back

सञ्चार तथा सूचना प्रविधि क्षेत्रको सेवाप्रवाह विश्वसनीय र गुणस्तरीय बनाउनुपर्नेमा मन्त्री गुरुङको जोड

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड संकट समाधानमा केन्द्रित भएर दूरसञ्चार सेवा प्रवाहको कामलाई व्यवस्थित बनाउन सरोकार पक्षलाई आग्रह गरेका छन् ।‘विश्व दूरसञ्चार तथा सूूचना समाज दिवस’ का अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणले आज आयोजना गरेको भर्चुअल बैठकमा उनले कोभिड संकट समाधानका लागि सञ्चार तथा सूचना प्रविधि क्षेत्रको सेवाप्रवाह भरपर्दो, जिम्मेवार, विश्वसनीय र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिएका हुन्।

कोभिडबाट आफू सुरक्षित भएर दूरसञ्चार सेवा प्रवाहको काममा प्रतिबद्ध भइलाग्न पनि यस क्षेत्रमा कार्यरत व्यक्ति तथा संघसंस्थालाई उनले आह्वान गरे। “सुरक्षित रहौंँ, स्वस्थ रहौंँ, आफू सुरक्षित भई कोभिड संकटको सारथी बनेर दूरसञ्चार सेवाप्रदायकले आआफ्ना ठाउँबाट सेवा प्रवाहको कामलाई अघि बढाआँैं”, मन्त्री गुरुङले भने, “कोभिड संकट समाधानका लागि गरिने हरेक प्रयास मानवीय सेवा भएकाले यसमा शुुद्ध मन, वचन र कर्मले लागौंँ ।”
दूरसञ्चार सेवालाई प्रभावकारी बनाउन सरकार ऐन, कानून, नीति, नियम परिमार्जन गरेर अघि बढ्न तयार रहेको जनाउँदै उनले त्यसका लागि आवश्यक सुुझाव दिन पनि विज्ञलाई पटकपटक आग्रह गरे ।

सरकारका प्रवक्ता गुरुङले दूरसञ्चार क्षेत्रले भोग्नुपरेका चुनौती सामना गर्ने गरी नेपालमा प्रभावकारी सेवा प्रवाहलाई अघि बढाउने गरी सोच, संकल्प र योजना बनाएको मन्त्री गुरुङले जानकारी दिए । उनले दूरसञ्चार सेवासहितको सूचना र प्रविधिको विकास गरी मुलुकलाई समृद्ध बनाउन सरकारले नीति, ऐन, कानून तर्जुमा गरेको जनाउँदै त्यसलाई आवश्यकतानुसार परिमार्जन गर्दै लैजाने प्रतिबद्धतासमेत व्यक्त गरे ।
सो अवसरमा मन्त्रालयका सचिव हरिप्रसाद बस्याल, प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललगायतले कोभिड संकट समाधान हुने गरी दूरसञ्चार क्षेत्रको सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।


melung
उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

वि.सं.२०८० साउन २४ बुधवार १७:०५

काठमाडौं । अरु देशमा जसरि सम्भावित जोखिमलाई घटाउन र व्यवसाय...

सरकारले बनायो डेंगु रोकथाम र नियन्त्रणको कार्ययोजना

सरकारले बनायो डेंगु रोकथाम र नियन्त्रणको कार्ययोजना

वि.सं.२०८० साउन ३ बुधवार ११:४१

काठमाडौं । नेपालमा डेंगु देखापरेको १९ वर्षपछि सरकारले स्पष्ट वार्षिक...

एक तहको निर्वाचनमा पराजित भएको व्यक्ति अब ५ वर्षसम्म उम्मेदवार बन्न नपाउने, निर्वाचन सम्बन्धि कानुन संशोधन

एक तहको निर्वाचनमा पराजित भएको व्यक्ति अब ५ वर्षसम्म उम्मेदवार बन्न नपाउने, निर्वाचन सम्बन्धि कानुन संशोधन

वि.सं.२०८० असार १९ मंगलवार ११:१५

काठमाडौं । निर्वाचन आयोगले एउटा तहमा चुनाव पराजित भएको व्यक्ति...

नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालन

नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालन

वि.सं.२०८० असार १८ सोमवार १३:४१

मुग्लिन। पहिरोका कारण अवरुद्ध नारायगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ...

नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध

नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध

वि.सं.२०८० असार १७ आइतवार १३:०२

मुग्लिन । नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना...

कमलादीको स्काइवाक आजदेखि खुला,टावरमाथि सिसामा हिँड्दा आकाशमा हिँडेजस्तो महसुस हुने

कमलादीको स्काइवाक आजदेखि खुला,टावरमाथि सिसामा हिँड्दा आकाशमा हिँडेजस्तो महसुस हुने

वि.सं.२०८० असार १५ शुक्रवार १०:०७

काठमाडौँ । एक सय ३४ वर्षअघि फ्रान्सको पेरिसमा निर्मित आइफल...