back

नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्त मर्जरमा जाने सहमति , स्वाप रेसियो कति ?

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त र समीट लघुवित्त वित्तीय संस्था लिमिटेड बिच मर्जरको सहमति भएको छ । सहमति पत्रमा दुबै संस्थाका सञ्चालक समितिका अध्यक्षले हस्ताक्षर गरेका हुन् ।

नेपाल इन्भेष्टमेण्ट बैंक, कुमारी बैंक लगायत दश वटा बैंक तथा वित्तीय संस्थाद्धारा प्रर्बधित नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्त वित्तीय संस्था लिमिटेड बिच संस्थालाई थप सबल, सक्षम र दिगो रुपमा अगाडि बढाउनका लागि दुवै संस्थाहरुलाई एक आपसमा मर्जर गरिएको हो ।

आपसी समझदारी अनुसार समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जर स्वाप रेसियो अनुपात रु.८२ (अर्थात समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको १०० कित्ता शेयर बरावर नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ८२ कित्ता) कायम हुने र मर्जर पश्चात संस्थाको सञ्चालक समितिको अध्यक्षमा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका अध्यक्ष केशवप्रसाद आचार्य र प्रमुुख कार्यकारी अधिकृतमा राम बहादुर यादव रहने सहमति भएको छ ।

मर्जर पश्चात हुने संस्थाको नाम नेशनल समीट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड हुने त्यसैगरी संस्थाको चुक्तापूँजी रु.१ अर्व भन्दा बढी कायम हुने, ग्राहक सदस्य संस्या २ लाख भन्दा बढी हुने, लगानीमा रहेको कर्जा रकम रु. १७ अर्ब भन्दा बढी हुने र संस्थाको शाखा सञ्जाल देशको सातै प्रदेशको ७४ जिल्लाहरुमा विस्तार भइ कुल शाखा संख्या २०४ पुग्ने छ ।

 


स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट

स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट

वि.सं.२०८१ चैत १ शुक्रवार ११:०२

काठमाडौं । आज शुक्रबार स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ...

स्वरोजगार लघुवित्तको लाभांश घोषणा : बोनस कति ?

स्वरोजगार लघुवित्तको लाभांश घोषणा : बोनस कति ?

वि.सं.२०८१ फागुन २२ बिहीवार ११:०३

काठमाडौं। स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट...

आजदेखि स्वरोजगार लघुवित्तको एफपीओ खुल्यो

आजदेखि स्वरोजगार लघुवित्तको एफपीओ खुल्यो

वि.सं.२०८१ फागुन १८ आइतवार १२:३७

काठमाडौ - स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि थप सार्वजनिक...

सम्पदा लघुवित्तले पनि लाभांश वितरण नगर्ने

सम्पदा लघुवित्तले पनि लाभांश वितरण नगर्ने

वि.सं.२०८१ फागुन १२ सोमवार ११:३९

काठमाडौं - सम्पदा लघुवित्त वित्तीयले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई...

ग्लोबल आइएमई लघुवित्तको नाफामा उल्लेख्य वृद्धि

ग्लोबल आइएमई लघुवित्तको नाफामा उल्लेख्य वृद्धि

वि.सं.२०८१ माघ १६ बुधवार ११:४७

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक...

विजय लघुवित्तको १६औं वार्षिक सभा सम्पन्न

विजय लघुवित्तको १६औं वार्षिक सभा सम्पन्न

वि.सं.२०८१ माघ १ मंगलवार १३:०४

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको सोह्रौँ साधारणसभा सम्पन्न भएको...