back

तेह्रथुम पावरको आईपीओ भोलीदेखि बिक्रि खुला, को–कसले दिन पाउँछन् आवेदन ?

काठमाडौँ । तेह्रथुम पावर कम्पनी लिमिटेडले भोलीदेखि स्थानीय वासिन्दाका लागि आईपीओ जारी गर्न लागेको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका बासिन्दाका लागि भोलि (साउन ५ गते)बाट आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले स्थानीयका लागि १०० रुपैयाँ अंकित दरका कुल ४ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको छ । यो आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा ६० हजार कित्तासम्मको माग गर्दै आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले माछापुच्छ्रे बैंकको हिले शाखा, ग्लोबल आइएमई बैंकको जिरिखिम्ती शाखा तथा नेपाल बंगलादेश बैंकको तेह्रथुम जिल्लामा रहेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। तेह्रथुम पावरको जलविद्युत आयोजनास्थलबाट पनि आईपीओका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

उक्त आईपीओमा छिटोमा साउन १९ गते र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । धितोपत्र बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ।

नेपाल धितोपत्र बोर्डले गत असार १० गते यो कम्पनीलाई कुल १२ लाख कित्ता आईपीओ निष्कासनको अनुमति दिएको थियो। स्थानीयलाई ४ लाख कित्ता निष्कासन गरेको कम्पनीले बाँकी ८ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गर्नेछ।

स्थानीय र सर्वसाधारणलाई आईपीओ बिक्री गरेपछि कम्पनीको चुक्तापुँजी ४० करोड रुपैयाँ पुग्नेछ।

आईपीओ बिक्रीबाट प्राप्त रकम तेह्रथुम जिल्लामा निर्माणाधीन ७.५ मेगावटको अपर खोरुङ स्मल हाइड्रोपावर प्रोजेक्टमा लगानी गरिने कम्पनीले जनाएको छ।

२०७८ साउन ४ गते प्रकाशित


एनआरएनएले जारी गर्यो ग्लोबल कन्क्लेभको आठ बुँदे निष्कर्ष

एनआरएनएले जारी गर्यो ग्लोबल कन्क्लेभको आठ बुँदे निष्कर्ष

वि.सं.२०८२ जेठ १ बिहीवार १७:४७

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)ग्लोबल कन्क्लेभ–२०२५ ले आठ बुँदे निष्कर्ष...

विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

वि.सं.२०८२ जेठ १ बिहीवार १३:२७

काठमाडौं । ऊर्जा क्षेत्रको नियमनकारी निकाय र इकोनोमिक मिडिया एसोसिएसन...

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

वि.सं.२०८२ वैशाख ३१ बुधवार १६:०९

काठमाडौं । महालेखा परीक्षकले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदन अनुसार...

निलमलाई गर्भनर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गर्नुहोस्

निलमलाई गर्भनर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गर्नुहोस्

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:५३

काठमाडौं । सांसद रोशन कार्कीले राष्ट्र बैंकको गर्भनर पद लिलामीका...

डोलेश्वर रिसोर्टको आईपीओ तयारी

डोलेश्वर रिसोर्टको आईपीओ तयारी

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:४१

काठमाडौं । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस र सिटिजन्स...

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकले अवकाश कोष अन्तर्गतको कर्मचारी सुरक्षण...