back
himalayan life

निर्वाचनपछि जनतामा देखिएको क्षणिक निराशाको अन्त्य हुनेछः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाले वर्तमान सरकारलाई विश्वासको मत र वैकल्पिक सरकार दिन नसकेपछि संवैधानिक प्रक्रियाबमोजिम मध्यावधि निर्वाचनको मिति घोषणा भएको बताएका छन् ।

आगामी आर्थिक वर्षको बजेट ल्याइनु अघिल्लो दिन आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले कि त यही सरकारलाई विश्वासको मत दिन कि त वैकल्पिक सरकार बनाउन प्रस्ताव गरेको तर प्रतिनिधिसभा अकर्मण्य भई परिणाम दिन नसकेको जनाउनुभएको हो । गत वैशाख २७ गते प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीको विश्वासको मतको प्रस्ताव अस्वीकृत भएपछि संविधानको धारा ७६ (३) बमोजिम संसदमा ठूलो दलका हैसिसयतले ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । सो सरकारले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था भएकामा पुनः विश्वासको मत पाउने भरपर्दो आधार नदेखेर आफूले संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनका लागि मार्गप्रशस्त गरेको प्रधानमन्त्री ओलीले स्पष्ट पारे । मार्गप्रशस्तपछि राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ ६ गते नयाँ सरकार गठनका लागि आव्हान गरेकी थिइन । आव्हानसपछि जनता समाजवादी पार्टी नेपालले संस्थागतरुपमा आफ्नो नेतृत्वमा हुने सरकारमा समर्थन हुने निर्णग गरेकोले आफूले बहुमतसहित प्रधानमन्त्रीमा दाबी गर्दा संस्थागत निर्णयविपरीत एमाले र जसपाका केही सांसदले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेपछि दुवै दाबी विवादित भई मुलुक मध्यावधि निर्वाचनतर्फ गएको स्पष्ट गरे। आगामी कात्तिक २६ र मङ्सिर ३ गते प्रतिनिधिसभाको निर्वाचन घोषणा गरिएको छ ।

‘‘मलाई एमाले र जसपाले संस्थागत समर्थन गरेका थिए तर त्यसबीचमा उत्पन्न घटनाक्रम बहुदलीय प्रणाली र संसदीय व्यवस्थाको धज्जी उडाउने खालका भए । महामारी रोकथाम गर्नुपर्ने तथा नयाँ नीति तथा कार्यक्रम एवं बजेट ल्याउनुपर्ने समयमा सरकार बन्न नसक्ने स्थिति भयो ।’’ एमालेका अध्यक्ष प्रधानन्त्री ओलीले भन्नुभयो, ‘‘यस्तै विकृत अभ्यासका कारण विगतमा पनि सरकार र विकास निर्माणका काम प्रभावित भएका थिए । बहुदलीय शासन प्रणालीप्रति जनतामा वितृष्ण पैदा गर्ने यो कार्य लोकतान्त्रिक गणतन्त्रप्रतिको उग्र दक्षिणपन्थी र उग्र वामपन्थीको हमलाको निरन्तरता हो । यस्ता प्रवृत्ति दोहोरिनु दुःखद् छ । दलहरु बहुदलीय प्रणालीका आधारस्तम्भ बहुदल हुन् । यस प्रणालीमा निर्दलीय चरित्र देखिनु सामान्य विषय होइन ।’’

बहुदलीय प्रणालीमा पार्टीको व्हीप नमान्ने गतिविधि स्वीकार्य नहुने जानकारी सोही समयमा राष्ट्रपतिसमक्ष अवगत गराइएको पनि जनाउँदै उहाँले गत पुस ५ गते भएको प्रतिनिधिसभा विघठनविरुद्धको रिटमा गत फागुन ११ गते सर्वाच्च अदालतबाट भएको पुनःस्थापनाको आदेशबमोजिमका सबै प्रक्रिया पूरा भएर संविधानअनुसार निर्वाचन घोषणा भएको बताए ।

प्रधानमन्त्री ओलीले सत्ताप्राप्ति साधनमात्र भएको र लोकतन्त्रलाई जनताको जीवनमा अनुवाद गर्नु नै साध्या रहेको बताए । उनले विकृत अभ्यास झाँगिदै गएर लोकतान्त्रिक प्रणाली खतरामा पर्ला कि भनेर ताजा जनादेशमा जानु र जनादेशप्राप्त पार्टीले सरकार चलाउनु नै उत्तम लोकतान्त्रिक विकल्प भएको बताए ।

निर्वाचनका जानु प्रतिगमन भन्नु जनताको सार्वभौम अधिकारमा अपमान हो भन्दै उनले निर्वाचन स्वच्छ र भयरहीन हुने प्रतिबद्धता व्यक्त गरे । यसमा कुनै आशङ्का भएमा निर्वाचनका लागि सरकारमा आउन आग्रह सबै दललाई उनले पुनः आग्रह गरे । यसै वर्षमा हुने प्रतिनिधिसभा र स्थानीय तहको पनि निर्वाचनपछि हाल जनतामा देखिएको क्षणिक निराशाको अन्त्य हुने विश्वास पनि उनले व्यक्त गरे ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी एकताका आफूले अन्तिमसम्म प्रयास गरेको तर स्वार्थकेन्द्रित गठनबन्धन गरेर महाधिवेशनबाट निर्वाचित अध्यालाई हटाउने खेल भएको स्मरण गराउँदै उनले नेकपा विभाजन नभएको भए यतिबेला नेकपामा महाधिवेशन भइसक्ने पनि बताए । नेकपाकको एकताको बिरासतका रुपमा एमालेलाई नै एकीकरणको बिरासतका रुपमा अघि बढाउने प्रयास गर्दा मोर्चा बनाउने र अन्त्यहीन विवाद चलाउने, फ्ल्लोर क्रम गराउने, पाटीको निर्देशन नमान्ने र विपक्षीसँग गठबन्धन गर्ने जस्ता विकृत अभ्यास नरोकिएको बताए ।

आफूले सरकार सञ्चालन गरेयता आर्थिक समृद्धि र राष्ट्रियताका सन्दर्भमा प्रगति भएको, संविधान कार्यान्वयनमा गएको, पृथककतावादी र हिंसाको बाटोमा हिँडेकाहरु शान्तिपूर्ण राजनीतिमा आएका घटनाहरु यस कालखण्डको महत्वपूर्ण उपलब्धि भएको जनाए ।
विकास र पूर्वाधारका क्षेत्रमा भएका प्रगति र हुँदै गरेका कामबारे प्रकाश पार्दै उनले समृद्धिसहितको न्याय र सामाजिक न्यायसहितको समृद्धिको नीतिका आधारमा आगामी आर्थिक वर्षको बजेट ल्याइने जानकारी दिए।

कोभिड–१९ नियन्त्रणका लागि राज्यका सबै पक्ष परिचालित भएको र स्वास्थ्य सामग्रीका लागि सहयोग गरेकामा छिमेकी मुलुक र अन्य मित्रराष्ट्र तथा विदेशमा रहेका नेपाली श्रमिकलाई धन्यवाद दिए । उनले सबै नागरिकलाई खोपको प्रबन्ध गर्ने उद्घोष गर्दै महामारी नरोकिए आवश्यकतानुसार संकटकाल लगाउने तथा निजी अस्पतालमा पनि निःशुल्क उपचारको प्रबन्ध गरिने जनाए ।

२०७८ जेठ १४ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नयाँ सरकारको ९० दिन: सेयर बजारमा ४ खर्ब ७१ अर्बको पहिरो, अत्तालिए लगानीकर्ता

नयाँ सरकारको ९० दिन: सेयर बजारमा ४ खर्ब ७१ अर्बको पहिरो, अत्तालिए लगानीकर्ता

वि.सं.२०८३ असार १४ आइतवार १८:५०

काठमाडौं । मुलुकमा नयाँ सरकार गठन भएको तीन महिना पूरा...

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

वि.सं.२०८३ असार ११ बिहीवार १६:२१

काठमाडौं ।नेपालमा नयाँ व्यवसाय वा कम्पनी सुरु गर्न जति सजिलो...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

पुँजीगत खर्चमा सरकारको कछुवा गति: ११ महिनामा ३२ प्रतिशत मात्रै विकास खर्च, दैनिक ९ अर्ब नबनाए बजेट फ्रिज हुने

पुँजीगत खर्चमा सरकारको कछुवा गति: ११ महिनामा ३२ प्रतिशत मात्रै विकास खर्च, दैनिक ९ अर्ब नबनाए बजेट फ्रिज हुने

वि.सं.२०८३ असार २ मंगलवार ०९:३१

काठमाडौँ । ठूलो आकारको बजेट विनियोजन गर्ने, तर विकास (पुँजीगत)...

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

वि.सं.२०८३ जेठ २७ बुधवार १३:५१

काठमाडौँ । सरकारले निजामती प्रशासनको आकार घटाएर चुस्त बनाउने भन्दै...

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

वि.सं.२०८३ जेठ २४ आइतवार १६:४९

काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक जाम व्यवस्थापनको मुख्य मेरुदण्ड मानिएको...