back

तेह्रथुम पावरको आईपीओ भोलीदेखि बिक्रि खुला, को–कसले दिन पाउँछन् आवेदन ?

काठमाडौँ । तेह्रथुम पावर कम्पनी लिमिटेडले भोलीदेखि स्थानीय वासिन्दाका लागि आईपीओ जारी गर्न लागेको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका बासिन्दाका लागि भोलि (साउन ५ गते)बाट आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले स्थानीयका लागि १०० रुपैयाँ अंकित दरका कुल ४ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको छ । यो आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा ६० हजार कित्तासम्मको माग गर्दै आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले माछापुच्छ्रे बैंकको हिले शाखा, ग्लोबल आइएमई बैंकको जिरिखिम्ती शाखा तथा नेपाल बंगलादेश बैंकको तेह्रथुम जिल्लामा रहेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। तेह्रथुम पावरको जलविद्युत आयोजनास्थलबाट पनि आईपीओका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

उक्त आईपीओमा छिटोमा साउन १९ गते र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । धितोपत्र बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ।

नेपाल धितोपत्र बोर्डले गत असार १० गते यो कम्पनीलाई कुल १२ लाख कित्ता आईपीओ निष्कासनको अनुमति दिएको थियो। स्थानीयलाई ४ लाख कित्ता निष्कासन गरेको कम्पनीले बाँकी ८ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गर्नेछ।

स्थानीय र सर्वसाधारणलाई आईपीओ बिक्री गरेपछि कम्पनीको चुक्तापुँजी ४० करोड रुपैयाँ पुग्नेछ।

आईपीओ बिक्रीबाट प्राप्त रकम तेह्रथुम जिल्लामा निर्माणाधीन ७.५ मेगावटको अपर खोरुङ स्मल हाइड्रोपावर प्रोजेक्टमा लगानी गरिने कम्पनीले जनाएको छ।

२०७८ साउन ४ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सम्पत्ति शुद्धीकरण विभागद्वारा ७ मुद्दा अभियोजन: १२१ जना प्रतिवादी, रु १ खर्ब १८ अर्ब बढी बिगो दाबी

सम्पत्ति शुद्धीकरण विभागद्वारा ७ मुद्दा अभियोजन: १२१ जना प्रतिवादी, रु १ खर्ब १८ अर्ब बढी बिगो दाबी

वि.सं.२०८३ साउन ८ शुक्रवार १२:५०

काठमाडौँ । सम्पत्ति शुद्धीकरण विभागले आर्थिक वर्ष २०८२/८३ मा सातवटा...

विदेशी मुद्रा र भारु ओसारपसारमा राष्ट्र बैंकको नयाँ नियम: कुन मुद्रा कति बोक्न पाइन्छ?

विदेशी मुद्रा र भारु ओसारपसारमा राष्ट्र बैंकको नयाँ नियम: कुन मुद्रा कति बोक्न पाइन्छ?

वि.सं.२०८३ साउन ७ बिहीवार २०:१२

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको कारोबार र ओसारपसारसम्बन्धी...

आयुर्वेदिक पर्यटन प्रवद्र्धनमा सरकारको जोड, आयुर्वेद सुधारका लागि उच्चस्तरीय छलफल

आयुर्वेदिक पर्यटन प्रवद्र्धनमा सरकारको जोड, आयुर्वेद सुधारका लागि उच्चस्तरीय छलफल

वि.सं.२०८३ साउन ६ बुधवार १८:२२

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा...

अब जुनसुकै समयमा शेयर कारोबार: LSE ले ल्याउँदैछ २४ घण्टे अनवरत कारोबार प्रणाली

अब जुनसुकै समयमा शेयर कारोबार: LSE ले ल्याउँदैछ २४ घण्टे अनवरत कारोबार प्रणाली

वि.सं.२०८३ साउन ६ बुधवार १८:१८

काठमाडौँ । सामान्यतया विश्वभरका शेयर बजारहरू निश्चित कार्यालय समयभित्र सीमित...

८३ दिनका लागि एक खर्ब निक्षेप उठाउँदै नेपाल राष्ट्र बैंक

८३ दिनका लागि एक खर्ब निक्षेप उठाउँदै नेपाल राष्ट्र बैंक

वि.सं.२०८३ साउन ६ बुधवार ११:१८

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन...

सक्कली बिल लिँदा दैनिक लखपति बन्न सकिनेः सरकारले ल्यायो करदाता प्रोत्साहन उपहार कार्यक्रम

सक्कली बिल लिँदा दैनिक लखपति बन्न सकिनेः सरकारले ल्यायो करदाता प्रोत्साहन उपहार कार्यक्रम

वि.सं.२०८३ साउन ५ मंगलवार १४:०६

काठमाडौं । उपभोक्ताहरूले सामान खरिद गर्दा अनिवार्य रूपमा सक्कली बिल...