back

लगानी सम्मेलन सुरु: सबैभन्दा धेरै चिनियाँ लगानीकर्ता,५५ भन्दा बढी देशबाट १६ सयभन्दा धेरै लगानीकर्ताको सहभागिता

लगानी सम्मेलनमा सहभागी विदेशी लगानीकर्ता समक्ष १४८ वटा परियोजना प्रस्तुत गरिएको छ ।

काठमाडौँ । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा सबैभन्दा धेरै चिनियाँ लगानीकर्ताको सहभागिता रहेको छ ।

लगानी बोर्डको कार्यालयका अनुसार दुई दिनसम्म चल्ने लगानी सम्मेलनमा चीनबाट ३५० लगानीकर्ताको सहभागिता रहेको हो ।

यो लगानी सम्मेलनमा विश्वभरका ५५ भन्दा बढी देशबाट १६ सयभन्दा धेरै लगानीकर्ताको सहभागिता छ । जसमध्ये चीनबाट मात्रै ३५० भन्दा धेरै लगानीकर्ताको सहभागिता रहेको हो । सम्मेलनमा सहभागिता चिनियाँ लगानीकर्ताले पनि नेपालको लगानी सम्मेलनमा चीनबाट अत्यधिक सहभागिता रहेको जानकारी दिएका छन् ।

यो सम्मेलनमा चीनपछि भारतबाट सबैभन्दा धेरै लगानीकर्ताको सहभागिता छ । भारतबाट १५० भन्दा बढी लगानीकर्ताको सहभागिता छ । यसपछि अमेरिकाबाट करिब ५० जना लगानीकर्ता यो सम्मेलनमा सहभागी छन् । सम्मेलनको उद्घाटन सत्रमा बोल्दै सित्काका अध्यक्ष लो झाओ क्वींगले नेपालको लगानी सम्मेलनमा चीनबाट ३५० भन्दा बढी लगानीकर्ताको सहभागिताले आफूलाई उत्साहित बनाएको बताए ।

यसबाट नेपाललाई चिनियाँले प्राथमिकतामा राखेको पुष्टि हुने उनले बताए । यो लगानी सम्मेलनमा सहभागी विदेशी लगानीकर्ता समक्ष १४८ वटा परियोजना प्रस्तुत गरिएको छ ।


अघि बढ्यो एमसीसी परियोजना,नवलपरासीमा ४०० केभी सबस्टेशन बनाउन भारतीय कम्पनीसँग सम्झौता

अघि बढ्यो एमसीसी परियोजना,नवलपरासीमा ४०० केभी सबस्टेशन बनाउन भारतीय कम्पनीसँग सम्झौता

वि.सं.२०८१ वैशाख २९ शनिवार २२:१५

काठमाडौँ। अन्ततः एमसीसीको परियोजना अघि बढेको छ । यसको पहिलो...

सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब १ अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने

सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब १ अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने

वि.सं.२०८१ वैशाख २९ शनिवार २१:२५

काठमाडौँ । सरकारले विश्व वातावरण सुविधाबाट विश्व वन्यजन्तु कोषमार्फत प्राप्त...

सरकार रुपान्तरणकारी बजेट ल्याउने तयारीमा छ: अर्थमन्त्री पुन

सरकार रुपान्तरणकारी बजेट ल्याउने तयारीमा छ: अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २७ बिहीवार १३:४०

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटले कठोर...

कृषकलाई बैंकले १५ वर्षका लागि सहुलियतपूर्ण ऋण दिनुपर्छ : कृषि मन्त्री साह

कृषकलाई बैंकले १५ वर्षका लागि सहुलियतपूर्ण ऋण दिनुपर्छ : कृषि मन्त्री साह

वि.सं.२०८१ वैशाख २७ बिहीवार ११:०९

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वाला कुमारी साहले...

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’ : आयोजना कार्यान्वयनमा आएसँगै अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने प्रधानमन्त्रीको विश्वास

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’ : आयोजना कार्यान्वयनमा आएसँगै अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने प्रधानमन्त्रीको विश्वास

वि.सं.२०८१ वैशाख २६ बुधवार १३:०३

सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय...

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न, यस्ता छन् उद्देश्यहरु

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न, यस्ता छन् उद्देश्यहरु

वि.सं.२०८१ वैशाख २६ बुधवार १२:४६

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...