back

टिकटकमा ‘फायर च्यालेन्ज’ गर्न खोज्दा जलिन एक बालिका

काठमाडौँ । अमेरिकाको ओरेगनस्थित एक बालिका टिकटकमा फायर च्यालेन्जभिडियो बनाउँदा जलेकी छिन् । डेस्टिनी क्रेन नामकी १३ वर्षीया टिकटकमा फायर च्यालेन्ज भिडियो बनाउँने क्रममा जलेर अहिले आईसियूमा लगिएको हो ।

उनको घाँटी र पाखुरा नराम्रोसँग जलेको छ ।

बालिकाकी आमा किम्बर्ली क्रेनका अनुसार पोर्टल्यान्डस्थित घरमा डेस्टिनी बाथरुममा टिकटक भिडियो खिच्दै थिइन् । त्यहीक्रममा आगलागीमा परिन् ।
डेस्टिनीकी दिदी आन्द्रियाका अनुसार यो घटना १४ मेईको हो र डेस्टिनीकी साथी पनि घटनास्थलमा थिइन् । ‘उनकी साथी चिच्चाइरहेकी थिइन् । उनी टिकटक बनाउँदै थिइन् ।’

आन्द्रियाको बुझाईमा उनकी बहिनीले एउटा त्यस्तो भिडियोको नक्कल गर्दै थिइन् । जहाँ, बाथरुमको ऐनामा एक मानिसले हेयरस्प्रे छर्छन् र त्यसपछि स्पे्र गरिएको ठाउँमा मैनबत्तीको सहायताल आगो लगाउँछन् । अनि बत्ती निभाउँछन् । अध्येंरोमा वर्गाकार आकारमा फैलिएको आगोको रंग निलो देखिन्छ ।

‘बाथरुममा बिर्को लगाइएको अल्कोहलको बोतल, तथा लाइटर र भाँचिएको मैन भेटिएको छ,’ आद्रियाले भनिन्, ‘त्यसलाई देखेर हामी यस्तो निष्कर्षमा पुग्यौं ।’
पोटल्यान्ड फायर एन्ड रेस्क्युको टोलीले तत्कालै यी बालिकालाई उद्धार गरेको थियो । अनुसन्धान जारी रहेको टोलीले जनाएको छ । फायर फाइटर रब ग्यारीसनका अनुसार यस्ता च्यालेन्जे धेरैको जीवन जोखिममा पारेको छ । आगो लागेको सेकेन्डभरमै छाला जल्ने भएकाले आगोसँग नखेल्न पनि उनले सबैलाई आग्रह गरेका छन् ।

२०७८ जेठ १६ गते प्रकाशित


श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

वि.सं.२०८२ असार २ सोमवार १८:३९

काठमाडौं । भूगर्भशास्त्री तथा पुरातत्वविद् विक्रम श्रेष्ठको नयाँ कृति प्राग्...

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

वि.सं.२०८२ जेठ ३० शुक्रवार १२:३२

काठमाडौँ । शब्दयात्रा प्रकाशनको आयोजनामा यही जेठ २४ गते स्वयम्भू...

रेखाको मत माग्ने तरिका नै बेग्लै

रेखाको मत माग्ने तरिका नै बेग्लै

वि.सं.२०८२ जेठ २८ बुधवार ०९:५५

काठमाडौं । काठमाडौंमा जारी अनेरास्ववियुको अधिवेशनअन्तर्गत आज निर्वाचन हुने भएको...

SEE दिएका विद्यार्थीका लागि लाइफ कम्प्युटरको ‘सिजन ७’ वेबसाइट प्रतियोगिता सुरु

SEE दिएका विद्यार्थीका लागि लाइफ कम्प्युटरको ‘सिजन ७’ वेबसाइट प्रतियोगिता सुरु

वि.सं.२०८२ जेठ २७ मंगलवार २०:३८

काठमाडौं । सूचना प्रविधिको अभ्यासलाई व्यवहारिक जीवनसँग जोड्दै विद्यार्थीहरूमा सिर्जनात्मकता...

जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आव्हान

जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आव्हान

वि.सं.२०८२ जेठ १९ सोमवार १४:३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी एकता र समझदारी...

सरकार र यातायात व्यवसायीबीच वार्ता कमिटी गठन गर्ने सहमति

सरकार र यातायात व्यवसायीबीच वार्ता कमिटी गठन गर्ने सहमति

वि.सं.२०८२ जेठ १९ सोमवार १४:०६

काठमाडौं । गृहमन्त्री रमेश लेखक र सार्वजनिक यातायात बचाउ केन्द्रीय...