back

‘नेपालको मृत्युदर दक्षिण एसियाकै बढी’ , सरकारको त्रुटिले धेरैको मृत्यु

काठमाडौं ।नेपालमा कोरोना संक्रमणको दोस्रो लहर फैलिएयता २ हजार बढीको मृत्यु भइसकेको छ। चैत २० गतेयता संक्रमणबाट २ हजार १ सय ८३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत वर्षको पहिलो लहरमा ३ हजार ३२ जना संक्रमितको मृत्यु भएको थियो।

राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख बाबुराम मरासिनीले सरकारको खराब व्यवस्थापनका कारण गत वर्षको तुलनामा यो वर्ष धेरैको मृत्यु भएको बताए। ‘नेपालको मृत्युदर दक्षिण एसियाका अन्य मुलुकको तुलनामा बढी छ।

सरकारले राम्रो व्यवस्थापन गरेको भए यति धेरै मानिसको मृत्यु हुने थिएन’, उनले भने। सरकारले होम आइसोलेसनमा रहेकालाई हेरचाह गर्ने दायित्व निर्वाह नगर्दा मृत्यु हुनुनपर्ने उमेरकाको समेत ज्यान गएको उनले बताए। ‘सरकारले होम आइसोलेसनमा अक्सिजन घटेपछि अस्पताल जाऊ भन्यो।

अस्पताल पुग्दा ७० प्रतिशत अक्सिजन घटिसकेको हुन्थ्यो। यस्ता बिरामीको अस्पताल पुगेको दुईचार घण्टामै ज्यान गयो’, उनले भने। शुक्रराज सरुवा रोग अस्पतालका अनुसन्धान शाखा संयोजक डा. शेरबहादुर पुनका अनुसार पछिल्लो एक सातायता संक्रमितमध्ये २ प्रतिशतको मृत्यु भएको देखिन्छ। ‘हामीकहाँ जुनसुकै उमेर समूहका पनि धेरैको मृत्यु भयो तर २ प्रतिशतभन्दा माथि गएको छैन। अब सुधार पनि हुन सक्छ’, उनले भने।यो समाचार आजको नागरिक दैनिकमा छ ।

२०७८ जेठ ४ गते प्रकाशित ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आयुर्वेदिक पर्यटन प्रवद्र्धनमा सरकारको जोड, आयुर्वेद सुधारका लागि उच्चस्तरीय छलफल

आयुर्वेदिक पर्यटन प्रवद्र्धनमा सरकारको जोड, आयुर्वेद सुधारका लागि उच्चस्तरीय छलफल

वि.सं.२०८३ साउन ६ बुधवार १८:२२

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा...

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

वि.सं.२०८३ असार ३२ बिहीवार १५:१०

काठमाडौँ । साउन १ गते शुक्रवारदेखि मुलुकमा नयाँ आर्थिक वर्ष...

सरकारी ढुकुटीमा ताला, इतिहासकै लज्जास्पद विकास खर्चले निम्त्याएको आर्थिक दुर्घटना

सरकारी ढुकुटीमा ताला, इतिहासकै लज्जास्पद विकास खर्चले निम्त्याएको आर्थिक दुर्घटना

वि.सं.२०८३ असार २८ आइतवार १८:०८

काठमाडौं । नेपाली पात्रो अनुसार हामी असार मसान्तको संघारमा छौँ।...

आर्थिक वर्षको अन्तिम दिनमै ३३ अर्ब १६ करोड खर्च; ३ जना अर्थमन्त्री फेरिँदा पनि बजेट खर्च ७९ प्रतिशतमा सीमित

आर्थिक वर्षको अन्तिम दिनमै ३३ अर्ब १६ करोड खर्च; ३ जना अर्थमन्त्री फेरिँदा पनि बजेट खर्च ७९ प्रतिशतमा सीमित

वि.सं.२०८३ असार २६ शुक्रवार १४:३०

काठमाडौं । नेपालको सार्वजनिक वित्त व्यवस्थापनमा वर्षौँदेखि रोगका रूपमा रहेको...