back

मौरीपालनले बदलिएको खतिवडाको जीवन

रौतहट । जिल्लाको चन्द्रपुर नगरपालिका– ८ सन्तपुरका ५४ वर्षीया रतनदास खतिवडा मौरीपालन गरेर गाउँमै नमूना बनेका छन् । निम्न वर्गीय परिवारका खतिवडाले परिश्रम र मेहेनत गर्ने हो भने गाउँमै बसेर पनि लाखौ रुपैयाँ आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेर देखाएका हुन् । उनको जोश र जागरले गाउँका अन्यलाई समेत लाभान्वित बनाएको छ। मौरीपालन गरिरहेका खतिवडाले नगरपालिकाका थुप्रैलाई मौरीपालन व्यवसायमा संलग्न गराउन सफल भएका छन् । खतिवडाले कुनै व्यवसायिक तालिम विना नै मौरीपालन शुरु गरेका थिए । ‘मौरीपालन नै गर्छु भनेर सोचेको थिइन पछि आकर्षित भए ।’
विगतमा आफूले भोगेका चुनौती संघर्ष र खुसीको क्षण सम्झदै भन्छन्–‘पालन शुरु गरेपछि मह कसरी काड्ने टोकाइबाट कसरी बच्ने आदि अध्यन गरेर सिकेँ ।’ पछि आफूले तालिम लिने अवसर समेत पाएको बताए ।

विभिन्न संघ संस्थाबाट तालिम लिएर २ घारबाट मौरीपालन शुरु गरेका उनले हाल १२० घार मौरीपालन गरिरहेका छन् । एक घारबाट कम्तिमा पनि ३० हजार रुपैयाँ आम्दानी हुने उनको भनाई छ । उत्पादनभन्दा माग धेरै भएकोले बजारको पनि समस्या नभएको उनले बताए । सहज र कम लगानीमा शुरु गरेर राम्रो आम्दानी गर्न सकिने यो व्यवसाय सबैले शुरु गर्न सकिने उनले बताए ।

हप्तामा दुई दिनमात्रै समय दिए पुग्ने मौरीपालन अन्य खेतीभन्दा सजिलै गर्न सकिने भएकोले यसमै रमाएको उनले बताए । पाको उमेरका केही गर्न सक्दैनन भन्ने मानसिकतालाई चुनौति दिन केही हदसम्म सफल पनि भएको उनको भनाइ रहेको छ । खतिवडा नेपाल मौरीपालक महासंघ प्रदेश–२ का अध्यक्ष पनि हुन् । अब सिक्न इच्छुक व्यक्तिहरूलाई निःशुल्क तालिम दिने सोच बनाएको समेत बताए ।

राम्रो आम्दानी हुन थाले पछि गाउँ तथा नगरपालिकाका अन्य व्यक्तिहरू पनि मौरीपालनमा आकर्षित हुन थालेका छन । मौरी पालनले बनस्पतिको महत्व समेत बढाइदिएको छ । मौरीपालक कृषकहरुले जिल्लामा सामुदायिक बनहरु सँग सहकार्य गरेर विभिन्न स्थानमा वृक्षारोपण पनि गर्ने गरेका छन् ।

विगत १० देखि व्यावसायिक रुपमा मौरीपालन व्यावसाय गर्दै आएका कृषक खतिवडाले मह उत्पादन गरेर वार्षीक १५ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । उनको अहिले ८५ वटा मौरीका घार छन् भने सिजनमा १२५ भन्दा बढि हुने गरेका छन् । मेलिफेरा जातको मौरी पालेका खतिवडाले यो व्यावसायबाट गतिलो कमाई गर्न सफल भएको बताए । उनले वर्षमा ८ पटक मह निकाल्ने गरेका छन् । उनले उत्पादन गरेको मह घरवाटै बिक्रि हुने गरेको छ । गुणस्तरीय मह भएकाले अधिकांश मह घरबाटै बिक्री हुन्छ उनले बताए । उनले प्रतिकिलो रु ८ सय रुपैयाका दरले मह बिक्री हुने गरेको छ । उनले एक सिजनामा ७ क्वीन्टल भन्दा बढि मह काढ्ने गरेका छन् ।

जिल्लाको उत्तरि क्षेत्रमा मौरी पालनको क्षेत्रमा निकै सम्भावना रहेको छ, तर आवश्यक ज्ञानको कमीले परम्परागत ढंगले मौरी पाल्ने गरेको र व्यसायीक रुपमा यो व्यवसाय अगाडी बढाउन सहयोग नगरेको मौरीपालक कृषकहरुको भनाई रहेको छ । मौरी पालन गर्न धेरै खर्च र झण्झट नहुने भएकाले थोरै लगानीमा धेरै प्रतिफल पाउन सकिने किसानहरुले बताए । जिल्लामा व्यवसायिक माहुरीपालन गर्ने कृषकको संख्या सयको हाराहारीमा छन् । जिल्लाको बाग्मति, पौराई, गैडाटार, चन्द्रनिगाहपुर ,सन्तपुर लगायत ५ भन्दा बढि वडामा व्यावसायीक रुपमा मौरीपालन गरिँदै आएको छ ।

२०७८ जेठ २६ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

वि.सं.२०८३ साउन ११ सोमवार १५:४४

चितवन। नेपाल एलपी ग्यास उद्योग सङ्घले ग्यासको आयात र आपूर्ति...

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो, एसियाली सेयर बजारमा सुधार

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो, एसियाली सेयर बजारमा सुधार

वि.सं.२०८३ साउन ११ सोमवार १५:३४

काठमाडौँ। संयुक्त राज्य अमेरिका र इरानबीचको सैन्य तनावमा विराम लागेसँगै...

खानी विधेयकले पायो गति, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्ने तयारी

खानी विधेयकले पायो गति, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्ने तयारी

वि.सं.२०८३ साउन ११ सोमवार १५:००

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले ‘खानी...

नागढुंगा सुरुङमार्गले नेपालको पूर्वाधार विकासमा नयाँ युग सुरु गर्यो : सचिव सिग्देल

नागढुंगा सुरुङमार्गले नेपालको पूर्वाधार विकासमा नयाँ युग सुरु गर्यो : सचिव सिग्देल

वि.सं.२०८३ साउन ११ सोमवार १३:१७

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले नागढुंगा–सिस्नेखोला...

सुरुङमार्गको उद्देश्य दूरी घटाउनु र इन्धन बचत गर्नु हो : मन्त्री लम्साल

सुरुङमार्गको उद्देश्य दूरी घटाउनु र इन्धन बचत गर्नु हो : मन्त्री लम्साल

वि.सं.२०८३ साउन ११ सोमवार १३:१४

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले सुरुङमार्ग निर्माणको...

नागढुंगा सुरुङमार्ग सञ्चालनको औपचारिक शुभारम्भ

नागढुंगा सुरुङमार्ग सञ्चालनको औपचारिक शुभारम्भ

वि.सं.२०८३ साउन ११ सोमवार १०:५८

काठमाडौं । नागढुंगा सुरुङमार्गको उद्घाटन समारोहमा पूर्वभौतिक पूर्वाधार तथा यातायात...