back

महालक्ष्मी लाइफको ‘जर्नी टु सक्सेस’ सेमिनार सम्पन्न

काठमाडौँ। महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ‘जर्नी टु सक्सेस’ विषयमा एकदिने सेमिनार सम्पन्न गरेको छ। इन्स्योरेन्सले मंसिर ११ गते सामाखुसीस्थित स्काई ब्यांक्वेटमा सेमिनार सम्पन्न गरेको हो ।

प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईको अध्यक्षतामा सञ्चालित उक्त सेमिनारमा १०५ जना भन्दा बढीको सहभागिता थियो। जसमा उपत्यकाभित्रका ११ शाखामा कार्यरत निश्चित व्यवसाय गरेका लिडर अभिकर्तालाई सहभागी गराइएको थियो।

बीमा व्यवसायलाई व्यावसायिक कसरी बनाउने, कारोबार गरिरहेता पनि सफलताको बाटोमा कसरी अगाडि बढ्ने र प्राप्त सफलतालाई निरन्तरता कसरी दिने विषयमा छलफल तथा प्रशिक्षण दिइएको थियो। नायब प्रमुख कार्यकारी अधिकृत कमल पन्थीको स्वागत मन्तव्यबाट प्रारम्भ भएको उक्त कार्यक्रममा २६ वर्षदेखि बैंक, बीमामा निरन्तर कार्यकारी प्रमुख रहेका कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले सफल हुन चालेका कदम तथा भोगेका अनुभवहरु प्रस्तुत गरेर व्यवहारिक प्रशिक्षण दिएका थिए।

कार्यक्रमका विशेष अतिथि पूर्वप्राध्यापक, स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक तथा बीमा विज्ञ डा। दामोदर बसौलाले आफूले लामो समयदेखि बीमा अभिकर्ता भई कार्यरत रहँदाको व्यवहारिक प्रशिक्षण दिँदै बीमा पेसामा सफल हुन चाहिने गुणहरु र अवलम्बन गर्नुपर्ने बाटोहरुका बारे जानकारी गराएका थिए।

कम्पनीका चिफ मार्केटिङ अफिसर प्रशान्तराज धमलाले धन्यवाद ज्ञापन गर्दै बीमा व्यवसायको बजारीकरण बारेमा प्रशिक्षण दिएका थिए।

महालक्ष्मी लाइफ इन्स्योरेन्स बागमती प्रदेश प्रमुख रामप्रसाद भुसालबाट सञ्चालित कार्यक्रममा महालक्ष्मी लाइफका लिडर अभिकर्ताहरुले आ–आफ्नो अनुभवहरु राख्दै बीमा क्षेत्रमा सफल हुनका लागि सेमिनारबाट प्राप्त व्यवहारिक ज्ञानले ठूलो मद्दत र हौसला प्रदान गरेको तथा भविष्यमा यस किसिमको कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सक्कली बिल लिँदा दैनिक लखपति बन्न सकिनेः सरकारले ल्यायो करदाता प्रोत्साहन उपहार कार्यक्रम

सक्कली बिल लिँदा दैनिक लखपति बन्न सकिनेः सरकारले ल्यायो करदाता प्रोत्साहन उपहार कार्यक्रम

वि.सं.२०८३ साउन ५ मंगलवार १४:०६

काठमाडौं । उपभोक्ताहरूले सामान खरिद गर्दा अनिवार्य रूपमा सक्कली बिल...

एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य

एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य

वि.सं.२०८३ साउन ४ सोमवार १५:४१

काठमाडौँ । डिजिटल बैंकिङ्गलाई अझ सहज र छिटो बनाउनका लागि...

फिफा विश्वकपका ३३३ गोल बराबर ३३३ रैथाने बिरुवा रोप्ने ‘The Goal is Green’ अभियानमा लक्ष्मी सनराइज बैंक

फिफा विश्वकपका ३३३ गोल बराबर ३३३ रैथाने बिरुवा रोप्ने ‘The Goal is Green’ अभियानमा लक्ष्मी सनराइज बैंक

वि.सं.२०८३ साउन ४ सोमवार १५:३६

काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीसँग जुध्ने उद्देश्यले...

नेपाल लाइफले १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्दै जीवन बीमा क्षेत्रमा नयाँ इतिहास रच्यो

नेपाल लाइफले १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्दै जीवन बीमा क्षेत्रमा नयाँ इतिहास रच्यो

वि.सं.२०८३ साउन ४ सोमवार १५:१५

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५ वर्षको गौरवमय...

३०औँ वार्षिकोत्सवमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ‘SALICO सुरक्षा रन २०२६’ भव्य सम्पन्न

३०औँ वार्षिकोत्सवमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ‘SALICO सुरक्षा रन २०२६’ भव्य सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:१३

काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ३०औँ वार्षिकोत्सवको अवसरमा...

कामना सेवा विकास बैंकको नाफा ३३.५१ प्रतिशत बढ्यो

कामना सेवा विकास बैंकको नाफा ३३.५१ प्रतिशत बढ्यो

वि.सं.२०८३ साउन ४ सोमवार १५:१०

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३...