एनसीसी बैंकको २ लाख ८५ हजारभन्दा बढी कित्ता संस्थापक शेयर आजबाट विक्री
वि.सं.२०७८ असोज २५ सोमवार
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको २ लाख ८५ हजार ५८६ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको छ ।
कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सकिने गरी असोज २५ गते ३५ दिने सूचना जारी गरेको छ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुले उक्त शेयर खरीदका लागि बैंकको कार्यालय बागबजार, काठमाडौंमा लिखित निवेदन दिसक्नु कम्पनिले जनाएको छ ।
उक्त अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुले आवेदन नदिएमा प्रचलित कानून बमोजिम अन्य व्यक्ति तथा संस्थाहरुमा यो शेयर विक्री गरिने कम्पनीले भनएको छ ।
२०७८ अशोज २५ गते प्रकाशित
प्रकाशित समय : १४:०६ बजे





















