back

जिससले थाल्यो योजना अनुगमनको काम

कालिकोट । जिल्ला समन्वय समिति कालीकोटले चालु आव २०७७÷७८ का स्थानीय तह, प्रदेश र सङ्घीय विकास निर्माणका योजनाको अनुगमन शुरु गरेको छ । जिल्लाका नौवटै स्थानीय तहमा सञ्चालित स्थानीय तह, प्रदेश र सङ्घका विकास निर्माणका योजनाको अनुगमन शुरु गरिएको हो ।

जिल्लामा सञ्चालित स्थानीय तह, प्रदेश र सङ्घका विकास निर्माणका योजनाको गुणस्तर, कामको प्रभावकारिता विषयमा अनुगमन थालिएको जिल्ला समन्वय अधिकारी चक्रबहादुर शाहीले बताए । “जिल्लाभर चालू आवका सञ्चालनमा रहेका योजनाको अनुगमन थालिएको छ”, उनले भने, “कामको प्रभावकारिता, गुणस्तर र कामको हालको अवस्थाका विषयमा अनुगमन गरिनेछ ।”

तीनै तहका योजनाको गुणस्तरीय भए÷नभएका बारे स्थलगत रुपमा निरीक्षण गरेर कार्यसम्पादन मूल्याङ्कनका आधारमा योजनाको प्रतिवेदन तयार पारिने त्यसैका आधारमा भुक्तानी दिन सम्बन्धित पक्षलाई सिफारिस गरिने समन्वय अधिकारी शाहीले बताए।

जिल्लाका विभिन्न आयोजना रहेका र त्यसको अनुगमन मूल्याङ्कन नै नगरी भुक्तानी लिँदा गुणस्तरीय काम नभएर कुनै योजना भुक्तानी लिएकै दिनबाट नराम्रो काम भएको जनगुनासो सुनिन थालेपछि योजनाको अनुगमन गर्न थालिएको समन्वय समितिका प्रमुख अनिपाल शाहीले बताए ।

२०७८ असार १४ गते प्रकाशित


विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

वि.सं.२०८२ जेठ १ बिहीवार १३:२७

काठमाडौं । ऊर्जा क्षेत्रको नियमनकारी निकाय र इकोनोमिक मिडिया एसोसिएसन...

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

वि.सं.२०८२ वैशाख ३१ बुधवार १६:०९

काठमाडौं । महालेखा परीक्षकले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदन अनुसार...

निलमलाई गर्भनर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गर्नुहोस्

निलमलाई गर्भनर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गर्नुहोस्

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:५३

काठमाडौं । सांसद रोशन कार्कीले राष्ट्र बैंकको गर्भनर पद लिलामीका...

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकले अवकाश कोष अन्तर्गतको कर्मचारी सुरक्षण...

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:१९

काठमाडौं । वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदरको सूचना...

भूकम्पको शिर्षकमा बजेट छुट्याउन आग्रह

भूकम्पको शिर्षकमा बजेट छुट्याउन आग्रह

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:०९

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद जनार्दन शर्माले...