बेलायतका प्रधानमन्त्री जोन्सनको गरे ५६ वर्षको उमेरमा तेस्रो विवाह
वि.सं.२०७८ जेठ १६ आइतवार
काठमाडौँ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सोनले शनिबार निजी कार्यक्रमबीच विवाह गरेका छन् ।
बेलायती अखबार सनले शनिबार प्रकाशित गरेको समाचार अनुसार उनले प्रेमिका क्यारी साइमन्ड्ससँग विवाह गरेका हुन् । उनीहरु लामो समयदेखि प्रेममा रहेकाले अहिले विवाह बन्धनमा बाँधिएका हुन् । उनीहरुले वेस्टमिनिष्टर गिर्जाघरमा अति थोरै व्यक्तिलाई आमन्त्रण गरी विवाह गरेका छन् । वैवाहिक कार्यक्रममा ३० जना मात्रै सहभागी थिए ।
बेलायतमा कोरोनाभाइरसको महामारीका कारण यस्ता समारोहमा बढीमा ३० जना मात्रै सहभागी हुन पाउने व्यवस्था गरिएको छ । जोन्सन र साइमन्ड्सबाट यसअघि नै सन् २०२० को अप्रिल २९ मा एक सन्तान जन्मिसकेका छन् । बाबुआमाको विवाह समारोहमा छोरा विल्फ्रेडलाई पनि सहभागी गराइएको थियो ।
उहाँहरुको गत सन् २०१९ देखि नै प्रेम चलिरहेको समाचार यसअघि पनि प्रकाशित भएको थियो ।
प्रधानमन्त्री जोन्सन अहिले ५६ बर्षको भएका छन् भने उनकी नयाँ श्रीमती ३३ वर्षकी भएको जनाइएको छ । जोन्सनको यो तेस्रो विवाह हो भने साइमन्ड्सको पहिलो ।
२०७८ जेठ १६ गते प्रकाशित
प्रकाशित समय : ११:४७ बजे