back

साताको पहिलो नेप्से १४ अंकले बढ्यो

काठमाडौं । आइतबार साताको पहिलो नेपाल स्टक एक्चेञ्ज (नेप्से) १४.३३ अंकले बढेको छ ।

आज नेप्से ०.७२ अंकले बढेर १९८०.२७ बिन्दुमा पुगेको छ ।

कारोबारको हिसाबले भने आइतबार नेप्से सामान्य नै रहेको छ । आइतबार २ अर्ब ६५ करोड ५३ लाख ८ हजार रुपैयाँ बराबरको ६८ लाख १४ हजार ४१३ कित्ता शेयर ४८ हजार १८३ पटक किनबेच भएको छ । 

आज ३०८ कम्पनीको शेयर किनबेच हुँदा १८० कम्पनीको शेयर मूल्य बढेको छ भने ५५ कम्पनीको शेयर मूल्य घटेको छ ।

९ कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो । १३ वटा समुहमा ट्रेडिङ सूचक बाहेक अन्य सबै समूह हरियो भएको छ ।

सेन्सेटिभ इन्डेक्स २.६२ अंकले, फ्लोटइन्डेक्स १.०२ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.९० अंकले बढ्यो ।

आजको कारोबारमा पोखरा फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

सो फाइनान्सको शेयर ९.८४ प्रतिशतले बढेर प्रतिकित्ता ६७० रुपैयाँ पुगेको छ । आज सबैभन्दा बढी कारोबार गर्नेमा पनि पोखरा फाइनान्स नै रह्यो ।


नेशनल लघुवित्तले कमायो १९ करोड बढी नाफा

नेशनल लघुवित्तले कमायो १९ करोड बढी नाफा

वि.सं.२०८१ वैशाख २९ शनिवार २२:२३

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था १९ करोड बढी नाफा...

साना किसान विकास लघुवित्तको नाफा साढे ५३ करोड

साना किसान विकास लघुवित्तको नाफा साढे ५३ करोड

वि.सं.२०८१ वैशाख २९ शनिवार २२:०६

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले ९ महिनामा...

कुमारी बैंकको १ लाख ११ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको १ लाख ११ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख २९ शनिवार २१:५९

काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको...

युनिलिभर नेपालको खुद नाफा ३०.४६ प्रतिशतले बढ्यो

युनिलिभर नेपालको खुद नाफा ३०.४६ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख २९ शनिवार २१:२९

काठमाडौं । युनिलिभर नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय...

जेठ १ गतेदेखि ब्रोकर कमिसन दर घट्ने धितोपत्रको निर्णय, कति कारोबार गर्दा कति तिर्नुपर्छ?

जेठ १ गतेदेखि ब्रोकर कमिसन दर घट्ने धितोपत्रको निर्णय, कति कारोबार गर्दा कति तिर्नुपर्छ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:०७

काठमाडौं । आगामी जेठ १ गतेदेखि सेयर कारोबार गर्दा तिर्नुपर्ने...

गरिमा विकास बैंकको ४ लाख २६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

गरिमा विकास बैंकको ४ लाख २६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख २४ सोमवार ११:०९

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको...