back

समानुपातिकको पछिल्लो मत परिणाम सार्वजनिक, एमाले बन्यो ठुलो दल ,दोस्रोमा कांग्रेस: एकिकृत समाजवादीले थ्रेसहोल्ड कटाउन हम्मेहम्मे

न्युनतम ३ प्रतिशत मत ल्याउने पार्टीले मात्र राष्ट्रिय दलको मान्यता पाउने व्यवस्था

काठमाडौं । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनको समानुपातिक मतगणनामा नेकपा (एमाले) नै अगाडि रहेको छ ।

निर्वाचन आयोगको अहिले साँझसम्मको तथ्यांक अनुसार ९९ लाख ३४ हजार ७३६ मत गनेर सकिँदा एमालेले २६ लाख, ७७ हजार ३४ मत पाएर सबैभन्दा ठूलो दल बनेको हो ।

त्यसैगरी नेपाली कांग्रेसले २५ लाख २८ हजार १७४ मत पाएर दोश्रो ठूलो दल बनेको छ भने तेश्रोमा नेकपा (माओवादी) केन्द्र)ले ११ लाख ४१ हजार ६७६ मत पाएको छ । त्यस्तै समानुपातिकमा चौथो बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९४ हजार ३९१ मत पाएको छ भने पाँचौंमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ६६ हजार २०६ मत पाएको छ ।

जनता समाजवादी पार्टी (जसपा)ले ३ लाख ८४ हजार ८९० मत पाउँदा जनमत पार्टीले ३ लाख ४३ हजार ६४९ मत पाएको छ । आठौं नम्बरमा रहेको नेकपा (एकिकृत समाजवादी)ले २ लाख ८० हजार २०० मत ल्याएको छ । यो दलले अझैसम्म थ्रेसहोल्ड कटाएको छैन ।

निर्वाचन कानुनमा सदर भएको समानुपातिकको कुल मत मध्य न्युनतम ३ प्रतिशत मत ल्याउने पार्टीले मात्र राष्ट्रिय दलको मान्यता पाउने व्यवस्था गरिएको छ ।

 

 


गुठी ऐनलाई धेरै चलाउँदैनौं : केही बुँदा मात्र संशोधन हुन्छ

गुठी ऐनलाई धेरै चलाउँदैनौं : केही बुँदा मात्र संशोधन हुन्छ

वि.सं.२०८१ चैत ५ मंगलवार १७:४१

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले...

एनआरएनए सचिवालयलाई सर्वोच्चको पत्र: आदेश कार्यान्वयन गर्न अल्टिमेटम

एनआरएनए सचिवालयलाई सर्वोच्चको पत्र: आदेश कार्यान्वयन गर्न अल्टिमेटम

वि.सं.२०८१ चैत ५ मंगलवार १७:३५

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को सचिवालयलाई सर्वोच्च अदालतको फैसला...

अवैध विदेशी मुद्रासहित पक्राउ परेका लामा सार्वजनिक

अवैध विदेशी मुद्रासहित पक्राउ परेका लामा सार्वजनिक

वि.सं.२०८१ चैत ५ मंगलवार १५:१०

काठमाडौं । अवैध विदेशी मुद्रासहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका कुसाङ...

काठमाडौं विश्वविद्यालयका नवनियुक्त उपकुलपतिले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौं विश्वविद्यालयका नवनियुक्त उपकुलपतिले लिए पद तथा गोपनीयताको सपथ

वि.सं.२०८१ चैत ५ मंगलवार १४:४६

काठमाडौं । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष काठमाडौँ विश्वविद्यालयका...

एसियन कप खेल्न जाने पुरुष फुटबल टोलीको बिदाई

एसियन कप खेल्न जाने पुरुष फुटबल टोलीको बिदाई

वि.सं.२०८१ चैत ५ मंगलवार १४:२८

काठमाडौं । सिंगापुर विरुद्धको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप...

प्रहरीमा व्यापक सुधार आवश्यक छ : नवनियुक्त (आईजीपी) थापा

प्रहरीमा व्यापक सुधार आवश्यक छ : नवनियुक्त (आईजीपी) थापा

वि.सं.२०८१ चैत ५ मंगलवार ११:३७

काठमाडौं । सरकारले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापालाई दज्र्यानी...