back

पिपुल्स पावरको आईपीओ बिक्री खुलाः क-कस्ले आवेदन दिन पाउँछन् ?

काठमाडौं । पिपुल्स पावर लिमिटेडले आज मंगलबारदेखि आईपीओ निष्काशन गरेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता शेयर निष्काशन गरेको हो। सोमध्ये २ प्रतिशत अर्थात ४९ हजार ३४८ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख २३ हजार ३७० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ।

सर्वसाधारणले बाँकी २२ लाख ९४ हजार ६८२ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा भदौ ५ गते हुनेछ भने सो अवधिसम्म पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद भदौ १४ गतेसम्म लम्बिनेछ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपाले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

म्याग्दी हाइड्रोपावरमा ८ करोड रुपैयाँ लगानी गर्ने रू रू जलविद्युतको निर्णय

म्याग्दी हाइड्रोपावरमा ८ करोड रुपैयाँ लगानी गर्ने रू रू जलविद्युतको निर्णय

वि.सं.२०८३ असार २८ आइतवार १७:३५

काठमाडौं । रू रू जलविद्युत परियोजना लिमिटेडले म्याग्दी हाइड्रोपावर लिमिटेडमा...

न्यादी फिदी जलविद्युत आयोजनाको १ लाख कित्ता सेयर किन्दै तेह्रथुम पावर कम्पनी

न्यादी फिदी जलविद्युत आयोजनाको १ लाख कित्ता सेयर किन्दै तेह्रथुम पावर कम्पनी

वि.सं.२०८३ असार २३ मंगलवार १२:५३

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले लमजुङ जिल्लामा निर्माणाधीन २१.४...

सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा

सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा

वि.सं.२०८३ असार २३ मंगलवार १२:४३

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र कृषि, वन...

ऊर्जा मन्त्रालयका १०० दिन : नीतिगत सुधारदेखि पूर्वाधार विस्तारसम्मका उपलब्धि

ऊर्जा मन्त्रालयका १०० दिन : नीतिगत सुधारदेखि पूर्वाधार विस्तारसम्मका उपलब्धि

वि.सं.२०८३ असार २२ सोमवार १०:३१

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले...

सरकारको एक वर्ष : ऊर्जा, जलस्रोत तथा सिंचाइ क्षेत्रमा ७५ बुँदे प्रगति सार्वजनिक

सरकारको एक वर्ष : ऊर्जा, जलस्रोत तथा सिंचाइ क्षेत्रमा ७५ बुँदे प्रगति सार्वजनिक

वि.सं.२०८३ असार २० शनिवार २१:२२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले वर्तमान सरकार गठनपछि...