back

बागदादमा इजिप्ट, इराक र जोर्डनका नेताहरुको भेट

काठमाडौँ । इराकको राजधानी बागदादमा मध्यपूर्वी देशहरु इराक, इजिप्ट र जोर्डनका नेताहरुको आइतबार त्रिपक्षीय भेटवार्ता भएको बताइएको छ । सो वार्तामा इराकका प्रधानमन्त्री मुस्ताफा अल कादिमी, इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसी र जोर्डनका राजा अब्दुल्लाह द्धितीयका बीचमा आइतबार भएको बताइएको छ ।

सो वार्ताको अग्रसरता इराकका प्रधानमन्त्री मुस्ताफाले लिनुभएको पनि विभिन्न अन्तार्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । त्यस भेट तथा वार्ताका क्रममा उहाँहरुले आपसी आर्थिक साझेदारी र विकासलाई अझ सुदृढ बनाउने र सुरक्षाको विषय तथा क्षेत्रीय स्थायित्वका बारेमा पनि कुराकानी भएको समाचारमा जनाइएको छ ।

सो भेटवार्तापछि आइतबार इराकी प्रधानमन्त्री मुस्ताफाको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ– यो हामीहरुले गरेको भेटघाटले खासमा हामी एक छौँ र हामीले आवश्यकताअनुसार एक आपसमा सहयोगको आदान प्रदान गर्न सक्छौँ भन्ने हो ।

साथै सो विज्ञप्तिमा यी तीन देशका नेताहरुको उक्त भेटघाटले आफ्ना देशका जनतालाई आवश्यक परेको सहयोग गर्ने र त्यसका लागि हामीहरु तयार छौँ भनेर पनि सन्देश दिन खोजेको उक्त प्रेस वक्तव्यमा जनाइएको छ ।

त्यस विज्ञप्तिमा हालैका दिनहरुमा यी तीन ओटा देशले सामना गरिरहेका चुनौतीहरुको समाधानका लागि सामुहिक रुपमा पहल गरिने जानकारी पनि दिइएको छ । खासमा यी तीन ओटा देशले हाल कोभिड १९ को समस्या झेल्नुपरिरहेको बताइएको छ । पछिल्ला दिनहरुमा यी देशमा पनि कोभिडले नराम्रोसँग असर गरिरहेको छ ।
त्यसैगरी जारी कोभिड १९को समस्यका कारण ती देशहरुको आर्थिक अवस्था निकै कठिन रुपमा गुज्रिरहेको र उनीहरुले आतंकवादका कारण सुरक्षाका क्षेत्रमा पनि चुनौती भोग्नुपरेको सो विज्ञप्तिमा जनाइएको छ ।

त्यसैले यी नेताहरुले जारी ती सबै खालका समस्याहरुको समाधानका लागि एकताबद्ध भएर लाग्ने कुराको प्रतिबद्धता व्यक्त गरेका पनि बताइएको छ ।

२०७८ असार १४ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

वि.सं.२०८३ जेठ ११ सोमवार २१:४३

काठमाडौं । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को...

भासिँदै मेची राजमार्ग : राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका, कारण अझै अनिश्चित

भासिँदै मेची राजमार्ग : राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका, कारण अझै अनिश्चित

वि.सं.२०८३ जेठ ११ सोमवार १५:१४

इलाम । पूर्वी पहाडको लाइफलाइन (जीवनरेखा) मानिने मेची राजमार्गको इलामस्थित...

होर्मुज जलमार्गमा इरानको कडा निगरानी, २४ घण्टामा ३३ जहाजलाई मात्र अनुमति

होर्मुज जलमार्गमा इरानको कडा निगरानी, २४ घण्टामा ३३ जहाजलाई मात्र अनुमति

वि.सं.२०८३ जेठ ११ सोमवार १३:५३

काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आइआरजीसी) को नौसेनाले...

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

वि.सं.२०८३ जेठ ११ सोमवार ००:१५

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका मालपोत कार्यालयहरूको...

आर्थिक समृद्धिका लागि आर्थिक कूटनीति केन्द्रमा हुनुपर्छ : शिशिर खनाल

आर्थिक समृद्धिका लागि आर्थिक कूटनीति केन्द्रमा हुनुपर्छ : शिशिर खनाल

वि.सं.२०८३ जेठ १० आइतवार २३:४३

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिलाई बदलिँदो विश्व...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद

वि.सं.२०८३ जेठ १० आइतवार १०:३३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...