सपथ लिँदा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्न नमानेपछि…
वि.सं.२०७८ वैशाख ३१ शुक्रवार
काठमाडौँ । पुनः नियुक्ति पश्चात आज प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ दिँदै गर्दा सपथको क्रममा प्रतिज्ञा गर्छु भन्न हिच्किचाए । आज दिउँसो राष्ट्रपति निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई सपथ दिलाउँने क्रममा सपथपत्रमा ‘मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठापुर्वक प्रतिज्ञा गर्छु’ उल्लेख रहेकोमा ओलीले सुरुमा ‘मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठापुर्वक’ मात्र भनेपछि राष्ट्रपतिले पुनः ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द दोहोर्यकी थिईन् तर ओलीले ‘त्यो पर्दैन’ भनेर अस्विकार गरेका हुन् ।
२०७८ वैशाख ३१ गते प्रकाशित
प्रकाशित समय : ०९:५१ बजे