back

कांग्रेस पदाधिकारी बैठक सुरू

काठमाडौँ । नेपाली कांग्रेस पदाधिकारीको बैठक सुरू भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा केहीबेर अगाडि बैठक सुरू भएको हो। यो बैठकमा पूर्वपदाधिकारी तथा केही केन्द्रीय सदस्यहरूलाई पनि आह्वान गरिएको छ ।

राष्ट्रपतिले नयाँ सरकार गठन गर्ने प्रयोजनका लागि समय दिएपछि सोही विषयमा छलफलका लागि कांग्रेसले बैठक बोलाएको हो। प्रधानमन्त्रीले विश्वासको मत नलिई राजीनामा नदिई संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकारको आह्वान राष्ट्रपतिबाट भएपछि कांग्रेसले विरोध गरेको छ।

प्रधानमन्त्री ओली संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त भएका थिए।

उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो तर विश्वासको मत आउने अवस्था नरहेको भन्दै अर्को उपधाराअनुसार नयाँ सरकार गठनका लागि आज साँझ ५ बजेसम्म राष्ट्रपतिले समय दिएकी छन्।

राष्ट्रपति संविधानअनुसार अगाडि नबढेकोले महाअभियोग लगाउनुपर्ने आवाज कांग्रेसभित्र उठेको छ। नयाँ सरकार बनाउन र राष्ट्रपतिविरूद्ध महाअभियोग लगाउन कांग्रेस नेता गगन थापाले माग गरेका छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेलले सामान्यतया नयाँँ सरकार गठनका लागि न्यूनतम तीन दिनको समय दिने प्रचलन रहेकोमा एकाएक २४ घण्टाको पनि समय नदिइ सरकार गठनको आह्वान गर्नु भनेको संसदलाई विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भन्दा अरु केहि हुन नसक्ने बताएका छन् ।
राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधान फाल्ने षड्यन्त्र गरिरहेकोले लोकतन्त्र तथा संविधान रक्षाका लागि कांग्रेस अगाडि बढ्ने नेता पौडेल बताउँछन्।

कांग्रेसले राष्ट्रपतिविरूद्ध महाअभियोग, प्रधानमन्त्रीलाई अविश्वास प्रस्ताव, दलहरूको सहकार्यमा नयाँ सरकार गठनलगायतका विषय केन्द्रमा राखेर आज नेताहरूसँग छलफल गर्न बैठक राखेको हो।

२०७८ जेठ ७ गते प्रकाशित


जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:१९

काठमाडौं । वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदरको सूचना...

स्थानीय तह कर्मचारी संघ मधेश प्रदेशको अध्यक्षमा राय, सर्लाही अध्यक्षमा पनि राय नै

स्थानीय तह कर्मचारी संघ मधेश प्रदेशको अध्यक्षमा राय, सर्लाही अध्यक्षमा पनि राय नै

वि.सं.२०८२ वैशाख ३० मंगलवार १०:२०

काठमाडौं । स्थानीय तह कर्मचारी संघ, नेपाल मधेश प्रदेशको दोस्रो...

दुई नेपाली फिल्म ‘जार’ र ‘ऊनको स्वीटर’ आजदेखि हलमा

दुई नेपाली फिल्म ‘जार’ र ‘ऊनको स्वीटर’ आजदेखि हलमा

वि.सं.२०८२ वैशाख २६ शुक्रवार ११:१९

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आज एकै दिन दुईवटा नेपाली चलचित्र...

डा. गुणाकर भट्टविरुद्ध सर्वोच्चमा दर्ता भएको रिट हेर्न नभ्याइनेमा

डा. गुणाकर भट्टविरुद्ध सर्वोच्चमा दर्ता भएको रिट हेर्न नभ्याइनेमा

वि.सं.२०८२ वैशाख ७ आइतवार १६:३९

काठमाडौं। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका डा....

काठमाडौंमा वायु प्रदूषण बढ्दै गए मानिसको मृत्युदर बढ्छ : डा.सन्जय कुमार ठाकुर

काठमाडौंमा वायु प्रदूषण बढ्दै गए मानिसको मृत्युदर बढ्छ : डा.सन्जय कुमार ठाकुर

वि.सं.२०८१ चैत २८ बिहीवार १५:५६

हिजोआज हाम्रा अस्पतालहरुमा बिरामी भर्ना दर हेर्ने हो भने उच्च...

राष्ट्र बैंकले जारी गर्यो सहकारी संस्थाका लागि निर्देशिका, १० लाखभन्दा बढी रकम जम्मा गर्दा स्रोत खुलाउनु पर्ने

राष्ट्र बैंकले जारी गर्यो सहकारी संस्थाका लागि निर्देशिका, १० लाखभन्दा बढी रकम जम्मा गर्दा स्रोत खुलाउनु पर्ने

वि.सं.२०८१ चैत २२ शुक्रवार ११:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले बचत तथा ऋणको कारोबार गर्ने...