सेयर बजारको प्राविधिक विश्लेषण तालिम चैत १४ गतेदेखि १८ गतेसम्म सुरु हुँदै
सहभागीलाई स्मार्ट वेल्थ प्रोमा २०% छुट
वि.सं.२०७८ फागुन २९ आइतवार
काठमाडौं। स्मार्ट वेल्थ प्रो ले सेयर बजारको प्राविधिक विश्लेषण तालिम आयोजना गर्ने भएको छ । यस तालिममा प्राविधिक विश्लेषणका महत्वपूर्ण पक्षहरुका बारेमा विस्तृतमा सिकाइने भएको छ ।
तालिम आगामी चैत १४ गतेदेखि १८ गतेसम्म (२८ मार्चदेखि १ अप्रिल) चल्ने भएको हो । तालिम प्रत्येक दिन साँझ ७ बजेदेखि ९ बजेसम्म अनलाइन माध्यमबाट सञ्चालन हुनेछ । यसको शुल्क भ्याटसहित २५ सय रुपैयाँ रहेको छ । तालिममा प्राविधिक विश्लेषणको आधारभूत अवधारणाका बारेमा सिकाइनेछ ।
प्राविधिक विश्लेषण के हो ? यसको के–कस्ता महत्वहरु रहेका छन् भन्ने बारेमा प्रकाश पारिनेछ । यसैगरी, प्रमुख प्राविधिक इन्डिकेटरहरु के–के हुन् ? यी इन्डिकेटरहरुले कसरी काम गर्छ अनि कसरी बुझ्ने भन्नेबारेमा पनि विस्तृतमा सिकाइनेछ । यसैगरी, प्राइस एक्सेन ट्रेडिङ के हो ? मार्केटका विभिन्न चरण, डाउ थोअरी, क्यान्डलिस्टिक प्यार्टन, चार्ट प्यार्टन लगायत प्राविधिक विश्लेषणका बेसिक अन्य महत्वपूर्ण पक्षका बारेमा सिकाइनेछ ।
यस तालिमका प्रशिक्षक सुदिश आचार्य रहेका छन् । सहभागीहरुलाई तालिम सामग्री निःशुल्क उपलब्ध गराइनेछ । यस्तै, तालिममा भाग लिनेले स्मार्ट वेल्थ प्रो मा २०% छुट पनि पाउनेछन् । तालिमका बारेमा विस्तृत जानकारीका लागि ९८०–२३२०९५६ कल गर्न सक्नुहुनेछ ।
प्रकाशित समय : १२:४९ बजे





















