back
Naima

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक ऋषि ट्रेड सेन्टरले नयाँ वर्ष २०८१ लाई लक्षित गर्दै आफ्नो ‘वि स्मार्ट राइड स्मार्ट’ नामक अफर यही चैत १५,२०८० देखि बैशाख, ३१, २०८१ सम्म लागु रहने गरि सार्वजनिक गरेको छ ।

उक्त अफर अन्तर्गत, कम्पनीले आफ्नो जिहो ब्राण्ड रोज्ने र खरिद गर्ने ग्राहकहरुको निम्ती अफर स्वरुप स्क्रयाच गरि  ८ हजार १०० देखि  ८१ हजार रुपैंयासम्म छुट पाउन सकिने र यसका साथै ग्राहकले फ्रि थर्ड पार्टी इन्स्योरेन्स र फ्रि हेल्मेट पनि पाउन सक्ने छन् ।

कम्पनीले आफ्ना स्याक्चेन्जमा आउने ग्राहकहरुको सन्दर्भमा भने सिधै  १५ हजार रुपैंया थप मूल्याकंन, फ्रि थर्ड पार्टी इन्स्योरेन्स  र हेल्मेटको व्यवस्था गरेका छन् । एक्स चेन्ज खरिदमा स्क्रयाच कार्डको अफर लागु नरहने जानकारी कम्पनीले दिएका छन् ।

यसै अफर अन्तर्गत समस्त ग्राहकहरुले कम्पनीले राखेको बम्पर अफरमा भने सम्मान रुपमा सहभागिता जनाउन पाउन सक्ने छन् । जसमा १ जना भाग्यशाली विजेताले कम्पनीको तर्पmबाट ४ रात  ५ दिनको थाइल्याण्ड भ्रमणको प्याकेज पाउन सक्नेछन् ।

AE6+ मोडल जिहोको Smart Urban Ride मा प्रेरित आकर्षक डिजाइन र प्रविधिमा निर्मित उच्चतम प्रतिफल दिने इलेक्ट्रिक स्कुटर मात्र नभई आजको आवश्यकता र ग्राहकको अपेक्षाको पूर्ण विश्वास दिन सक्ने सफल स्कुटरको रुपमा स्थापित हुँदै गरेको स्कुटर भएको जानकारी कम्पनीले बताएको छ । यसमा जडित Side Mounted Gear Drive Motor जसको Peak Power 5.5 Kw   रहेको छ , जसमा सवार दुई यात्रीले मज्जाले जुनै पनि अप्ठ्यारो बाटोमा असहज महशुस नगरी यात्रा गर्न सक्ने कम्पनीको दावी रहेको छ ।

साथै यसमा Zeeho Ride Apps, Cruise Control, Stand र Seat Sensor, IP 67 Protection, Weather Protected seat   आदि बिशेषताहरुले यस Scootor  लाई ग्राहक माझ लोकप्रिय बनाएको छ । यसमा 1.8Kw को, मात्र ३.५ घण्टामा फूल चार्ज गर्न सकिने Ampace ब्राण्डको Lithium Ion Battery दिइएको छ ।

यसै गरि बढी रेन्ज, स्पीड र यूनिक राइडिङ्ग (फिल) महशुस गर्न चाहने ग्राहकहरुको निमित्त जिहोको अर्को Model AE8 मा मिड माउन्टेड मोटर जसमा १२.५ कि. वाट को Peak Power,१००ं प्रति घण्टाको स्पीड, २.३ कि. वाट को २ वटा Ampace  Brand sf को Lithium Ion Battery  जसलाई मात्र ४ घण्टामा फुल चार्ज गर्न सकिने र च्भReserve Gear, Cruise Control, Zeeho Ride Apps, IP 67 protaction, विभिन्न Sensor जस्ता विशेषताहरु दिइएका छन् ।

यस स्कुटरमा एक चोटि फूल चार्ज गरि १६० कि.मी सम्मको यात्रा तय गर्न सकिने छ, साथै १२.५ कि.वाट को Peak Power भएको कारण यो स्कुटरको साथ जो कोहिले उकालो बाटो रअप्ठेरो बाटामा सहज रुपमा दुई जना बसी आफ्नो यात्रा सफल बनाउन सक्नेछन् । Zeeho को दुबै मोडलहरु, Battery मा ३ वर्षको Warranty, मोटरमा २ वर्षको Warranty, Controller/Charger मा १ वर्षको Warranty र AE8 model sf] Belt   मा १०००० कि.मि वा १ वर्षको वारेण्टी दिइएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

ओमोडा ई५मा बढ्दो आकर्षण, १०० भन्दा बढी चार्जिङ स्टेसन विस्तारको तयारी

ओमोडा ई५मा बढ्दो आकर्षण, १०० भन्दा बढी चार्जिङ स्टेसन विस्तारको तयारी

वि.सं.२०८३ साउन २७ बुधवार १८:५८

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’...

नाईमा अटो एक्स्पोमा डोङफेङका नयाँ विद्युतीय बस सार्वजनिक: पहिलो ५० जनालाई ५ लाख छुट

नाईमा अटो एक्स्पोमा डोङफेङका नयाँ विद्युतीय बस सार्वजनिक: पहिलो ५० जनालाई ५ लाख छुट

वि.सं.२०८३ साउन २७ बुधवार १५:३५

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा भदौ २६ गतेदेखि आयोजना भइरहेको नाईमा...

नाइमा एक्स्पोमा टाटा पन्च ईभी फेसलिफ्टको डेब्यु : के छन् नयाँ विशेषता ?

नाइमा एक्स्पोमा टाटा पन्च ईभी फेसलिफ्टको डेब्यु : के छन् नयाँ विशेषता ?

वि.सं.२०८३ साउन २७ बुधवार १५:२६

काठमाडौँ । टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले बहुप्रतिक्षित नयाँ...

नाइमा मोबिलिटी एक्स्पोः ५३ ब्रान्डका ४० नयाँ गाडी एउटै छानामुनि, ईभीको वर्चस्व

नाइमा मोबिलिटी एक्स्पोः ५३ ब्रान्डका ४० नयाँ गाडी एउटै छानामुनि, ईभीको वर्चस्व

वि.सं.२०८३ साउन २६ मंगलवार २२:२६

काठमाडौं । नेपाली अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो उत्सव नाइमा नेपाल...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को भव्य उद्घाटन: पहिलो दिनमै २९ हजारभन्दा बढी दर्शकद्वारा अवलोकन

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को भव्य उद्घाटन: पहिलो दिनमै २९ हजारभन्दा बढी दर्शकद्वारा अवलोकन

वि.सं.२०८३ साउन २६ मंगलवार २१:५०

काठमाडौँ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को...

सुजुकीको राष्ट्रव्यापी ‘मनसुन सर्भिस क्याम्प’ साउन २७ देखि, लेबरमा २० प्रतिशतसम्म छुट

सुजुकीको राष्ट्रव्यापी ‘मनसुन सर्भिस क्याम्प’ साउन २७ देखि, लेबरमा २० प्रतिशतसम्म छुट

वि.सं.२०८३ साउन २६ मंगलवार २०:२१

काठमाडौँ । सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजन तथा नेपालमा सुजुकी गाडीको...