back

जेसीबी इन्डियाले एक्साभेटरमा ५ वर्ष वारेन्टी दिने, ल्यायो नयाँ योजना

काठमाडौं । निर्माण उपकरण उत्पादनमा विश्वबजारको ब्राण्ड जेसीबी इन्डियाले एक्साभेटरहरूको लागि ५ वर्ष वा १० हजार घण्टाको वारेन्टी योजना ल्याएको छ । 

जेसीबीले नेपाली बजारलाई सहयोग गर्ने उद्देश्यले आफ्नो आधिकारिक वितरक एमएडब्लू अर्थ मुभर्सद्वारा उक्त योजना ल्याएको हो ।

एमएडब्लू अर्थ मुभर्सले विगत दुई दशक वर्षदेखि नेपालमा जेसीबीका निर्माण उपकरणहरु वितरण गर्दै आएको छ । एमएडब्लूको केन्द्रिय कार्यालय काठमाडौंमा छ भने नेपालभर ३२ वटा शाखा कार्यालयहरु छन् र तीनवटा अपरेटर प्रशिक्षण संस्थानहरू छन् । जहाँ युवाहरूलाई जेसीबी मेसिन चलाउन तालिम दिइन्छ । एमएडब्लूले नेपालमा आफ्नो चौथो अपरेटर ट्रेनिङ सेन्टर चितवनमा छिट्टै उद्घाटन गर्दैछ ।

जेसीबी इन्डियाका प्रमुख कार्यकारी अधिकृत दिपक शेट्टीले भने- ‘नेपाल हाम्रो लागि दक्षिण एसियाली क्षेत्रको महत्वपूर्ण बजार हो । यस क्षेत्रमा नेपालको नौलो पहिचान र स्थान छ, र हामीले हाम्रा ग्राहकहरूका लागि यहाँ सधैं अत्याधुनिक प्रविधियुक्त र उन्नत उत्पादनहरू प्रस्तुत गर्दै आएका छौं । हामी हाम्रो आधिकारिक डिलर एमएडब्लू अर्थ मुभर्समार्फत हामीले निरन्तर राम्रो सम्बन्ध कायम राख्न सफल भएका छौँ ।’

नेपालमा जेसीबीका १० हजार पाँच सयभन्दा धेरै उपकरणहरु सञ्चालनमा छन् । जसमध्ये ब्याकहो लोडर्स, एक्साभेटर, विल्ड लोडर्स, र टेलिह्याण्डलर्स प्रसिद्ध छन् । यी सम्पूर्ण उपकरणहरुका पार्ट-पूर्जा र सर्भिसमा एमएडब्लू अर्थ मुभर्सका राष्ट्रव्यापी आउटलेट सञ्जालमार्फत सर्भिस भ्यानहरु परिचालन गरी ग्राहकहरूलाई सेवा सहायता प्रदान गरिन्छ ।

जेसीबीका उपकरणहरुमा जेसीबी लाईभलिङ्क नामक अत्याधुनिक प्रविध जडित हुन्छ, जसले मेसिनहरूको सेवा, सञ्चालन र सुरक्षाको बारेमा तत्कालै जानकारी प्रदान गर्छ ।

शेट्टीले थपे- ‘नेपाली बजारमा निर्माण प्रक्रियाका विभिन्न चरणहरूमा रहेका पूर्वाधार परियोजनाले गर्दा आगामी वर्षहरूमा बृद्धिको बलियो अवसर रहेको देखिन्छ र जेसीबी यस प्रक्रियाको हिस्सा बन्न तत्पर छ ।’

एमएडब्लूका प्रिन्सिपल डिलर विष्णु अग्रवालले भने- ‘विश्वस्तरीय जेसीबीका उपकरणहरुद्वारा ग्राहकहरुलाई सहायता गर्नेवाहेक हामीले नेपाली युवा जनशक्तिहरुलाई देशमै रोजगारका अवसरहरु प्रदान गर्न पाउँदा निकै गर्व गर्छाैं । एमएडब्लूले हाल करिब ५०० जनालाई रोजगारी दिएको छ भने चालकहरूका लागि तीनवटा विश्वस्तरीय प्रशिक्षण केन्द्रहरूमा पनि लगानी गरेको छ ।

यी अपरेटर प्रशिक्षण केन्द्रहरूमा चालकहरूलाई जेसीबीका मेसिनहरू कसरी सुरक्षित रूपमा सञ्चालन गर्ने भनेर सिकाइन्छ। हालसम्म हामीले झण्डै ५ हजार चालकहरूलाई तालिम प्रदान गरिसकेका छौं ।’


गोगोरोले भित्र्यायो ब्याट्री स्वापिङ प्रविधि, आयो ६ सेकेन्डमै फुल चार्ज हुने

गोगोरोले भित्र्यायो ब्याट्री स्वापिङ प्रविधि, आयो ६ सेकेन्डमै फुल चार्ज हुने

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २२:१२

काठमाडौं । दुईपांग्रे सवारीसाधन उत्पादक गोगोरोले नेपालमा ब्याट्री स्वापिङ टेक्नोलोजी...

सेगवेको नयाँ वर्ष विशेष अफर : नगद छुट र लक्जरी गेटवे

सेगवेको नयाँ वर्ष विशेष अफर : नगद छुट र लक्जरी गेटवे

वि.सं.२०८० चैत १९ सोमवार १०:१७

काठमाडौं । सेगवे–नाइनबोटकोे नेपालका लागि आधिकारिक वितरक आईहब प्रा.लि.ले आउँदो...

चांगनको डीपल एस०७ नेपाली बजारमा सार्वजनिक, के-के छन् फिचर्स ?

चांगनको डीपल एस०७ नेपाली बजारमा सार्वजनिक, के-के छन् फिचर्स ?

वि.सं.२०८० चैत १९ सोमवार ०९:४७

काठमाडौं । नेपालका लागि चांगानको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्प...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १६ शुक्रवार १०:०७

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

सुजुकीले ल्यायो ‘नयाँ बर्ष २०८१ क्यास पाउँ एक्कासी’ योजना, के-के छन् सुविधा ?

सुजुकीले ल्यायो ‘नयाँ बर्ष २०८१ क्यास पाउँ एक्कासी’ योजना, के-के छन् सुविधा ?

वि.सं.२०८० चैत १५ बिहीवार ११:२०

काठमाडौं । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता...

आधुनिक फिचर सहित नेपाली बजारमा यारिस क्रस हाइब्रिड सार्वजनिक

आधुनिक फिचर सहित नेपाली बजारमा यारिस क्रस हाइब्रिड सार्वजनिक

वि.सं.२०८० माघ २७ शनिवार ०८:४३

काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...