back
national life

सान्भि इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सान्भि इनर्जी लिमिटेडले बैशाख ५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले जारी पूँजी ८८ करोड रुपैयाँको १० प्रतिशत अर्थात ८ करोड ८० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ८ लाख ८० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो।

 

सो शेयर खरिदका लागि ईलाम जिल्लाको ईलाम नगरपालिका वडा नं। १० ९साविकको गोदक गा।वि।स। का १ देखि ९ नम्बरसम्मका वडाहरु०, माईजोगमाई गाउँपालिका वडा नं। १ ९साविकको नयाँ बजार गा।वि।स।का १ देखि ४ र ६ देखि ९ नम्बर वडाहरु० माई गोजमाई गाउँपालिका वडा नं। ३ र ४ ९साविकको नाम्सालिङ्ग गा.वि.स.का १ देखि ९ नम्बरसम्मका वडाहरु तथा नयाँबजार गा।वि।स।को वडा नं। ५०, सूर्योदय नगरपालिका वडा नं. १० ९साविकको फिक्कल गा।वि।स। का ६ देखि ९ नम्बरसम्मका वडाहरु० तथा सूर्योदय नगरपालिका वडा नं. ११ ९साविकको पञ्चकन्या गा।वि।स। का २, ६, ८ नम्बर वडाहरुका स्थायी बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने २ करोड ९१ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका २ लाख ९१ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्गस् नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले प्रबर्धन गरिरहेको ७।६ मेगावाटको जोगमाई खोला साना जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ५७ करोड २९ लाख ५२ हजार ५४४ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २० करोड ६९ लाख ६७ हजार ४४० रुपैयाँ रहेको छ। सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र २३ वर्ष १ महिना बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ५.५३ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ८।२९ वर्ष रहेको छ।

त्यसैगरी, निर्माणाधिन ५.२ मेगावाटको जोगमाई क्यासकेड जलविद्युत आयोजनाको अनुमानित कुल लागत १ अर्ब ९१ लाख १३ हजार ५४४ रुपैयाँ रहेको छ भने अनुमानित प्रतिमेगावाट लागत १९ करोड ४० लाख ६० हजार १९२ रुपैयाँ रहेको छ। सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र ३० वर्ष ११ महिना बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ६।७३ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ११.१० वर्ष रहेको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

स्थानिय बासिन्दाले आयोजना स्थल, नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीइ संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु र नबिल बैंकको फिक्कल शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले तोकिएको संकलन केन्द्र मार्फत भौतिक रुपमा शेयर खरिद आवेदन दिनका लागि दरखास्त फाराम बापत २ रुपैयाँ शुल्क बुझाइ आवेदन फाराम प्राप्त गर्न सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

national life
gaugauma singhadarbar

चार दिनको गिरावटपछि सामान्य अंक बढ्यो नेप्से

चार दिनको गिरावटपछि सामान्य अंक बढ्यो नेप्से

वि.सं.२०८२ माघ २९ बिहीवार १५:२८

काठमाडौँ । साताका अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक...

साल्ट ट्रेडिङ कर्पोरेशनद्वारा १० प्रतिशत लाभांश घोषणा

साल्ट ट्रेडिङ कर्पोरेशनद्वारा १० प्रतिशत लाभांश घोषणा

वि.सं.२०८२ माघ २९ बिहीवार १२:३५

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना...

पछिल्ला तीन कारोबार दिनदेखि नेप्से स्थिर, कारोबार रकम भने सामान्य बढ्यो

पछिल्ला तीन कारोबार दिनदेखि नेप्से स्थिर, कारोबार रकम भने सामान्य बढ्यो

वि.सं.२०८२ माघ २८ बुधवार १५:२९

काठमाडौं । बुधबार नेप्से परिसूचक करिब स्थिर रहेको छ। पछिल्ला...

एपोलो हाइड्रोपावरको आईपीओ फागुन ११ देखि निष्कासन हुँदै

एपोलो हाइड्रोपावरको आईपीओ फागुन ११ देखि निष्कासन हुँदै

वि.सं.२०८२ माघ २८ बुधवार १२:२४

काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले फागुन ११ गतेदेखि आयोजना प्रभावित...

रिज लाइन इनर्जीको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

रिज लाइन इनर्जीको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

वि.सं.२०८२ माघ २८ बुधवार ०९:५४

काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले आजदेखि सर्वसाधारण लगानीकर्ताका लागि...

निरन्तर घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

निरन्तर घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

वि.सं.२०८२ माघ २७ मंगलवार १५:१४

काठमाडौं । मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ। साताको...