back

विश्वमा बढ्दो डिजिटल टेक्नोलोजी र सुरक्षाको चुनौति

काठमाडौँ । आजको यस २१ औ शताब्दिमा आईपुग्दा बैज्ञानिकहरुले धेरै आधुनिक प्रविधिको अनुसन्धान गरिसकेका छन् । विश्वमा पहिलो इन्टरनेट सेवा अमेरिकाको University of California Los Angeles मा ई.सं. १९६७ मा ARPA (ADVANCE RESEARCH PROJECT AGENCY) ले ARPANET को आविस्कार गरेको थियो जुन आजको उन्नत टेक्नोलोजि बनेको छ ।

बैज्ञानिकहरु अझै ए आई (मानव निर्मित टेक्नोलोजी) मा अनुसन्धान गरिरहेका छन् । पहिला–पहिला कुनै कार्य गर्नको लागि कयौं दिन, महिना र बर्ष लाग्ने काम अहिले छिटो र छोटो समयमा नै पुरा गर्न सकिन्छ । हजारौ लाखौ किलोमिटरको यात्रा केही समयमा नै पार गर्न सक्छौं । त्यस्तै, लाखौ करोडैको संख्यामा भएका सुचनाहरु एउटा सानो डिजिटल डिवाईसमा राख्न सक्छौं ।

भौतिक रुपमा गर्ने कार्यहरु अहिले धेरैजसो डिजिटल नै भैसकेका छन् । आजभोली सबै मानिसहरु एउटा सानो डिवाईस जस्तै मोवाईल फोनबाट नै डिजिटल कार्य जस्तै मोवाईल बैंकिङ्ग, सामाजिक संञ्जाल, सुचनाको साथै मनोरञ्जनको सारथी बनेको छ । आजभोली यस प्रविधिको व्यापक प्रयोग भैरहेको छ । यस किसिमको प्रविधिले मानिसको जीवनलाई छिटो, सरल, आरामदायी र गुणस्तर युक्त बनाएको छ ।

उद्यपी प्रविधिको विकास सँग–सँगै चुनौतिहरु पनि देखिएका छन् । प्रविधिको यस्तो बढ्दो प्रयोग हुनुपूर्व समाजमा एकआपसमा सामाजिक भाईचारा, माया, ममता यति गहिराईमा थियो जो ३० बर्ष पहिलेको पुस्ताले मात्रै देखेको र भोगेको छ ।

टाढा टाढाको सम्बन्धलाई जोड्दै गएपनि प्रविधिको दुरुपयोगको कारण साथमै भएको सम्बन्धले पूर्णता पाउन सकेको छैन अर्थात आपसी सद्भाव, माया, ममता र भाईचारा जस्तो समाजमा हुनुपर्ने सामाजिक कुराहरु हुन्छ त्यसको पनि कमी हुदै गहिरहेको छ ।

आजभोलि एउटा चार जनाको परिरिवार छ भने चारै जना एक–एक ओटा मोवाईलमा व्यस्त भएका छन् । एउटै घरमा भएर पनि एक आपसमा धेरै कुराकानि गर्ने पुर्सद छैन । यसले गर्दा बढ्दो टेक्नोलोजि प्रयोगबाट आज समाज र देशको लागि एउटा सुरक्षाको चुनौति देखिएको छ । यतिमात्रै नभई बढ्दो टेक्नोलोजीको प्रभावले बिभिन्न किसिमका अनैतिक क्रियाकलाप पनि भइरहेका छन् ।

प्रतिश्पर्धाको युगमा टेक्नोलोजिलाई समय सापेक्ष त्यसको प्रयोजन अपरिहार्य छ त्यसको प्रयोग गर्नु नै पर्छ । यदि समय सापेक्ष समयको माग अनुसार हामीले आफुलाई परिमार्जन गरेनै भने हामी र हाम्रो देश पछि पर्छ त्यसैले हामिले यस्ता टेक्नोलोजिको प्रयोग गर्नु नै पर्छ । तर, समय अनुकुल प्रतिकुल आफैले छुट्टाउन सक्नु पर्दछ ।

यस टेक्नोलोजिको प्रयोजनको साथै यसबाट हुने सुरक्षा चुनौतिबाट बच्नको लागि तपाई हामि सबैले टेक्नोलोजिको बारेमा यसको कार्यविधि कसरी हुन्छ त्यसलाई बुझ्न जरुरी छ । जबसम्म टेक्नोलोजिको कार्यविधि थाहा हुदैन तबसम्म नया प्रविधिको सुरक्षा लाई बुझ्न सकिदैन ।

हामिले दैनिक रुपमा १८ देखि २० घण्टा साथमा लिएर हिड्ने मोबाईल फोन स्वयमको सुरक्षालाई पनि उत्तिकै ध्यानदिनु पर्ने हुन्छ । हातमा बोकेर हिड्ने मोबाईलमा मात्रै आफ्ना धेरै महत्व पूर्ण कुराहरु हुन्छन् जस्तो बैकिङ्गं कारोबार देखि लिएर सम्पुर्ण डिजिटल कार्यहरु । यदि यसको लापर्बाही गर्ने हो भने यसमा भएको महत्वपूर्ण कुराहरु चुहिन गई भविष्यमा ठूलो क्षति बेहोर्नु पर्ने हुन्छ ।

हामिले दैनिक रुपमा ८० प्रतिशत साथमा लिएर हिड्ने यस टेक्निकल डिवाईस लाई सुरक्षित राख्ने साथै यसको प्रयोग गर्ने क्रममा सोशल मिडियामा आउने Unknown Link, Popup Message, Lottery, मेरो भाग्य कस्तो, म कति पैसा कमाउछु, म बुढो हुदाको अनुहार कस्तो हुन्छ?, यस्तै किसिमा लिंकहरु जसले मानिसालई सजिलै आर्कर्षित गर्दछ । त्यसै गरि Fake emails, Unknown Source बाट Download गरेका Application  हरुबाट आफ्नो मोबाईल फोन असुरक्षित भैरहेको हुन सक्छ । टेक्नोलोजिको बिकाश हुनु भन्दा पहिले कुनै चोरले बैंकमा गएर बैंक फोरेर भौतिक रुपमा चोरी गर्थ्र्यो तर आज चोर यानिकी टेक्नोलोजिको भाषामा साईबर क्राईम गर्ने ले विश्वको कुनैपनि कुनाबाट विश्वको कुनैपनि ठाउँको यदि बैकिङ्गं सुरक्षा बलियो छैन , क्राईम गर्न सक्छ बैंक खाताबाट पैसा चोरी गर्न सक्छ । जसरी भौतिक संसारमा विभिन्न गतिबिधि भैरहेका छन् जस्तै ट्रन्सपोर्ट, बैकिङ्गं, किनबेच, पेशा, निर्माण, सूचना आदी को संजाल त्यस्तै आजको यस टेक्नोलोजिको दुनियामा त्यो भन्दा धेरै डिजिटल नेटवर्क ट्राफिक छ जसलाई हामिले देख्न तथा कन्ट्रोल गर्न सक्दैनौ । यसलाई कुनै व्याक्ति या कम्पनी ले कन्ट्रोल गरिरहेको छ । यस उन्नत टेक्नोलोजिलाई राम्रो कार्यको लागि प्रयोग गर्यौ भने हाम्रो समाज देश र पुरै विश्व मा अपराधहरु कम हुन्छन् ।

धेरै जसो मानिसहरु ले दैनिक रुपमा प्रयोग गरिने मोवाईल फोन मार्फत विभिन्न सामाजिक संञ्जाल, बैंकि· कारोबार, सुचना प्रशारण, मनोरञ्जनका एप्लिकेशन, फोटो, भिडियोहरु एक आपसमा सुचना आदान प्रदान गरिरहेका हुन्छन् । यसको उपयोग को साथै यसको सुरक्षामा हुने चुनौति थपिएको हुन्छ । त्यस्तै सोशल मिडियामा आफ्नो बैंकिङ्ग सुचनाहरु जस्तै युजर नेम, पासवर्ड, ओटिपी र ए.टि.एम. को फोटो जस्ता संवेदनसिल सुचनाहरु सेयर गर्नु हुँदैन। साथै झुटा फोन कल बाट पनि सतर्क रहनुपर्ने हुन्छ ।


९ वर्षपछि पोजिटिभ बन्यो जापानको ब्याजदर

९ वर्षपछि पोजिटिभ बन्यो जापानको ब्याजदर

वि.सं.२०८० चैत ६ मंगलवार १४:२३

काठमाडौं । जापानको केन्द्रीय बैंक बैंक अफ जापानले ब्याजदर बढाएको...

इयुले युक्रेनलाई सैन्य सहायताका लागि ५ अर्ब युरो दिने

इयुले युक्रेनलाई सैन्य सहायताका लागि ५ अर्ब युरो दिने

वि.सं.२०८० चैत १ बिहीवार १५:२१

ब्रसेल्स । युरोपेली संघ (इयु) युक्रेनलाई सैन्य सहयोगका लागि पाँच...

लघुवित्तमार्फत सन्तुलित विकास र समृद्धि : रामबहादुर यादव

लघुवित्तमार्फत सन्तुलित विकास र समृद्धि : रामबहादुर यादव

वि.सं.२०८० फागुन २९ मंगलवार ११:३०

नेपालमा लघुवित्तको सुरुवात भएको तीन दशक नाघिसकेको छ । परम्परागत...

एलन मस्कलाई पछिपार्दै जेफ बेजोस पुगे विश्वको धनाढ्य व्यक्ति

एलन मस्कलाई पछिपार्दै जेफ बेजोस पुगे विश्वको धनाढ्य व्यक्ति

वि.सं.२०८० फागुन २२ मंगलवार १५:०६

काठमाडौं । एलन मस्क अब विश्वको सबैभन्दा धनाढ्य व्यक्ति रहेनन् ।...

बीमा नहुँदा देशले खर्बौं नोक्सानी बेहोर्नुपरेको विषय सरकारले बुझ्न थालेको छ : पोषकराज पौडेल

बीमा नहुँदा देशले खर्बौं नोक्सानी बेहोर्नुपरेको विषय सरकारले बुझ्न थालेको छ : पोषकराज पौडेल

वि.सं.२०८० फागुन ९ बुधवार १५:१०

सामान्य हिसाबले हेर्ने हो भने कोही कसैलाई पनि जोखिम पर्दा...

निर्माण उद्योगको विकासमा सरकार बाधक : रवि सिंह

निर्माण उद्योगको विकासमा सरकार बाधक : रवि सिंह

वि.सं.२०८० फागुन ८ मंगलवार १२:०९

नेपालमा निर्माण क्षेत्रमा काम गर्ने समय भनेको मंसिरदेखि जेठसम्म हो...