुला इनर्जिले फुडमाण्डु, जुमजुम, अलोइ नेपाल र गलि म्याम जस्ता कम्पनीहरूसँग सहकार्य सुरु गरेको छ ।

उक्त स्कुटर तथा ब्याट्री स्वाप स्टेशन अनावरण कार्यक्रममा ४० यूनिट स्कुटरसमेत हस्तान्तरण गरिएको कम्पनीले बताएको छ ।

गोगोरोले १० वर्षअघि ताइवानमा स्वाप प्रविधि बजारमा ल्याएको थियो । हाल ६ लाख गोग्रो दुईपांग्रे विश्वभर बिक्री भएका छन् ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३९

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस...

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

वि.सं.२०८३ असार २९ सोमवार ११:५६

काठमाडौं । यही साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा...

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

वि.सं.२०८३ असार २२ सोमवार १७:५८

काठमाडौं । आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा...

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 

वि.सं.२०८३ असार १६ मंगलवार १६:२९

एजेन्सी । उच्चतम प्रविधिको विकासमा अग्रणी चीनले उड्ने कार (फ्लाइङ...

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

वि.सं.२०८३ असार १० बुधवार १६:५८

वीरगन्ज । नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारीसाधन (इलेक्ट्रिक भेहिकल–ईभी)...

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

वि.सं.२०८३ असार ८ सोमवार १९:१५

काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडेआले आफ्नो...