back

आजदेखि ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओमा आवेदन दिन सकिने

न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले आज (फागुन २७) गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

 

कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो।

सोमध्ये १० प्रतिशतले हुन आउने १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

त्यस्तै, कम्पनीले ५४ हजार कित्ता कम्पनीका कर्मचारी र ९० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिसकेको छ। अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा चैत ३ गते हुनेछ भने ढिलोमा चैत १२ गते हुनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

आयोजनाको कुल लागत १ अर्ब २६ करोड ६३ लाख ९९ हजार रुपैयाँ रहेको छ। कम्पनीको हालसम्मको खर्च लागत ९७ करोड ५४ लाख ३६ हजार रुपैयाँ रहेको छ भने खर्च हुन बाँकी लागत २९ करोड ९ लाख ६३ हजार रुपैयाँ रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.१५ वर्ष रहेको छ भने डिस्काउण्ट लगानी फिर्ता हुने अवधि ९.७५ वर्ष रहेको छ।

nactional life
Corporatebazar 11 Anniversary

आजदेखि आईपीओ जारी गरेको सोपान फर्मास्युटिकल्सको कस्तो छ वित्तिय अवस्था ?

आजदेखि आईपीओ जारी गरेको सोपान फर्मास्युटिकल्सको कस्तो छ वित्तिय अवस्था ?

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:१९

काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर...

नयाँ वर्षदेखि सुरु हुने भनिएको मार्जिन कारोबार प्रणालीमा ढिलाइ: प्राविधिक तयारीका लागि थप एक हप्ता लाग्ने

नयाँ वर्षदेखि सुरु हुने भनिएको मार्जिन कारोबार प्रणालीमा ढिलाइ: प्राविधिक तयारीका लागि थप एक हप्ता लाग्ने

वि.सं.२०८३ वैशाख २ बुधवार १६:४६

काठमाडौँ । नयाँ वर्ष २०८३ को सुरुवातसँगै सञ्चालनमा ल्याउने भनिएको...

दोहोरो अंकले बढेको बजारमा सात कम्पनीको सेयरमा सकरात्मक सर्किट

दोहोरो अंकले बढेको बजारमा सात कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८३ वैशाख २ बुधवार १६:०९

काठमाडौं । आज बैशाख २ गते बुधबार सेयर बजारमा दोहोरो...

एपोलो हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

एपोलो हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ वैशाख २ बुधवार १०:०५

काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको...

एपोलो हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

एपोलो हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८२ चैत ३० सोमवार १०:५४

काठमाडौं । एपोलो हाइड्रो पावरले निष्कासन गरेको प्राथमिक शेयर ९आईपीओ०मा...

चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले १० लाख कित्ता आइपीओ निष्कासन गर्ने, ४ प्रतिशत लाभांश पारित

चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले १० लाख कित्ता आइपीओ निष्कासन गर्ने, ४ प्रतिशत लाभांश पारित

वि.सं.२०८२ चैत २९ आइतवार १९:४३

काठमाडौं । चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर...