back

अबदेखि टेकु अस्पतालमा इमरजेन्सी सेवा निशुल्क

nactional life

काठमाडौँ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको इमरजेन्सी सेवा अबदेखि निशुल्क हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको विशेष निर्देशन पछि आगामी मंसिर २९ गते देखि सेवा निशुल्क प्रवाह गर्ने निर्णय भएको हो ।

नेपालको संविधानमा स्वास्थ्यको हकलाई मौलिक हकका रुपमा उल्लेख गरेसंगैं सबै सरकारी अस्पतालबाट निशुल्क स्वास्थ्य सेवा दिलाउने लक्ष्य अन्तर्गत पहिलो चरणमा टेकुबाट यो अभियान सुरु भएको हो

निर्देशकका रुपमा डा. मनिषा रावलका अनुसार कोरोना भाइरसको तेस्रो लहरले हुनसक्ने संभावित जोखिम समेतलाई मध्यनजर गर्दै मन्त्री खतिवडाको विशेष चासो र निर्देशनपछि यो व्यवस्था गर्न लागिएको हो ।

यसका लागि आवश्यक सहजीकरण र व्यवस्थापनमा मन्त्रालयले नै सहयोग गर्ने भएको छ । अस्पतालका तर्फबाट निर्देशक डा. रावलले मंरसिर १५ गते नै पत्र लेखेर जानकारी गराएका थिए ।

सो अस्पतालमा इमरजेन्सी विभागमा आएका विरामीहरुको पछिल्लो २४ घण्टा भित्र हुने परिक्षण र उपचार शुल्क देखि टिकट सम्म सबै निशुल्क हुने व्यववस्था गरिएको हो । निशुल्क अन्तर्गत रगत परिक्षण, एक्सरे, इसीजी, टिकट लगायतका सुविधा र २४ घण्टा भित्रको परिक्षण सुविधा र लाग्ने औषधी समेत रहेको मन्त्रीको सचिवालयले जनाएको छ । ‘सिवीसी, आरबीएस, युरीया क्रियटीभ, सोडीयम, पोटासियम, युरीन आरएमइ, स्टुल आरएमइ , एक्सरे चेस्ट, इसीजी, ब्लड ग्रुपीङ, सिटी लगायत रहेका छन् । ‘यो व्यवस्थाले जनमुखी सरकारको प्रत्याभुती दिने र नेपाल सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन हुने’ मन्त्रीका प्रेस सल्लाहकार शन्तराम बिडारीले जानकारी दिए । आगामी दिनमा अन्य सरकारी अस्पतालहरुमा समेत यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउनेबारे पहल भैरहेको उनले बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

वि.सं.२०८३ जेठ २४ आइतवार १६:४९

काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक जाम व्यवस्थापनको मुख्य मेरुदण्ड मानिएको...

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

वि.सं.२०८३ जेठ २२ शुक्रवार १०:३१

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना बित्न...

आर्थिक विशेष: दुई दशक पुरानो कम्पनी ऐन खारेज गरिँदै, डिजिटल युग र स्टार्टअप मैत्री ‘कम्पनी ऐन, २०८३’ ल्याउने तयारी

आर्थिक विशेष: दुई दशक पुरानो कम्पनी ऐन खारेज गरिँदै, डिजिटल युग र स्टार्टअप मैत्री ‘कम्पनी ऐन, २०८३’ ल्याउने तयारी

वि.सं.२०८३ जेठ १५ शुक्रवार १२:३१

काठमाडौँ। नेपाल सरकारले दुई दशकअघि तर्जुमा गरिएको पुरानो कम्पनी ऐन,...

नेपालमा वैदेशिक लगानीको बदलिँदो परिदृश्य: चीनको बर्चस्व र क्षेत्रगत आकर्षण

नेपालमा वैदेशिक लगानीको बदलिँदो परिदृश्य: चीनको बर्चस्व र क्षेत्रगत आकर्षण

वि.सं.२०८३ जेठ १४ बिहीवार १५:४९

काठमाडौं । नेपालको राष्ट्रिय अर्थतन्त्रमा वैदेशिक लगानी (FDI) आर्थिक विकास,...

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

वि.सं.२०८३ जेठ ११ सोमवार ००:१५

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका मालपोत कार्यालयहरूको...