बजेट कार्यान्वयन गरेर देखाउँछुः अर्थमन्त्री पौडेल
वि.सं.२०७८ जेठ १६ आइतवार
काठमाडौ । अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले आगामी आवको लागि ल्याएको बजेट कार्यान्वयन गरेर देखाउने प्रतिवद्धता जनाएका छन् । आगामी आवको बजेटपछि आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले बजेट सुनाउन मात्रै नभएर कार्यान्वयन गर्नेगरी ल्याएको बताएका हुन् ।
उनले यो बजेट कार्यान्वयन हुने र त्यसमा शंका नगर्न समेत आग्रह गरेका छन् । सरकारले यो बजेट संवैधानिक व्यवस्था अनुसार नै ल्याएको, संविधानको प्रबन्ध अनुसार बजेट ल्याएको बताए ।
प्रतिनिधिसभा विघटन भएपनि जेठ १५ मा नै बजेट ल्याउनु पर्ने कानूनमा उल्लेख भएको स्मरण गराउँदै आर्थिक कृयाकलालाई नियमित गर्ने सरकारको प्रयास रहेको बताए ।
कोरोनाको रोकथाम, नियन्त्रण र उपचारको लागि लागि बजेट केन्द्रित भएको समेत उनले बताए ।
खोपको प्रबन्ध गरेर नागरिकको जीवन रक्षा गर्ने जिम्मेवारी सरकारको काँधमा रहेको उनको भनाइ छ । सरकारले आगामी दिनमा पनि अग्रमोर्चामा रहेर काम गर्ने बताए ।
२०७८ जेठ १६ गते प्रकाशित
प्रकाशित समय : १०:३३ बजे