हिम स्टार ऊर्जा कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति
वि.सं.२०८२ जेठ १२ सोमवार
काठमाडौं । नेपाल धितोपत्र बोर्डले हिम स्टार ऊर्जा कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल र बोर्डको आईपीओ स्वीकृति विवाद पछि बोर्डले स्वीकृति दिएको पहिलो कम्पनी हो । कम्पनीले ३७ करोड ३० लाख रुपैयाँ चुक्ता पुँजीको ३० प्रतिशत हुन आउने ११ करोड ९० लाख रुपैयाँ बराबरको ११ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्न स्वीकृति पाएको हो। कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ ।
प्रकाशित समय : १५:१३ बजे

















